ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

त्रिवेणी सरकारले गर्यो ७२ प्रतिशत कार्यसम्झौता

आर्थिक मसान्तमा मात्रै काम सक्ने चटारो रहेका अन्य पालिकाहरूले सल्यानको त्रिबेणीको नमुना अभ्यासबाट सिक्न सक्छन् । आर्थिक मसान्त सकिन ७ महिना पहिला नै पालिकाले ७२ प्रतिशत सम्झौता गरेको हो ।
२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

सल्यान, २१ पुस । आर्थिक बर्षको अन्त्यमा हुने चाप घटाउन तथा पारदर्शी र गुणस्तरीय कामको लागि सल्यानको त्रिवेणी गाउँपालिकाले बैशाख महिना भित्र सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । हालसम्म ७२ प्रतिशत बढी योजना सम्झौता गरिसकेको गाउँपालिकाले बाँकी आयोजनाहरू पौष भित्रमा सम्झौता भइसक्ने जनाएको छ । जम्मा १६७ वटा योजनाहरू रहेको त्रिवेणिमा १२१ वटा योजना सम्झौता भइ कार्यान्वयनमा रहेका छन् । चालू आर्थिक बर्षको सुरुवातमै सक्रिय भएर लागेको र यसले असार मसान्तमा कामको भार कम हुने तथा आउँदो वर्षका योजना छनोट गर्न सहज हुने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अपेक्षा छ ।

त्रिवेणि गाउँपालिकाका अनुसार हाल सम्म १३ वटा योजनाहरू सम्पन्न भइसेकका छन् । ‘माघ महिना भित्रमा ९० वटा योजनाहरूको निर्माण कार्य सम्पन्न भैसक्ने अवस्था छ’, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले भने । उनका अनुसार कोलचौर देखि दाङ जोड्ने सडक, लुहाम फलावाड मख्खनटाकुरी सडक, लुहाम पोखरीज्यूला ढोरचौर सडक तथा सल्लेखोला सिम्क पिपलबोट सडक यस बर्षका मुख्य गौरवका आयोजनाहरू हुन् ।

यी आयोजनाहरू समयमा नै टेण्डर प्रक्रियाद्वारा सम्झौता भइसकेकोले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने आधार तयार भएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । गाउँपालिकाको प्रशासकिय भवनको ६० प्रतिशत र पालिकास्तरीय अस्पताल भवनको ३० प्रतिशत अर्थात पहिलो तला ढलानको कार्य सम्पन्न भएको पनि गाउँपालिकाले जनाएको छ ।

हरेक हप्ताको वुधवार र बिहिवार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिती संयोजक सीता खड्का पुनको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत, इन्जिनियर, योजना शाखा प्रमुख, वडा अध्यक्ष तथा प्राविधिकको उपस्थितिमा आयोजनाको अनुगमन गर्ने, सल्लाह सुझाव दिने कार्य गर्दछ । ‘हामीले हरेक वडामा प्राविधिकको व्यवस्था गरेका छौं । उहाँहरू हरेक दिन फिल्डमा जाने र बेलुका आ–आफ्नो क्षेत्रमा भएका कार्यको अनलाइन रिपोर्टिङ गर्ने गर्नुहुन्छ । जसले आयोजनामा गुणात्मकता कायम गर्न टेवा मिलेको छ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने ।

त्रिवेणी गाउँपालिकाले कार्य समपन्न भए पश्चात उक्त आयोजनामा कुनै असन्तुष्टी, गुनासो भएमा ७ दिनको भुक्तानी दाबी विरोधको सूचना प्रकाशन गरी त्यसमा कुनै उजुरी परेमा छानविन समिति गठन गरी आवश्यक छानविन तथा अनुसन्धान गर्ने प्रबन्ध पनि मिलाएको छ ।
सामूहिक अनुगमन गर्ने कार्यलाई जोड दिएको गाउँपालिकाले कार्य सम्पन्न भइसके पश्चात सर्वपक्षिय सहभागितामा गरिएको नाप जाँचको मुचुल्का तयार गरी भुक्तानीको लागि सवैपक्षबाट सिफारिस गराउने गरेको योजना शाखाले जनाएको छ । नापजाँच पश्चात वडा अध्यक्ष तथा सदस्यहरू समेतको वृहत सहभागितामा सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण गर्ने कार्यले आयोजनामा पारदर्शीता प्रवद्र्धन गरी सुशासन कायम गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समिति गठन भइसकेपश्चात त्रिवेणी गाउँपालिकाले समितिलाई अभिमुखीकरण पनि गरेको थियो । आयोजनाहरू कसरी सञ्चालन गर्ने, जनसहभागिता कसरी जुटाउने, निर्माण प्रक्रियामा आउने प्राविधिक कठिनाईलाई के कसरी समाधान गर्ने तथा कार्य सम्पन्न भइसकेपश्चात भुक्तानीमा के के कागजात संलग्न गर्ने भन्ने सन्दर्भमा विभिन्न विषय वस्तुमा आधारित रही अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?