ट्रेंडिंग:

>> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क

ड्राइभरटोल–शिवपुर सडक विस्तारमा जग्गा विवाद

हडपेको सार्वजनिक जग्गा प्रयोग गर्न प्रभावितको माग
२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

तिलोत्तमा,२४ माघ ।  एशियाली विकास बैंकको ऋण अनुदानमा बन्ने प्रकृयामा रहेको ड्राइभरटोल–शिवपुर सडक विस्तार योजनामा सडकलाई दिने जग्गाबारे विवाद देखिएको छ ।
हालको सडक विस्तार गरी नाली र फुटपाथसहित ३८ फिट बनाउने गरी एशियाली विकास बैंक र तिलोत्तमा नगरपालिकाबीच  ऋण सम्झौता भएको छ ।

अहिले उक्त सडक औसतमा ३० फिटको छ । यो सडक अति साघुंरो र खाल्डैखाल्डा परेर जीर्ण हुंदा सधैं दुर्घटनाको जोखिम छ ।
एडिबीसंग ऋण सम्झौता भएको यो सडक विस्तार गर्दा ८ फिट जग्गा दायां वा बांयाबाट लिएर सडक बनाउनुपर्ने हुन्छ ।

तर स्थानीय प्रभावित बासिन्दामध्ये अधिकांशले केही व्यक्तिले वर्षौंदेखि सार्वजनिक जग्गा हडपेर उपभोग गरिरहेकाले उक्त जग्गा लिएर सडक विस्तार गर्नुपर्ने अन्यथा मान्य नहुने बताएका छन् ।

जग्गाको पुनः स्वतन्त्र नापजांच गरी सार्वजनिक जग्गालाई सेन्टर प्वाइन्ट मानेर सडक विस्तार गर्न माग गरेका उनीहरुले यो विवाद छिटो समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
अर्को पक्षले भने हालको सडकलाई सेन्टर प्वाइन्ट मानेर विस्तार गनुपर्ने भनेको छ ।

‘भेटघाट रेष्टुरेन्टदेखि आरतीचोकसम्म सडकको पुर्वतिर सार्वजनिक जग्गा मिचिएको छ, केही जनप्रतिनिधिबाट अनुचित दबाव दिने काम भएको छ’–स्थानीय डोलराज घिमिरे भन्छन्–‘ हाम्रो भनाई सडक विस्तार हुनुपर्छ तर सार्वजनिक जग्गा लिएर भन्ने मात्रै हो, हाम्रा कुरा सुनुवाई नभए हामी सामूहिकरुपमा अदालत जान्छौं ।’

कन्सल्ट्यान्ट संस्थाका इन्जिनियर फिल्डमा सर्वे गर्न आउंदा पनि आफूलाई जानकारी नदिई आफ्नै हिसाबले नापजांच गरिएको उनको गुनासो छ ।

अर्का स्थानीय बाला कुंवरले पनि जसले सार्जजनिक जग्गा हडपेका छन् उनीहरुले ५–७ फिट जग्गा छाड्न नसकेर लोभ गर्दा विवाद समाधान नभएको बताउंछन् । आफूले कन्सल्ट्यान्ट संस्थाका इन्जिनियरलाई भेटेर सार्वजनिक जग्गातिर सडक विस्तार नगरी व्यक्तिको निजी जग्गातिर गरिए स्थानीयले नमान्ने र अदालतदेखि अख्तियारसम्म जाने विषय जानकारी गराइसकेको बताए ।

‘यो सडक असाध्यै सांघुरो र जीर्ण हुंदा दुर्घटनाको अत्यधीक जोखिम छ,त्यसैले हामी सडक विस्तार हुनुपर्छ भन्नेमा छौं’–कुंवरले भने–‘राजनीतिक शक्ति र पदको प्रयोग गरेर सर्वसाधारण जनताका कुरा बेवास्ता गर्ने काम भए कानुनी उपचार खोज्न बाध्य हुनेछौं तर हाम्रो चाहना सर्वसाधारणको माग अनुसार सडक विस्तार हुनुपर्छ भन्ने नै हो ।’

तिलोत्तमा नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदीप वनले सेन्टर प्वाइन्ट कुनलाई मान्ने भन्ने विषयमा विवाद रहेको तर कर्मचारी तहबाट समाधान नहुने भएकाले नगरपालिकाको नेतृत्वले नै समाधान गर्नुपर्ने बताए ।

तिलोत्तमा वडा नंं १ का वडाध्यक्ष फर्सुराम गिरीले भेटघाट रेष्टुरेन्टदेखि शान्तिनगरसम्म करिब ३ किलोमिटर सडकको दाया बांया केही व्यक्तिले सार्वजनिक जग्गा हडपेको स्वीकार गर्दै हडपेका व्यक्तिले सडकलाई जग्गा दिनुपर्ने स्थानीयको माग रहेको बताए ।

यो विषयमा दर्जन पटक छलफल र वैठकहरु भएका र केही सहमतिका निर्णय समेत भएकाले त्यसलाई पनि आधार मानेर यो परियोजना सफल बनाउन सबैले सहयोग गर्नुपर्ने वडाध्यक्ष गिरीले बताए ।

एडिबी अन्तर्गतको कन्सल्ट्यान्ट ईआरएमसीका संयोजक माधव ज्ञवालीले एडीबीले पनि सार्वजनिक जग्गा भएका ठाउंमा सोही जग्गामा नै सडक विस्तार गर्ने नीतिमा रहेको भन्दै विवाद समाधान गर्ने काम नगरपालिकाको भएको बताए । स्थानीय बासिन्दाको विरोध र मुद्दामामिला भए एडिबीले ऋण लगानी नगर्ने भएकाले सबै पक्ष सहमतिमा आउने आफूहरुको विश्वास रहेको बताए ।

ड्राइभरटोल–शिवपुर सडक सहित तिलोत्तमामा वडा नं १७ मा बहुउद्धेश्यीय चिस्यान केन्द्र, पथ्थरडांडा— तिनाउ सडक र मधौलिया– बिहुली– बरौलिया डांडा हुदै चिस्यान केन्द्र पुग्ने सडक निर्माण आयोजनाका लागि ३ अर्ब २५ करोड रुपैया बराबरको ऋण सम्झौता भएको छ ।

यी परियोजनामा एडिबीले सहुलियतपूर्ण ऋण र अनुदान दिने भएको हो । नगर प्रमुख रामकृष्ण खांणका अनुसार कूल बजेटको ७५ प्रतिशत नेपाल सरकारबाट अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट ब्यहोर्नुपर्ने छ ।
यो सडक विस्तार आयोजनाका प्रभावित एक बासिन्दाले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने–‘काठमाडौंका स्वतन्त्र मेयर बालेन एक्लैले त्यति धेरै सार्वजनिक जग्गा अतिक्रमण हिम्मतका साथ हटाएर लोकप्रियता कमाएका छन्, हाम्रा जनप्रतिनिधिले कहिले हिम्मत गर्ने हो ?’–उनी भन्छन्–‘यहां त सार्वजनिक जग्गा हडप्ने पनि दलका नेता छन्,तिनीहरुलाई जोगाउने पनि दलकै नेता र जनप्रतिनिधि छन् ।’

यसअघि बुटवलमा प्रभावित बासिन्दालाई सहमतिमा ल्याउन नसक्दा एडिबीले ऋण सम्झौता गरेका फोहोर प्रशोधन केन्द्र, खानेपानी र मैनाबगर अटो भिलेज परियोजना फिर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?