© 2026
बुटवल, २२ असोज । गुरुङ जातीको सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बुटवलमा बिमोचन गरिएको छ । तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देहीको आयोजनामा सोमबार तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषदका पुर्व केन्द्रीय संरक्षक सभापति एवं क्येर्लो क्येप पे दोश्रो संस्करण सम्पादन सहयोगी माया गुरुङले बिमोचन गर्दै गुरुङ्हरुको सृष्टि ग्रन्थ प्रकाशनमा सहयोगी बन्न पाएकोमा खुशी ब्यक्त गरिन ।
क्येर्लो पुस्तक भित्र रहेका गुरुङहरुको उत्पत्ती कालदेखि बसाई सराईका क्रममा ठाउँ स्थानन्तर हुँदै सफुती क्याह्ल्सा न्हरु ह्युल्स हुँदै कहोलसोथरसम्म आईपुग्दाका विषयहरु समाबेश भएको उनले बताईन । ‘गुरुङ् संस्कार संस्कृती बारेमा बुझ्न यो पुस्तक सहयोगी बन्ने छ ।’— उनले भनिन । यो पुस्तक सबै तमु समुदायले अध्ययन गर्नुपर्ने उनले बताईन ।
कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद केन्द्रीय भाषिक सल्लाहकार एवं प्रथम क्येर्लो प्रकाशन तथा दोश्रो संस्करण सम्पादन सहयोगी अभिनउ बालनर्सिङ गुरुङ, सम्पादन सहयोगी खेमालिपी अभियान्त केन्द्रीय सल्लाहकार भिम गुरुङ, दोश्रो संस्करणका सम्पादन सहयोगी संस्कृति एवं भाषा अभियान्त ठाकुर जङ मोब्छे गुरुङ, डम्बर गुरुङ, लुम्बिनी प्रदेश अध्य्क्ष खुम बहादुर गुरुङ लगायतले पुस्तकको बारेमा जानकारी दिए । कुल ३५४ पृष्ठ रहेको क्येर्लो (सृष्ठी) क्येप पे पुस्तकको सम्पादक तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रहेको छ ।
पहिलो संस्करण २०४६ सालमा प्रकाशन भएको पुस्तक परिमार्जित गरि दोश्रो संस्करणका रुपमा निकालेको हो । बिमोचन कार्यक्रममा सम्पादन सहयोगीहरु बालनर्सिङ गुरुङ, डम्बर गुरुङ,मोहन गुरुङ भिम गुरुङ ,ठाकुर जङ म्होब्छे गुरुङ ,नवीन गुरुङ, माया गुरुङलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष बिमला गुरुङ, वरिष्ठ उप्पाध्यक्ष राम बहादुर गुरुङ, आशा गुरुङले नया पुस्तालाई आफनो ईतिहास बुझाउने गरि पुस्तक तयार भएको बताए ।