ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

विद्यार्थी नहुँदा स्कूलका कक्षा घट्दै

सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै जानु देशैभरको समस्या रहेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी बताउँछन् । अहिले जन्मदर घटेको छ, त्यसैले पनि बालबालिका गाउँमा छैनन । भएकाहरू पनि बावुआमाले राम्रो पढाईका लागि शहर लैजाने गर्दा गाउँका विद्यालयमा विद्यार्थी कम भएका हुन् ।
२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

प्यूठान, २५ माघ । झिमरुक गाउँपालिका १ डाँडाखर्कको दिपेन्द्र प्रा.वि अहिले विद्यार्थी समस्यासँग जुधिरहेको छ । २०४६ सालमा स्थापना भएको विद्यालय मा कक्षा पाच सम्म पढाइ हुन्छ । सहयोगी सहित ६ जना शिक्षक कर्मचारी छन् । विद्यार्थीको संख्या ३२ जना छ । भर्ना भएका विद्यार्थी मध्ये २८÷३० विद्यालय आउने गर्छन् ।

भर्ना भएका हालका विद्यार्थीको अवस्था हेर्दा विद्यालय सञ्चालन गर्न कठिन छ । जेनतेन विद्यालय चलिरहेको विद्यालय का प्रध्यानाध्यापक जगत बहादुर जि.सीले बताए । बालविकासमा १२ जना विद्यार्थी भर्ना भएका छन् । यहि संख्यानै विद्यालयको सबैभन्दा धेरै विद्यार्थी संख्या हो । अन्य कक्षामा दुई चार जना विद्यार्थी छन् । विद्यालयको तथ्यांकमा पनि कक्षा १ मा ६ जना विद्यार्थी भर्ना भएका छन् । त्यसबाहेक अन्य कक्षामा त्यो भन्दापनि कम विद्यार्थी छन् । विद्यालयको हाजिरी रजिष्टरमा कक्षा दुईमा ५ जना, कक्षा तिनमा २ जना, ४ मा ४ जना र कक्षा ५ मा ३ जना विद्यार्थी भर्ना भएका छन् ।

विद्यालयका प्रध्यानाध्यापक जगत जिसीले भने, ‘गाउँमै बालबालिका छैनन, विद्यालय मा कसरी विद्यार्थी आउलान र ।’ विद्यालय आउने विद्यार्थी संख्या गाउँमै कम हुँदा विद्यालयमा विद्यार्थी घटेका हुन् । दिपेन्द्र प्रा.वि. मा साविकको बादीकोट गाविस वडा नं. ९ को डाडाखर्क (हाल झिमरुक गाउँपालिका–१) का एक गाउँका मात्रै विद्यार्थी यहाँ पढ्न आउने गर्छन् । पहिले पहिले गातिना, बडाचौरका विद्यार्थी पनि आउने गर्दथे । अहिले नजिकै अन्य स्कुल खुलेपछि त्यस क्षेत्रका बालबालिका उता जान लागेको बताए । गातिनाका विद्यार्थी हाल झिमरुक गाउँपालिका १ सौतामारेफेदीमा रहेको जनबिकास आधारभूत विद्यालय र वडा नं. २ को बलभद्र मा.वि मा जान्छन् ।

झिमरुक गाउँपालिका ६ दहखोला स्थित सिद्ध प्राथमिक विद्यालय पनि जेनतेन सञ्चालनमा छ । उक्त विद्यालयमा चालु शैक्षिक शत्रमा २२ जना विद्यार्थी भर्ना भएका थिए । तर अहिले विद्यालय नियमित आउने विद्यार्थी संख्या ८/१० जना मात्रै छ । बालविकासदेखि कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा सहयोगी सहित ५ जना शिक्षक कर्मचारी छन् । विद्यार्थी संख्या कम भएपछि अहिले विद्यालय का शिक्षक फुर्सदिला भएका छन् । चार/पाँच जना विद्यार्थीलाई कहिले एकै ठाउँमा राखेर पढाउने गरिएको छ । कहिले छुट्टाछुट्टै पढाउने गरिएको विद्यालयका प्रध्यानाध्यापक पुर्णलाल गिरीले बताए । सबैभन्दा धेरै बालविकासमा ७ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालय का प्र.अ गिरीले भने, ‘कक्षा पाँचमा दुई जना भर्ना भएका थिए, एउटाले बिचमै पढाइ छाड्यो अहिले एक जना मात्रै विद्यार्थी छ ।’

