ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
१२ औं वार्षिकोत्सव विशेष

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर

स्थानीय सरकार समृद्ध बने देश समृद्ध बन्छ
२२ पुष २०८०, आईतवार
२२ पुष २०८०, आईतवार

नेपालका पूराना नगरपालिकाहरुमध्येको बुटवल उप–महानगरपालिका, लुम्बिनी प्रदेशकै अग्रणी नगर हो । देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको यो उप–महानगरपालिका २०१६ सालमा स्थापना भएको थियो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ मंसीर १६ गते बुटवल नगरपालिकाबाट उप–महानगरपालिकामा स्तरोन्नति भएको थियो । बुटवलको पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका रहेका छन् र दक्षिणपट्टि तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका रहेका छन् ।

तिनाउ नदीको किनारमा अवस्थित बुटवल उप–महानगरपालिकाभित्रको जनसंख्या करिब डेढ लाखको हाराहारीमा पुगेको छ । जनगणना २०७८को प्रारम्भिक तथ्यांकअनुसार बुटवलको कुन जनसंख्या १,९५,०५४ रहेको छ । जसमध्ये ९९,३४९ जना महिला र ९५,७०५ जना पुरुष रहेका छन् । बुटवल करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्र हो । यहाँ मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र जितगढी किल्ला रहेका छन् । मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापूर धाम, नीलकण्ठबाबाधाम, मुक्तिनाथधाम, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार यहाँका प्रमुख पर्यटकीय र धार्मिक स्थल हुन् ।

अग्रणी शहर हो बुटवल

बुटवल काठमाडौं उपत्यका बाहिर विकासका दृष्टिले अग्रणी शहर हो । बुटवल उपमहानगरको सीमाक्षेत्रभित्र मात्रै सीमित छैन, यसको प्रभाव नवलपरासीको बर्दघाटदेखि कपिलवस्तुको चन्द्रौटासम्म रहन्छ । अब प्रदेश राजधानी दाङको देउखुरीमा पुगेपछि त्यहाँसम्मै बुटवलको प्रभाव क्षेत्र हो । यसर्थ, हामीले बुटवललाई सीमानाको साँघुरो घेराभित्र राखेर मात्रै हेर्नुहुँदैन । अबको विकास चाहे त्यो भौतिक पूर्वाधारतर्फको विकास होस् या मानव संशाधनको विकास होस्, देशमै नेतृत्व गर्ने क्षेत्र यही भूगोल हो ।

यो क्षेत्रको एकीकृत विकासका लागि प्राधिकरणका रुपमा स्थापना गरेर समानुपातिक विकास र साझा शहरका रुपमा स्थापित गर्नुपर्छ र यहाँका साझा समस्याको समाधान एकीकृत रुपमा गर्नुपर्छ भन्ने कुरालाई हामी अगाडि बढाउन चाहन्छौं । यस क्षेत्रका उपमहानगरपालिका, नगरपालिकाहरु र गाउँपालिकाहरुबीचमा साझा संयन्त्र निर्माण गरेर हामीले यहाँका मूल समस्याको समाधान गर्नेछौं ।
यसरी साथसाथै अगाडि बढ्दा आर्थिक रुपमा पनि कम भार पर्छ र लाभ लिने संख्या पनि बढी हुन्छ । यहाँ तत्काल उपलब्ध श्रोतसाधनहरुको उपयोगमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने हाम्रो बुझाई हो । छिटै नै हामी यसलाई निर्णायक तहमा पु¥याउने गरी प्रयत्नरत छौं ।
अब बुटवल उपमहानगरपालिकाको सीमाक्षेत्र भित्रको कुरा गरौं ।

