ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण
१२ औं वार्षिकोत्सव विशेष

चिकित्सा शिक्षाः पहुँच बढाउँदै लुम्बिनी प्रदेश

नेपालको राजनैतिक परिवर्तन सँगसँगै मेडिकल शिक्षाको अध्ययन गर्ने अवसर जिल्ला जिल्लामा उपलब्ध भएका कारण विक र राना जस्ता मध्यम, निम्नवर्गका व्यतिm डाक्टर बन्ने अवसर प्राप्त गरेका छन् । पछिल्लो समयमा भएको राजनैतिक परिवर्तनका कारण काठमाडौं बाहिर स्थापित मेडिकल कलेजका कारण पठनपाठनमा सहज रूपमा पहुँचको बिस्तार हुँदै गएको छ ।
१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

बुटवल, १० पुस ।

तानसेनको दमकडाका श्यामबहादुर विश्वकर्मा निम्नवर्गीय परिवारका हुन् । उनले प्रवेशिका परीक्षामा जिल्लाको सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याएका कारण छात्रवृत्तिमा लुम्बिनी मेडिकल कलेज पाल्पामा एमबीबीएस तहको अध्ययन गर्ने अवसर पाए । छात्रवृत्तिमा अध्ययन गरेका विश्वकर्मा यतिबेला पोखराको स्वास्थ्य संस्थामा कार्यरत छन् ।

रूपन्देहीको सैनामैना नगरपालिकाका कृष्णबहादुर राना पनि मध्यमवर्गीय परिवारका सदस्य हुन् । सानो उमेरमै डाक्टर बन्ने सपना देखेका रानाले भैरहवाको युनिभर्सल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्ने अवसर पाए । डाक्टर बन्ने अवसरलाई उनले राम्रोसँग उपयोग नै गरे । यतिबेला उनले मधेश प्रदेशको सरकारी अस्पतालमा रोजगारीको अवसर प्राप्त गरेका छन् । नेपालको राजनैतिक परिवर्तन सँगसँगै मेडिकल शिक्षाको अध्ययन गर्ने अवसर जिल्ला जिल्लामा उपलब्ध भएका कारण विक र राना जस्ता मध्यम, निम्नवर्गका व्यक्तिले डाक्टर बन्ने अवसर प्राप्त गरेका छन् । पछिल्लो समयमा भएको राजनैतिक परिवर्तनका कारण काठमाडौं बाहिर स्थापित मेडिकल कलेजका कारण पठनपाठनमा सहज रूपमा पहुँचको बिस्तार हुँदै गएको छ ।

निजी क्षेत्रको लगानीमा सञ्चालित मेडिकल कलेज स्थापनापूर्व सरकारी स्वामित्वमा सीमित स्थानमा सञ्चालित थिए । ग्रामीण क्षेत्रका अब्बल विद्यार्थीको पहुँच अत्यन्त न्यून मात्रामा थियो । निजी क्षेत्रको लगानीमा शिक्षण संस्थाको स्थापनाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको देखिएको छ ।

मेडिकल शिक्षा काठमाडौंमा मात्र सीमित थियो । उच्च घरानाका विद्यार्थी विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यता थियो । पछिल्लो समयमा निजी शिक्षण संस्थाले एमविविएस, एमडी, बिएस्सी नर्सिङ्ग, बिएम एलटी, बिडिएस, बिपिएच जस्ता जस्ता जनशक्ति स्वदेशमै तयार गरेको देवदह मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल बताउँछन् ।

लुम्बिनी प्रदेशमा ५ वटा मेडिकल कलेजमा मेडिकल शिक्षा अध्ययन अध्यापन हुँदै आएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज, रूपन्देहीमा देवदह मेडिकल कलेजमा मेडिकल शिक्षा अन्तर्गत विभिन्न विधामा पठनपाठन भएको छ । अध्ययन गर्ने इच्छा भएकाका लागि अवसरै अवसर छ ।