अहिले यो विद्यालय मा कक्षा १ मा ५ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा दुई, तीन र चारमा तीन/तिन जना विद्यार्थी छन् । तर भर्ना भएजती विद्यार्थी विद्यालय नआउने प्रअ गिरीले सुनाए । २०५५ सालमा स्थापना भएको विद्यालय मा कुनै समय दुईसय बढि विद्यार्थीहरूले अध्ययन गर्ने गरेको विद्यालयका शिक्षक सुनाउँछन् । ‘कुनै समयको चलेकै स्कुल हो, अहिले विद्यार्थी कता कता भए,’प्र.अ गिरीले भने,‘यिनै हातले एक सय पचास बढिलाई छात्रावृति बितरण गरेको हु ।’ गाउँमा जनसंख्या घट्दा तथा नजिकै पछि अन्य विद्यालयहरू खुल्ने क्रमले पनि आफूहरूको विद्यालयमा विद्यार्थी कम भएका हुन् । कक्षा पाचसम्म मात्रै पढेपछि पुनः अर्काे स्कुल जानुपर्ने झण्झटले पहिलेनै माध्यमिक सम्मको विद्यालयमा विद्यार्थी जाने गरेको विद्यालयका शिक्षकहरूको भनाइ छ ।

सिद्ध प्रा.वि झिमरुक गाउँपालिकामा सञ्चालनमा रहेपनि विद्यालयमा एक जनापनि गाउँपालिका भित्रका विद्यार्थी छैनन् । प्यूठान नगरपालिकाको वडा नं. ९/१० नजिकै विद्यालय सञ्चालन हँुदा नगरपालिका भित्रका अधिकांश विद्यार्थी उतै नगरपालिका भित्रको विद्यालय जान्छन् । मरन्ठानकै मजुवामा १० मिनेटको दुरीमा बालबिद्या मा.वि. छ । प्र.अ गिरीले भने,‘नगरपालिका भित्रका विद्यार्थीलाई पालिका भित्रकै स्कुल पढ्नु नत्र सेवा सुबिधा नपाईने भन्दै विद्यार्थी लैजाने गरिएको विद्यालय का एक शिक्षिकाले सुनाईन् । ‘बस्तीमा बालबालिका संख्या घटे, थोरै भए पनि सन्तानलाई सहरतिर पढ्न पठाउने चलनले गाउँका स्कुलमा विद्यार्थी क्रमशः घट्दै गएका हुन्,’ एक शिक्षिकाले भनिन् ।

झिमरुक गाउँपालिकाका अन्य विद्यालय को अवस्था पनि यस्तै छ । गाउँपालिका भित्रका मात्रै ५ वटा विद्यालयमा निकै न्यून विद्यार्थी संख्या रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले बताए । वडा नं. १ को दिपेन्द्र प्रा.वी र चन्द्र बिकास प्रा.वी. वडा नं. ६ को सिद्ध प्रा.वी, वडा नं. ७ हिडडाडाको वालकल्याण प्रा.वी मा विद्यार्थी संख्या निकै कम रहेको बताए । गाउँपालिका भित्रका ४८ वटै विद्यालय को गाउँपालिकाद्धारा अनुगमन गरिएको र त्यसमध्ये चार/पाचवटा विद्यालय मा विद्यार्थी संख्या निकै कम रहेको पाईएको प्रमुख बिसीले बताए । उनका अनुसार अनुगमनका क्रममा सामुदायीक विद्यालयमा पहिलेको तुलनामा विद्यार्थी घटेको पाइएको बताए ।
‘विद्यार्थी संख्या बर्षेनी घटिरहेको छ,’ उनले भने,‘एक पाच सञ्चालन भएका विद्यालय मा अझ यो समस्या धेरै छ ।’ गाउँपालिका भित्रका प्राथमिक तहका ३० वटा विद्यालय मध्ये २० भन्दा बढि विद्यालय मा विद्यार्थी संख्या र शिक्षक अनुपात नमिलेको पाइएको उनले बताए । प्रा.वी सञ्चालन भएका एक दुई वटामा मात्रै विद्यार्थी संख्या राम्रो छ नत्र अरू सबैमा विद्यार्थी कम छन् ।