बुटवल अहिले भौतिक पूर्वाधारमा अगुवाई गर्दैछ । हामीसँग अन्तरराष्ट्रियस्तरको सम्मेलन केन्द्र र प्रदर्शनी स्थल तयार भएका छन् । ६ लेनको सडक सम्पन्न हुने क्रममा रहेको छ भने बुटवल–नारायणगढ सडक स्तरोन्नति भइरहेको छ । छिटै नै बुटवल–चन्द्रौटा सडक स्तरोन्नतिको काम शुरु हुँदैछ । तिनाउ नदीमा देशकै नमूना र आधुनिक शैलीको पुल बन्दैछ । बुटवलबाट कुनैपनि क्षेत्रमा पुग्नका लागि यातायातको अभाव छैन । सडकहरु पनि स्तरोन्नति भइरहेका छन् । आन्तरिक सडकहरु ८० प्रतिशतभन्दा बढी पक्की भइसकेका छन् । बाँकी रहेका सडकहरु पनि हामी पक्की गर्ने गरी योजना अगाडि बढाएका छौं । भौतिक पूर्वाधारमा मात्रै होइन, अन्य क्षेत्रमा पनि बुटवलले फड्को मार्दैछ ।

शिक्षा र स्वास्थ्य

शिक्षामा हामीले बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरुलाई एउटै स्तरमा पु¥याउने गरी काम गरिरहेका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

स्वास्थ्यतर्फ १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल छिटै सञ्चालनमा ल्याउँदै छौं । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टकीकृत अस्पतालका रुपमा स्तरोन्नति गर्न ३ सय बेडको बनाइदै छ । पारा मेडिकल र नर्सिङ विषयको कक्षा सञ्चालनका लागि यसै वर्षदेखि अध्ययन शुरु हुँदैछ । यसले दक्ष जनशक्ति उत्पादनमा पनि भूमिका निर्वाह गर्नेछ । एकातिर हामी अस्पतालको निर्माण र स्तरोन्नति गरिरहेका छौं भने अर्कोतिर जनशक्ति उत्पादनको काम पनि गरिरहेका छौं । यसले उत्पादन भएको दक्ष जनशक्ति खपत गर्ने थलोको पनि एकसाथ काम भइरहेको छ ।

 

औद्योगिक क्षेत्र, कृषि र रोजगार

यस्तै, लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर संघीय निकायमा पुगेर बसेको छ । यो काम पनि छिटै शुरु हुनेछ भन्ने विश्वास छ । यसले बुटवललाई औद्योगिक क्षेत्रका रुपमा अझ बलियो गरी स्थापित गर्न मदत पु¥याउनेछ र रोजगार सिर्जना गर्नेछ । बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ । यसले बुटवल र आसपासका किसानका लागि लाभ पु¥याउनेछ । भैरहवाको अन्तरराष्ट्रिय विमानस्थलबाट यहाँका उत्पादन अन्तरराष्ट्रिय बजारमा पु¥याउने गरी स्तरीय बनाउने काममा पनि हाम्रो प्राथमिकता छ । यसमा हामी आसपासका स्थानीय सरकारहरुसँग सहकार्य गरेर अगाडि बढ्नेछौं ।

बसपार्क र पार्किङ

बढ्दो शहरीकरणका कारण बस्ती बाक्लिदै छ र हामीसँग पार्किङका लागि जग्गा अभाव हुने अवस्था आउनेवाला छ । त्यसका लागि हामीले बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँग बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अगाडि बढाएका छौं । यस्तैगरी अन्य क्षेत्रमा पनि पार्किङसहितका बहुतले भवन निर्माणलाई प्रोत्साहन गर्नेछौं । पार्किङकै समस्यालाई हेरेर हामीले राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सर्भिस लेनको डिजाइनमा हेरफेर गरौं भनेका छौं ।
बुटवलभित्रको सर्भिस लेन र डिभाइडरका बीचमा साना सवारी पार्किङ, प्रतीक्षालय, पिउनेपानी, शौचालय, हरियाली बगैचा, आवश्यकताअनुसार साना साना व्यवसायलाई समेट्न सकियो भने बुटवलको बजार थप चलायमान बन्छ भन्ने हाम्रो विश्वास हो । यसका साथै, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको सबैभन्दा बढी चाप हुने क्षेत्रमध्येमा बुटवल पर्छ । बुटवलबाट देशका अधिकांश स्थानमा जाने गाडी छुट्छन् । यसका लागि हामीसँग अहिले उपलब्ध बसपार्क साँघुरो भइरहेको अवस्था छ । यसका लागि हामीले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजनामा छौं । वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाएका छौं ।