मेडिकल शिक्षा अध्ययन गर्नेलाई अध्यापन गर्न सक्ने क्षमताका दक्ष जनशक्ति समेत मेडिकल कलेजले तयार गरिसकेका छ् । कलेजमा अध्यापन गर्ने प्रोफेसर (शिक्षक) का क्षेत्रमा समेत आत्मनिर्भर बनेको युनिभर्सल मेडिकल कलेज भैरहवाका सूचना अधिकारी सुशिल गुरुङ्ग बताउँछन् । लुम्बिनी मेडिकल कलेजका निर्देशक निर्दोष खनालका अनुसार स्थापनाकालदेखि हालसम्म एमबिबिएसतर्फ १ हजार ४ सय ८ जना, बिएससीतर्फ २ सय १७ जना, पिजीतर्पm १ सय ४, नर्सिङ्गतर्फ (प्रविणता प्रमाणपत्र) तहको ५ सय २२ जना दक्ष जनशक्ति तयार गरिसकिएको छ ।

आफ्नै मुलुकमा सहज रूपमा पठनपाठनको व्यवस्था थिएन । पहिले निजी क्षेत्रमा स्वास्थ्य तथा मेडिकल शिक्षा प्रदान गर्ने अवसरका लागि भारत, रसिया, युक्रेन, चीन, बंगलादेशसम्म जानुपर्ने अवस्था थियो ।

राम्रो र दक्ष जनशक्ति उत्पादन गर्न यस्तालाई सरकारको स्पष्ट कानुन नभएका कारण यतिबेला नर्सिङ्ग शिक्षाका लागि पुनः भारतमा अध्ययनका लागि जानुपर्ने अवस्था आएको युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशिल गुरुङ्ग बताउँछन् । आफ्नो कलेजको स्थापनाकालदेखि हालसम्म विभिन्न विधाका मेडिकल शिक्षामा ३ हजार ४ सय ४६ जना दिक्षित भइसकेको उनले बताए ।

मेडिकल शिक्षामा सर्वसाधारणको अझै राम्रोसँग पहुँच पुगेको छैन । हँुदा खानेका लागि भन्दा पनि हुने खाने उच्च घरानाका परिवारका विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने गर्दछन् । राजनैतिक पार्टीका नेता उच्च पदस्त कर्मचारीको पहँुच बलियो छ । गरिब विपन्न वर्गका समुदायमा सहज पहँुच पु¥याउनु पर्ने सरोकारवालको भनाइ छ ।

नेपालगञ्ज मेडिकल कलेजका निर्देशक सन्तोष शर्मा भने दक्ष जनशक्ति तयार गर्ने संस्थालाई राज्यले चिन्न नसक्दा अहिले पनि यही शिक्षाका लागि ठूलो धनराशी बाहिरिएको छ । आफ्नो कलेजले ३ हजार २ सय ३२ जना मेडिकल शिक्षामा दक्ष जनशक्ति तयार गरेको उनी बताउँछन् । सरकारले फराकिलो दृष्टि लगाउने हो भने अझै बढी हुने थियो । सरकारले एकपछि अर्को गरी कानुनी झमेला गरेको उनको आरोप छ । मेडिकल कलेज सञ्चालकहरूले सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्नेतर्फ ध्यान नदिँदा नर्सिङ्ग कक्षा रोकिएको एक कलेज सञ्चालक बताउँछन् ।

लुम्बिनी प्रदेशभित्र पछिल्लो दशकमा १० हजार ५ सय २८ जना मेडिकल शिक्षाबाट दिक्षित भइसकेका छन् । मेडिकल शिक्षामा संभावना र अवसर भएको कारणले विद्यार्थीको मोह बढ्दा शिक्षाप्रदायक संस्थाहरूले मोटो रकम आर्जन गर्ने मात्रै हो भन्ने मानसिकता त्याग्न सके यो शिक्षा थप प्रभावकारी र गरिब परिवारको पहुँचमा बिस्तार हुने नागरिक अगुवाहरूको भनाई छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सातर्फ स्नातक (बिएएमएस) पठनपाठन हुन्छ । यो पश्चिम नेपालको एकमात्र आयुर्वेद क्याम्पस हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?