विद्यार्थी संख्या कम भएका विद्यालय मा गाउँपालिकाको शिक्षा समितीले अनुगमन गरेर प्रतिबेदन बनाईएको छ । दरबन्दी मिलान गर्न गाउँपालिकाले गाउँपालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ७ सदश्यि दरबन्दी मिलान कार्यदल गठन गरेको छ । झिमरुक गाउँपालिकामा गाउँपालिका स्तरिय शिक्षक कर्मचारी दरबन्दी मिलान कार्यबिधी २०८० पास गरेर विद्यार्थी कम भएका विद्यालय को कक्षा कटौति गर्ने र दरबन्दी मिलानको काम सुरु गर्ने शिक्षा शाखा प्रमुख बिसीले जानकारी दिए । ‘विद्यार्थी अनुपात हेरेर शिक्षकको ब्यवस्था गर्न लागिएको छ,’उनले भने,‘यो पटक चार पाच वटा विद्यालयको कक्षा कटौति हुन्छ ।’ कक्षा पाचसम्म सञ्चालमा रहेको तर विद्यार्थी कम भएका विद्यालय लाई ३ कक्षामा झारिने छ ।
‘विद्यालय मर्जर वा कक्षा कटौति गर्दा एकातिर प्रशासनिक खर्च घट्छ, न्यून विद्यार्थी रहेका ठाउँका शिक्षक धेरै विद्यार्थी भएका ठाउँमा पठाइने भएकाले उनीहरूलाई पनि राहत हुन्छ,’ उनले भने । सामुदायिक विद्यालय मा विद्यार्थी कमहुदै जानु देशैभरको समस्या रहेको जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी बताउछन् । हाम्रोमा अहिले जन्मदर घटेको छ, त्यसैले पनि बालबालिका गाउँमा छैनन । भएकाहरूपनि बावुआमाले राम्रो पढाईका लागी शहर लैजाने गर्दा गाउँका विद्यालय मा विद्यार्थी कम भएका हुन् । ‘विद्यार्थी छैनन त्यो सत्य हो, तर गुणस्तरिय पढाई हुने विद्यालय मा अहिलेपनि विद्यार्थीको चाप छ ।’ विद्यालय लाई प्रविधीमैत्री बनाउदै, समय अनुसारको पठन पाठनलाई सामुदायीक विद्यालयले अवलम्वन गर्नुपर्छ ।

गाउँकै विद्यालय मा राम्रो पढाई हुदाहुदैपनि शहर झर्ने अर्काे बिकृति गाउँमा मौलाएको उनको अनुभव छ । निजी विद्यालय (बोडिंग स्कुल) मा पढाए समाजमा इज्जत बढ्छ भन्नेपनि मान्यता गाउँघरतिर बिद्यमान छ । विद्यार्थी संख्या कमहुदै गएका विद्यालय लाई मर्ज गरेर जानुपर्ने सुझाव उनले दिए । ‘विद्यार्थीले विद्यालय टाढा भएकै कारण पढन पाएन भन्ने चै हुनु भएन्,’उनले भने,‘भुगोल, विद्यार्थी अनुपात सबैलाई हेरेर निर्णय लिनुपर्छ ।’

विद्यार्थी अभाव भएको भन्दै प्यूठान नगरपालिकाले चालु शैक्षिक शत्रमा ६ वटा विद्यालय को तह घटुवा गरेको थियो । नगरपालिकाले वडा नं ४ को सरस्वती प्रावी, वडा नं ३ को बालमन्दीर प्रा.वी लगाएत ६ वटा विद्यालय को कक्षा कटौति गरिएको थियो । कक्षा कटौति गरिएको मध्ये प्यूठान नगरपालिका ४ थापाडाँडाको सरस्वती प्रा.वी यसै बर्ष विद्यार्थी अभावमा बन्द समेत भैसकेको प्यूठान नगरपालिकाकी निमित्त शिक्षा शाखा प्रमुख प्रतिमा पौडेलले बताईन् । नगरपालिकाले विद्यालय तह घटुवा गर्न दुईवटा मापदण्ड बनाएको थियो । पहिलो विद्यार्थी अनुपात र अर्काे भौगोलिक अवस्था । विद्यार्थी संख्या कम भएका स्थानको कक्षा कटौती गर्ने तर त्यहाँका विद्यार्थीलाई अर्काे स्कुल पाएक पर्ने भएमात्रै । नजिकैको विद्यालय मा सहजै जान सक्ने ब्यवस्था मिलाएर कक्षा कटौति गरिएको पौडेलले बताईन् ।

बुढा बिदेशमा हुन्छ, यता श्रीमती छोराछोरी पढाउन शहर झर्ने लहर चलेको छ । अर्काेतिर गाउँमा बिबाह गरेका युवा युवतीनै नभएको झिमरुक गाउँपालिका वडा नं –१ का वडा अध्यक्ष धुव्र खनालले बताए । उनका अनुसार शहरमा काम गर्ने उतै बस्ने उतै छोराछोरी पढाउने गर्छन् । ‘गाउँका बसे रोजगारीका अवसर पनि छैनन, खेतीकिसानी गरे जंगली जनावरले हुन दिदैन्,’उनले भने,गाउँमा खनिखोस्रि गर्नुभन्दा शहर झरेर सानो पसल थापेर पनि छोराछोरीले राम्रो पढछन् भन्ने छ ।’ विद्यालय मा अहिलेकै अवस्था आए विद्यार्थीहरू झनै घट्दै जाने उनको बुझाई छ । ‘तिब्र बसाईसराई यसको प्रमुख कारण हो,’उनले भने,‘गाउँका स्कुलमा पनि पढाई नराम्रो छैन् ।’ राम्रो पठन पाठन हुने विद्यालय मा पनि विद्यार्थी समस्या छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?