 

पर्यटन प्रवद्र्धन/उत्कृष्ट विश्रामस्थल

बुटवल पहिलेदेखि नै पर्यटकीय केन्द्र हो । यहाँ नेपाल–अंग्रेज युद्धमा जित हासिल गरेको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थान र हिलस्टेशन नुवाकोट क्षेत्र, सिद्धबाबा मन्दिर, भैरव मन्दिर, भुवनेश्वरी मन्दिर, नीलकण्ठबाबाधाम, मुक्तिनाथधाम, कपरकट्टी ताल, हिलपार्क, मणिमुकुन्द सेन उद्यान, पिस पार्क, मिलन पार्कसहितका प्राचीन, ऐतिहासिक र पर्यटकीय स्थल रहेका छन् । बुटवलमा सञ्चालनमा आएको एउटा र छिटै सञ्चालनको तयारीमा रहेको अर्को केवलकारले बुटवलको पर्यटनलाई अरु धेरै चलायमान बनाउने छन् । यसले बुटवललाई उत्कृष्ट विश्रामस्थलका रुपमा परिचित गराउनेछ भन्नेमा हामी विश्वस्त रहेका छौं । यहाँ स्तरीय तारे होटलहरु धमाधम खुलिरहेका छन् ।

महानगरका तयार

स्थानीय निकाय पुनर्संरचना आयोगले मापदण्ड बनाएपछि ललितपुर, पोखरा–लेखनाथ र भरतपुरलाई जोडजाड गरेर २०७३ मा महानगरपालिका घोषणा ग¥यो । त्यसबेला नै बुटवल उपमहानगरपालिकाबाट महानगरपालिका बन्नुपर्ने थियो । हामीले महानगरपालिका बनाउनुपर्ने माग राखेका पनि थियौं । तर महानगर घोषणा भएन ।

महानगर बन्नका लागि हामी सक्षम छौं । त्यसका केही मापदण्डहरु म यहाँ जानकारी गराउन चाहन्छु ।
बुटवलका स्थायी बासिन्दाको जनसंख्या करीब २ लाख छ । अनौपचारिक रुपमा बसोबास गर्नेको संख्या १ लाख भन्दा बढी छ ।
गत आर्थिक वर्षमा आन्तरिक श्रोतका रुपमा ५० करोड रहेकोमा यसलाई ९१ करोड पु¥याउने लक्ष्य छ ।
देशकै उत्कृष्ट विद्यालयहरु यहीँ छन् । बुटवल टेक्निकल इन्स्टिच्युट, कोरियन प्राविधिक शिक्षालयजस्ता स्तरीय प्राविधिक शिक्षालय छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञसहितको अस्पताल बुटवलमै रहेको छ । महिला तथा बालबालिकाको उपचारका लागि आम्दा अस्पताल छ । हाम्रा शहरी स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति भइरहेको छ । थप दुई १५–१५ बेडका अस्पताल छिटै सञ्चालनमा आउँदैछन् ।
य सुविधासम्पन्न टर्मिनल सहितको बसपार्क छ । यो भन्दा स्तरीय बसपार्क निर्माण हुँदैछ ।
तरकारी तथा फलफुल वितरण केन्द्र सञ्चालनमै रहेको छ र आधुनिक र उच्चक्षमताको कृषि उपज केन्द्र निर्माणको तयारीमा रहेका छौं ।
हामीकहाँ सपिङ मलहरु पर्याप्त छन् । अरु केही निर्माणका क्रममा रहेका छन् ।
हामीसँग बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल रहेका छन् । खेलमैदानहरु छन् ।
यी र यस्ता कुराहरुका कारण बुटवललाई महानगरपालिका घोषणा गर्न रोकिने अवस्था आउँदैन । अहिले पनि बुटवल महानगरपालिका बन्न सक्षम छ ।
यसमा अर्को विकल्प पनि छ, बर्दघाटदेखि चन्द्रौटासम्मको क्षेत्रको एकीकृत विकासका लागि प्राधिकरणका रुपमा स्थापना गरेर समानुपातिक विकास भएको साझा शहर बनाउन सकिन्छ । यो पनि उपयुक्त र हाम्रोजस्तो देशका लागि कम जनशक्तिमा धेरै काम गर्न सकिने योजना बन्नसक्छ ।

