ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सिद्धबाबा सुरुङ मार्गः बिलम्ब नहोस्

७ माघ २०८०, आइतबार
७ माघ २०८०, आइतबार

बुटवल–पाल्पा सडक खण्डको अति जोखिम सिद्धवावा क्षेत्रमा सुरुङ खन्ने मूख्य काम बल्ल सुरु भएको छ । निर्धारित मितिभन्दा धेरै ढिलोगरि सुरु भएको सुरुङ खन्ने कामले गति लिने अपेक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ् खन्ने काम बिहिबारदेखि थालनी भएको हो । सुरुङ निर्माणका लागि आवश्यक सबै पूर्वाधारहरूको निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने कामले गति लिएको छ । आशा गरौं सिद्धवावा सुरुङ मार्ग ढिलो निर्माण सुरु भएर छिटो सम्पन्न हुने आयोजना बनोस् । यो क्षेत्र भएर यात्रा गर्ने यात्रुले मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या छ भनेजस्तै ज्यान हत्केलामा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । अहिले माटो परीक्षण, साइट कार्यालय स्थापना, विद्युत् विस्तार, वैकल्पिक बाटो निर्माणसहितका पूर्वाधार बनेपछि मुख्य काम सुरुङ् खन्न सुरू गरिएको छ । पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग वि.स. २०७८ फागुन २५ गते सम्झौता भएको थियो । आयोजनाले अहिलेसम्म सुरुङ मार्गको १० दशमलव २ प्रतिशत काम सम्पन्न भइसकेको दावी गरेको छ । जेहोस् सिद्धवावा सुरुङ मार्गले बुटवल नारायणघाट सडकको नियती भोग्न नपरोस् । निर्माण कम्पनी चिनिया नै भएका कारण ढिलो काम हुनेमा आशंका छ तर जोखिम अत्यन्त धेरै भएकोले छिटो निर्माण सम्पन्न भएर आयोजना हस्तान्तरण भएको देख्न र सुन्न यस क्षेत्रका बासिन्दा आतुर छन ।

निर्माणकै क्रममा रुख समेत काटनु पर्ने भएकोले केही ढिलाई हुने संभावनालाई नकार गर्न सकिदैन । हरेक आयोजना निर्माणमा रुख काट्ने कामले ढिलाई हुने गरेको छ । यो आयोजनामा पनि रुखकै कारण ढिलाई नहोस् भन्नेमा चनाखो हुनु जरुरी छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुहरूले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ् मार्गको बनाउनुपर्ने माग गर्दै आएका थिए । सुरुङ्मार्ग बनेपछि पाल्पा, रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ् लगायतका क्षेत्रको यात्रा गर्न सहज हुने छ । त्यसैगरी सुरुङ् मार्गले रूपन्देही, लुम्विनी, पाल्पा, पोखरा, गुल्मी, बाग्लुङ र अर्घाखाँचीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । बुटवलदेखि पाल्पा, गुल्मी, स्याङजा र पोखरासम्मका जाने सवारीका साधनको मूख्य गन्तब्य यही सिद्धवावाको जोखिमयुक्त सडक नै भैरहेको अवस्थामा बढ्दो मानवीय क्षति कम गर्न सुरुङ मार्ग सारथी बन्ने निश्चित छ । यति धेरै सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा जोखिमयुक्त छ । बर्षेनी यो सडकमा मानवीय क्षति हुने क्रम रोकिएको छैन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ ।

सुरुङको मूख्य निर्माणको काम बल्ल सुरु भएकोले अव सबै अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर गुणस्तरीयताको दृष्टिबाट नेपालको यो सुरुङमार्गलाई सुरक्षित तथा स्तरीय बनाउन कुनै कमी राखिनु हुँदैन । त्यसका लागि नागरिक समेत चनाखो हुनु जरुरी छ । चीन सरकारको प्रविधि विश्वमै उच्च गुणस्तरीय मानिने गरेको छ । यसर्थ चीनको निर्माण कम्पनीले वनाउने यो सुरुङ मार्ग प्रविधिको ज्ञान नेपाली प्राविधिकका लागि उपयोगी होस भन्ने आम अपेक्षा छ । तर, चिनीया कम्पनीले नेपालमा सुरु गरेका निर्माणका काममा धेरै ढिलाई हुने गरेको उदाहरण रहेकोले यो सुरुङ मार्ग निर्माणमा पनि ढिलाई हुने हो कि भन्ने चासो र चिन्ता छ । चिनियाँ कम्पनीलाई सुरुङ निर्माणमा कुनैपनि प्रकारको ढिलाईको मौका दिनु हुँदैन । निर्धारित मितिभन्दा अगावै निर्माण सम्पन्न गर्न सरकारले अनुगमनका साथै निर्माण पक्षलाई झकझक्याउनु जरुरी छ । निर्माणकै क्रममा आईपर्ने समस्यामा सरकारले सहजीकरण गरोस् । कुनैपनि बहानामा निर्माणको काम लम्ब्याएर आयोजनाको म्याद थप्ने काम हुनुहुँदैन । त्यसतर्फ नेपाल सरकार गंभीर बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?