ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !

कुलो पुनरोत्थानमा प्रदेश सरकारको साथ

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

नवलपरासी, १७ माघ । जिल्लाको सरावल गाउँपालिकाले कुलो पुनरोत्थान कार्यक्रम अगाडि बढाए पछि लुम्बिनी प्रदेश सरकारले समेत सो अभियानमा सहयात्री बन्ने भएको छ । यसै बर्ष देखि गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रमका लागि बनाउने योजना अगाडि सारेको र अहिले दुई वटा कुलो पुर्नउत्थानको लागि लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालय नवलपरासीले गाउँपालिकासँग मिलेर काम गर्ने सहमति जनाएको हो ।

सिंचाई डिभिजन कार्यालयले दुई वटा कुलोका लागि बजेट सहितको कार्यक्रम सरावलमा परेको जानकारी आएको र त्यसका लागि बुधवार डिभिजन कार्यालय र गाउँपालिकाका प्राविधिकसँगै स्थलगत सर्वेक्षण शुरु हुने जानकारी गाउँपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले गराए । यसले हामीलाई थप उत्साही बनाएको छ, उनले भने, कुलोहरूको सर्वेक्षण पश्चात कुन स्तरको कुलो छ, सो अनुसार स साना कुलोलाई गाउँपालिकाले बजेट विनियोजन गर्ने, धेरै लागत पर्ने कुलोलाई प्रदेश सरकार र संघीय सरकारसँग मर्मत तथा पुर्नत्थानका लागि सहयोग माग्ने योजना हो । जसमा योजना बनाएको ६ महिना नवित्दै लुम्बिनी प्रदेश सरकारले यो कार्यक्रममा हातेमालो गर्ने भएको छ । संघय सरकारबाट पनि केही कुलो पुर्नउत्थानका योजना पर्नेमा हामी विश्वस्त छांै ।

कतिपय पालिकामा कुलो पुर्दै सडक पूर्वाधार बनाउँदै गरेको भए पनि सरावल गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउँदा स्थानीय किसान उत्साही भएका छन् । पुर्खाले कुलो मार्फत सिचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउदै गएको कुलो सिंचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउँपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याएको गाउपालिका अध्यक्ष चौधरीको भनाई थियो ।

कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने, कुलो बाढीको बेला जलनिकासको साधन पनि हो । कुलो सिचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो,घोलहरू हुदै छाडन्,सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर विगत केही दशक देखी विकास पुर्वाधारका लागि स्थानिय तहमा बजेट आउन थाले पछि बजेटको सदुपयोग गर्ने नाँउमा पुराना कुलो पुरियो,घोलहरू भरियो,सोईहरू पुरेर खेत बनाइयो,पोखरी पुर्ने चलनले पनि ब्यापकता पायो,अध्यक्ष चौधरीले भने,तर अहिले आएर ति पुराना संरचनाहरू आवश्यक रहेको कुरा स्थानियले महशुस गर्न थालेका छन् ।

कुला,घोल,पोखरी,ताल,सोई जस्ता पानीका स्रोतहरूलाई पुनः पुर्नउत्थान नगरि स्थाई रूपमा पानीको स्रोत संरक्षण हुदैन् । प्रविधिले बोरिगँ र ट्युवेल गाड्ने सहजता त ल्यायो,तर जमिन मुनिको पानीको स्थाई स्रोत जमिन भित्र जल पुर्नभरणको यिनै स्रोत मास्ने अवस्था पनि ल्याएको छ । दुई दशकमै जमिन मुनिको जल भण्डार सकिएको महशुस हुन थालेको छ । अहिले जमिनमुनिको पानी निकाल्न डिजल महगो भयो,विकल्प विजुली रोजिदै छ,तर पानीको विकल्प पानी नै भएको हुदा पुर्नभरणको माध्यम पनि तिनै कुला र घोल हुन सक्ने भएकोले कुलो पुर्नउत्थान आवश्यक रहेको गाउपालिकाले महशुस गर्न थालेको छ । गाउपालिका भएर गण्डक नहरको मुल नहर तथा शाखा नहरहरू पनि छन्,तर ति नहरहरूमा पनि एकै पटक सबै तिर पानीको माग हुन थाले पछि नहर भए पनि पानी पाउन सकेका छैनन् । आधुनिक सिचाई विधिका कारण नासिदै गएको पुराना सिचाई विधिलाई जसरी पनि पुर्नउत्थान गर्न आवश्यक रहेको उनको भनाई थियो ।

उनले पहिलो चरणमा प्रत्येक वार्डमा रहेका कुलोहरूको सर्वेक्षण गरिने र लगत तयार गर्न लगाईने छ । त्यस पछि कुलोको पानीको मुहान,स्रोतको पहिचान गराईने छ । जल निकासका सोईहरूको समेत पहिचान गरिने गरि जलनिकासको ब्यवस्थापन गरिने उनले जनाए । चुरे देखी भारतिय सिमासम्म फैलिएको सरावल गाउपालिकालाई सिचाई ब्यवस्थापनका लागि तिनै कुलो,घोल,सोईं,ताल पोखरीको लगतको आधारमा गुरुयोजना बनाईने छ । क्रमशः प्राथमिकताको आधारमा कुलो पुर्नउत्थानका लागि बजेट विनियोजन गर्दै कुलो सफाई गर्ने,हुलासी,पिडुरा,पेटबनिया लगायतका विभिन्न घोलको पनि उचिन ब्यवस्थापन गरिने छ । कुलो सिचाई स्रोत हो,भन्ने घोलहरू,पोखरी,ताल तलैया पानीको स्रोत हुन,त्यसै गरि सोईहरू सिचाई पछि बढि भएका पानीहरू बग्ने जलनिकासका पारम्परिक साधन हुन् । यसलाई पुर्नत्थान गर्न आवश्यक छ । सिचाई प्रणालीको नाममा गण्डक सम्झौता अनुसार बनेका झरही,धनेवा,खजुरा खोलामा बनाइएका बाँधहरू रहेका छन् । चुरे देखी भारतिय सिमासम्म कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डमा सुख्खा हुने र ३ वटा वार्ड डुबान हुने समस्या हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?