संघ र प्रदेशसँग गुनासो

संघ, प्रदेश र स्थानीय सरकारबीचमा निरन्तर समन्वयको आवश्यक पर्छ । तर हामीकहाँ यस्ता संयन्त्रहरु प्रभावकारी छैनन् । प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने र त्यसले प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्ने व्यवस्था गरिएको छ । उक्त समितिमा स्थानीय सरकारको प्रतिनिधित्व हुने व्यवस्था छैन । राज्यशक्तिको प्रयोग तीन तहले गर्ने र विवाद समाधान गर्ने सङ्घीय कमिटीमा चाहिँ दुई तहको मात्रै प्रतिनिधित्व हुने संरचनागत व्यवस्था छ । यसले विवाद समाधान हुने देखिँदैन । स्थानीय तहबीचमा र स्थानीय तह र प्रदेशसँगको विवाद समाधान गर्ने जिम्मेवारी प्रदेशसभालाई दिइएको छ । प्रदेश सभाको भूमिका सदनबाट बाहिर निस्किन सकेको छैन ।
निजामती कर्मचारीको लागि प्रदेशले ऐन बनायो, संघले बनाउने भनेको बनाएकै छैन । यस्तो अलमलले हामी समस्यामा परेका छौं । प्रदेशले प्रमुख प्रशासकीय अधिकृत प्रदेशबाट खटाइने भनेको छ, तर त्यसको कार्यान्वयनका लागि नियमावलीहरु बन्न बाँकी छन् । यसमा संघको अंकुश लगाउने जसरी चासो छ ।

अन्य कर्मचारीहरुको सन्दर्भमा पनि यस्तै समस्या छ । आवश्यक कर्मचारी सरुवा भएर आउन सकिरहेका छैनन् । संघीय मन्त्रालयबाट स्थानीय सरकारलाई मातहतका निकायजसरी निर्देशन र परिपत्रहरु आउने गर्छन्, यसले संघीयता बलियो बनाउने होइन थप कमजोर बनाइरहेको छ । यो समस्या समाधानका लागि जे जस्ता संयन्त्र बनेका छन्, ती निस्क्रियप्रायः छन् । अरु पनि यस्ता कानूनहरु छन्, जसले हाम्रो संघीयताका बीचमा केही अन्योल सिर्जना गरेका छन् ।

अन्योल सिर्जना गरेका कानूनहरु
१) अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
२) कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
३) स्थानीय सरकार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
४) श्रम ऐन २०७४
५) अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४
६) शिक्षा ऐन २०२८ (आठौं संशोधन २०७३), (नवौं संशोधन २०७४)
७) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४
८) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४
९) सहकारी ऐन २०७४

यी ऐनहरुमा अधिकार बाझिएका छन् । केही अस्पष्टताहरु छन् । संघ, प्रदेश र स्थानीय सरकारका बीचमा रहेका यस्ता अन्योल समाधान गर्ने काम समन्वय परिषद् र अन्तरसरकारी वित्त परिषद्जस्ता निकायले गर्नुपर्ने हो । तर त्यसमा स्थानीय सरकारका रुपमा हुने प्रतिनिधित्व प्रभावकारी भूमिकासहितको छैन । हामी स्थानीय सरकारको रुपमा संघ र प्रदेशसँग बलियो अर्थ राख्ने समन्वयकारी भूमिका होस् भन्ने चाहन्छौं । स्थानीय सरकार जति बलिया हुन्छन् र आत्मनिर्भर हुन्छन्, संघीयता त्यति नै बलियो बन्छ । यसको प्रत्यक्ष लाभ जनतामा पुग्छ । अहिले संघीयताविरोधी र खर्चिलो संरचना भनेर जसरी आलोचना र विरोधका स्वरहरु सुनिन थालेका छन्, त्यसको कारण यस्ता निकायहरु र संरचनाहरु सक्रिय र प्रभावकारी नबनाउनु हो । तीन तहबीचमा समन्वय गर्ने जतिपनि निकायहरु छन्, तीनलाई सबैभन्दा बढी प्रभावकारी बनाउन सकियो भने हाम्रो संविधानले परिकल्पना गरेको संघीयता साँचो अर्थमा कार्यान्वयन हुन्छ ।

