ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक

७ बैशाख २०८२, आइतबार
७ बैशाख २०८२, आइतबार

नेपालीहरूमाथि विदेशबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुव्र्यवहार हुने गरेको छ । नेपालीहरूले विदेश गएर पठाएको रेमीटान्सले नै देश चलेको छ तर देशलाई आत्मनिर्भर बनाउन विदेशबाट पैसा पठाउने तिनै नेपाली स्वदेश फर्किदा ठूलो दुव्र्यवहारमा पर्नुपरेको सार्वजनिक भएको छ । यो पहिलोपटक मात्रै भएको होइन । हरेक दिन स्वदेश फर्किने नेपालीमाथि कुनै न कुनै प्रकारको दुव्र्यवहार हुने गरेको छ । स्वदेश फर्किने नेपाली नागरिकलाई तेश्रो दर्जाको नागरिकको सरह व्यवहार गरिने गरेको छ । यो गंभीर सवालमा नेपाल सरकार मूकदर्शक बन्दै आएको छ । नेपालीमाथि हुने दुव्र्यवहारको एक घटना केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपालीमाथि हुने सास्ती र दुव्र्यवहारको हद चरितार्थ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै प्रहरीको समूहले विदेशमा श्रम गरी स्वदेश फर्किरहेका एक युवकमाथि दुव्र्यवहार गरिरहेको उक्त भिडियोले सारा नेपालीको शिर निहुराउने काम गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको त्यो दृश्य सायद हामी नेपालीको सामूहिक बेइज्जती र दुव्र्यवहारको एउटा नमूना थियो ।

वर्षौं दुबईमा पसिना बगाएका मोरङका सञ्जय ओझा ३१ चैतमा काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि उनीमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो । कति बिडम्वना नेपाल फर्किने नेपालीमाथि स्वागत गर्नुपर्नेमा प्रहरीले उनीमाथि लात र धक्का बर्सायो । त्यो अपमान उनले सहिरहे । जबर्जस्ती तीनजना प्रहरीले उनीमाथि दुव्र्यवहार गरिरहे । त्यो दुव्र्यवहार केवल एक जना युवकमाथि गरिएको थिएन, रेमिट्यान्स पठाउने लाखौं नेपालीको आत्मसम्मान र अस्मितामाथि पु¥याइएको चोट पनि थियो । सरकारले घटनामा संलग्न प्रहरीमाथि कारवाही गरेको छ । प्रहरीलाई केही दिनका लागि निलम्बन गरिएको छ तर उनीहरूको रवैया छरपष्ट भएकोले भोलिको दिनमा अरू नेपालीमाथि पनि यस प्रकारको दुव्र्यवहार नहोला भन्न सकिन्न । तसर्थ यो घटनामा संलग्न प्रहरीमाथि निलम्बनमात्रै होइन सेवाबाटै निष्कासन गरिनुपर्दछ । भोलीको दिनमा यस प्रकारका दुव्र्यवहारका घटना अरू सुरक्षा निकाय र कर्मचारीले नगरुन भन्नका लागि पनि दुव्र्यवहारको यो घटनामा ती प्रहरीलाई सामान्य उन्मुक्ति दिईनु हुँदैन ।
केही महिनाअघि अमेरिकामा पिएचडी सकेर त्यही अमेरिकी सरकारको अनुसन्धान विभागमा सेवारत एक वरिष्ठ बैज्ञानिक सधैका लागि अमेरिकाको बसाई बिट मार्दै स्वदेश फर्किए । अव जे गर्ने देशकै लागि गर्ने भन्दै स्वदेश भित्रिदै गरेका तिनै बैज्ञानिकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कर्मचारीहरूले ठूलो सास्ती दिए । करिव दुई घण्टाको अवहेलना, दुव्र्यवहार र तिरस्कारबीच उनी जसोतसो उम्किए ।

उनलाई विमानस्थलका कर्मचारीले दिएको सास्ती सुन्दा नेपाल फर्किएर गल्ती गरिएको महसुस भएको ती बैज्ञानिकको भनाइले वास्तवमा विमानस्थल कार्यालयभित्र नेपालीलाई कति सास्ती दिइन्छ भन्ने पुष्टी गरेको थियो । पछिल्लोपटकको सास्ती त सामाजिक सञ्जालमा छरपष्ट भएको छ । यो घटनाले नेपालीको बेइज्जत गरेको छ । नेपालीमाथि यतिधेरै दुःख दिने त्यहाँका कर्मचारीले नेपाल घुम्न भन्दै नेपाल आउने विदेश पर्यटकलाई कति सास्ती दिँदा हुन ? प्रश्न उत्पन्न भएको छ । जबसम्म नेपालमा यस प्रकारका समस्यामा सुधार हुँदैन, तबसम्म नेपालको अवस्थामा पनि परिवर्तन आउँदैन । हामीले बिर्सनु हुँदैन– नेपालीले पठाएको रेमीटान्सले देशको अर्थतन्त्र चलायमान भएको छ । प्रहरी संगठनको भातभान्सा पनि चलेको छ । सञ्जय ओझा जस्ता हजारौं लाखौं नेपालीले पठाएको पैसाले देशलाई आत्मनिर्भर वनाउन ठूलो सहयोग पुगेको छ । तर तिनै नेपालीमाथि यतिसम्मको दुव्र्यवहार हुँदा नेपाल सरकार चुप छ । प्रहरीलाई कारवाही गरेरमात्रै समस्याको समाधान हुँदैन । त्रिभुवन विमानस्थलमा हुने गरेको बर्षौदेखिको दुव्र्यवहार कठोर तरिकाले रोक्ने बिषयमा सरकारको ध्यान जाओस् । नेपालीमाथि मात्रै होइन विदेशबाट घुम्न आउने पर्यटकमाथि पनि ठूलो दुव्र्यवहार हुने गरेको छ । यस प्रकारका घटनाले नेपालको अन्तर्राष्ट्रिय रूपमै बदनाम हुने गरेको छ । सरकार र प्रहरी नेतृत्वले अब आँखा खोल्नुपर्छ । जति ढिला भयो त्यति घाटा नेपालकै हुनेछ । अब आँखा खोल सरकार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?