हामी के चाहन्छौं ?
हामी स्थानीय सरकारलाई संघीयताको बलियो खम्बाका रुपमा स्थापित गर्न चाहन्छौं । संघ र प्रदेशबाट प्राप्त अनुदानको भरमा विकासे काम गरिरहेको अवस्थालाई बदल्दै आत्मनिर्भर बन्न चाहन्छौं । संघ र प्रदेशको साथमा मुलुकलाई समृद्ध बनाउने जग हाल्ने सरकारका रुपमा अघि बढाउन चाहन्छौं ।
सेवाप्रवाहलाई डिजिटल र सहज बनाउन चाहन्छौं । हाम्रा सबै काम अनलाईनबाट सञ्चालन हुने र घरमै बसेर सरकारी सेवा लिनसक्ने अवस्थामा पु¥याउन चाहन्छौं । यसका लागि संघ र प्रदेशले केन्द्रीकृत मानसिकता त्यागेर संघीयतालाई जनताका घरदैलोमा पु¥याउनका लागि अगुवाई गर्नुपर्छ । आवश्यक कानूनहरु तयार गर्न र कार्यान्वयन गर्नका लागि मार्गप्रसस्त गर्नुपर्छ । कानूनी बाधाअड्चनहरुलाई समाधान गरी केन्द्रीकृत राज्यप्रणालीका अवशेषहरु समाप्त गर्नुपर्छ । अनि स्थानीय सरकार समृद्ध बन्छन् । स्थानीय सरकार समृद्ध बनेपछि मुलुक समृद्ध बन्छ ।

यसअवधिमा हासिल भएका उपलब्धि तथा प्रयासहरु
बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १५/१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने क्रममा रहेका छन् र अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइदै छ । वडा नं. १३ को अस्पताललाई चौबीसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी छ । बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराइएको छ ।
बुटवल उपमहानगरपालिकालाई सफा सुन्दर र बस्न योग्य बुटवल शहर बनाउनका लागि मुख्य राजमार्ग तथा भित्री सडकहरु, चोक चौराहाहरु ब्यवस्थित गर्ने तथा अव्यवस्थित पार्किङ, ठेला, टंकी, बजार, निर्माण सामग्री, होर्डिङ्ग बोर्ड, वर्कशप, रिकण्डिसन हाउसका सवारी साधन लगायत राखी अवरोध गर्ने कार्यलाई नियन्त्रण गर्न व्यापक प्रचार प्रसार तथा कारबाही गरी सडक र सडक पेटी खुल्ला गरिएको छ ।
नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण गरिएको छ । ४५ दिने सरसफाई अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलबासीलाई प्रोत्साहन गरिएको छ ।
बुटवलभित्रका सबै गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । छिटै नै तालिमको आह्वान गरी छनोटमार्फत तालिम शुरु हुँदै छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम छिटै नै सञ्चालनमा आउँदैछ । यस्तै, नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा छ ।
१८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोग (मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया)को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर छन् ।
उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यकरणका लागि छिटै नै टेण्डर आह्वान गरी काम अघि बढ्दैछ ।
लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाई, सुरक्षित विश्राम स्थलका रूपमा विकास गर्ने कार्यक्रम ल्याइएको छ । नयाँ बसपार्कलाई सुन्दर बनाउने र सरसफाईलाई विशेष प्राथमिकता दिने कार्यक्रम अगाडि बढेको छ । सुविधासम्पन्न शौचालय र प्रतीक्षालय निर्माण शुरु भएका छन् । बसपार्कभित्र विद्युत प्राधिकरणबाट विद्युतीय सवारी चार्जिङका लागि दुईवटा स्टेशन सञ्चालनमा रहेका छन् ।
बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना गर्ने, रात्रिकालीन बजार सञ्चालन तथा पर्यटन प्रवद्र्धन, जितगढी किल्ला, मणिमुकुन्दसेन दरबार, जितगढी युद्ध संग्रहालयलाई नगर सम्पदाका रूपमा प्रवद्र्धन गर्ने कार्यक्रम तय भएको छ ।
खेलाडी उत्पादनका लागि नगरको प्रमुख खेलकुद कार्यक्रम विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम फागुनभित्रै सञ्चालन हुँदै छ ।
मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरूलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रम यसवर्ष पनि निरन्तर रहेका छन् ।
महिलाहरूलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपांगता भएका व्यक्तिहरूलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम निरन्तर चलिरहेका छन् ।
एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इ–रिक्सा र टेम्पुको सवारी धनी भई स्वयं चालक भएकाहरूलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइएको छ ।
छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापना गर्ने र तत्कालका लागि छाडा चौपाया व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनभित्र राख्ने काम निरन्तर छ ।
देशकै नमूना पशु बधशाला सञ्चालनका लागि सम्झौता भएर छिटै नै सञ्चालनको तयारीमा रहेको छ । यसले बुटवलबासीलाई सफा र स्वच्छ मासु उपलब्ध गराउनेछ ।
बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने कार्य सम्पन्न भई नगरतर्फको काम सकिएर संघीय मन्त्रालयमा पुगेको छ, छिटै नै औद्योगिक क्षेत्रको काम शुरु हुने तयारी छ ।
बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन यसै शैक्षिक सत्रदेखि शुरु हुँदै छ ।
बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।
बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
नयाँ बसपार्कभित्र बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको छ ।
बुटवलको कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका लागि अनुमति दिइएको छ भने ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका बारेमा अध्ययन भइरहेको छ ।
राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ ।
बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्ने कार्य अघि बढेको छ ।
बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
नियमित रुपमा बजार अनुगमन गर्दै उपभोक्ताको हित र अधिकारको संरक्षणका लागि निरन्तर अभियान सञ्चालन भएको छ ।
कालिकापथदेखि नेपालगञ्ज रोडमा जोड्ने सडक खोलिएको छ भने मिलनचोकदेखि सुख्खानगरको सडकमा हेभी इक्युपमेन्ट कार्यालयका भवनहरु भत्काएर सडक फराकिलो बनाउने काम शुरु भएको छ । यी दुई सडक खुला र फराकिलो भएपछि मुख्य सडकको जाम हट्न मदत पुग्ने छ भने पैदलयात्रीलाई पनि सहज हुनेछ ।
बुटवलभित्र लालपूर्जाविहिन बसोबासीलाई लालपूर्जा प्राप्त गर्नका लागि भूमि आयोगलाई आवश्यक सहयोगका लागि कर्मचारी थप गर्ने, प्राविधिक काममा सहयोग गर्ने र जग्गाको अवस्थाको नापजाँच गर्ने काममा नगरले सधै साथ दिइरहेको छ । विधिसम्मत तरिकाले लालपूर्जा पाउनयोग्य बासिन्दालाई लालपूर्जा दिलाउन हाम्रो सकारात्मक प्रयास जारी छ । राजस्ववापत्को रकम केही धेरै भयो भन्ने कुरा हामीले प्रधानमन्त्रीलाई जानकारी गराएका छौं । उहाँले घटाउने आश्वासन दिनुभएको छ ।
जाजरकोट र रुकुम पूर्वमा भूकम्पबाट प्रभावितहरुका लागि बुटवल उपमहानगरपालिका र यस क्षेत्रका संघसंस्थाको गरी राहत सहयोग पठाइएको छ । आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छौं ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?