ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन
कालिका क्याम्पसमा टेक्नो म्यानेजमेन्ट जेस्ट

हाते गुन्द्रुक कन्सेप्टदेखी स्वचालित कार एआई

२५ मंसिर २०८०, सोमबार
२५ मंसिर २०८०, सोमबार

बुटवल, २५ मंसिर । कालिका बिबिएस चौथो वर्षकी लाईसा भुषालले साथीहरूसंग मिलेर हाते गुन्द्रुक बनाईन । मुला, मुलाको साग, काउलीको पात, फर्सीलाई कच्चा पदार्थको रूपमा उपयोग गरेर गुन्द्रुक र तितौराहरू बनाएका हुन । साथीहरू श्रृजना भण्डारी, अजिता भुषाल र पुजा पोख्रेल मिलेर कच्चा पदार्थलाई हातले कुटे । यसलाई राम्ररी रस निकालेर सुख्खा गराई ७२ घण्टा हावा नपस्ने गरि भाडामा राख्नुपर्ने उनले बताईन । सुकाएर अम्लाएको गुन्द्रुकमात्र नभई तितौरा समेत बनाउन मिल्ने उनले बताईन । बहुउपयोगी हुने यो मानिसको पाचन प्रकियामा सहयोगी हुने अजिता भुषालले बताईन । हाते गुन्द्रकमा भिटामीन सि, प्रोटिन, फ्याक्ट, काब्रोहाइडेट, पोटासियम जस्ता शरीरलाई चाहिने तत्वहरू हुन्छ । गुन्द्रुकमा हुने अमिलापना यसको मुख्य तत्व हो । यसबाट अचार, तितौरा, तरकारी, सुपहरू समेत बनाउन सकिन्छ । यो जाडो याममा मात्रनभई हरेक याममा उपयोग गर्न सकिन्छ । अध्ययनसंगै सीप सिक्दा आम्दानी मिलेको उनले बताईन । भर्खर शुरुवात गरेका उनीहरू बजारको मागलाई मध्येनजर गरि यसैलाई ब्यवसायिक रूपमा लैजाने योजना बनाएका छन ।

यता बुटवल कालिका क्याम्पसमा बिसिए पाचौ सेमिस्टारमा अध्ययरत आदर्श कुवर, अभिनव खनाल, एलम्बर श्रीष, अमृत गैरेको समुहले स्वचालित सेल्फ ड्राईभिङ कार जुन एआईको मद्दतबाट चल्ने गर्दछ त्यो बनाएका छन । नेपाली बाटोमा प्रयोग गर्न चाहेका उनीहरूको यो प्रविधि भने सडकको कारण सफल भएन । उनीहरूले बिदेशको वैज्ञानिक, ट्राफिक पालना, लेन सुरक्षासहितको बाटोमा लाईन देखाए । सेटेलाईटबाट बाटोको मापन गरेर सवारी साधनमा सफटवेयर फिट गरि निरन्तर अभ्यासबाट यो सफल हुने आर्दश कुवर बताउछन । आफूले अध्ययन गर्दै आएको कोर्षको विषयबस्तुसँगै नयाँनयाँ अनुसन्धानको क्रममा यो बनाउन सफल भएको उनीहरूको दाबी छ । ‘मोडल बनाउने र धेरै सवारी साधनहरूलाई बाटामा छोडिन्छ ।’—उनले भने । यसमा धेरै खर्च लाग्ने उनले बताए । नेपाली बाटो बैज्ञानिक, लेन समस्या र बाटामा खाल्टाखुल्टी हुदा यो चलाउन कठिन भएको उनि बताउछन । क्याम्पसमा जारी फेस्टमा उनीहरूले यसबारे जानकारी दिए ।

यता बिबिएस पहिलो वर्षमा अध्ययरत अभिषेक श्रेष्ठ, सुमित अधिकारी, स्वच्छा थापा, दिया अधिकारी, सुप्रिया केसीको समुहले वैदेशिक रोजगारमा जाने युवाहरूलाई लक्षित गरि सुचनामुलक सामग्रीहरूको स्टल राखेका छन । जहाँ नेपालबाट विश्वका १० वटा सरकारबाट रोजगार मान्यता पाएका वैदेशिक रोजगारमा जान सकिने देशहरूको बारेमा विस्तृत जानकारीहरू छन । ‘हामीले १० वटा देशका १० वर्षको सम्पूर्ण जानकारी दिने तथ्याकहरूसहितको सुचनाहरू राखेका छौ ।’—अभिषेक श्रेष्ठले भने । श्रमका लागि विदेशमा जाने युवाहरू धेरै ठगिनुपरेको बेला यो सुचनाहरू धेरै उपयोगी हुने उनको दाबी छ । त्यतीमात्र होईन १० वर्षको अवधिमा देशमा रेमिटेन्स कति भित्रियो त्यो देशबाट कस्ता फाईदा लिन सकिन्छ र कति कामदारमा जानेहरूको मृत्यु भए भन्ने तथ्याक समेत रहेको उनले बताए ।

यसैगरि बिबिएस दोस्रो वर्षका आयुषा अधिकारी, सन्ध्या ज्ञवाली, सृजना अर्याल, रबि रिजालले ई कमर्शको बारेमा ज्ञान दिने गरि सुचना केन्द्र राखेका थिए । जहा अहिलेको विश्वबजारमा अनलाईन प्रविधिको प्रयोगबाट कारोबार सरल, सहज र विश्व गाउको रूपमा विकास भएको कुरा बताए । ईकमर्श अन्तर्गत अनलाईन खरिदबिक्री, पेमेन्ट जुन विभिन्न सामाजिक संजालका प्लेटफर्महरू प्रयोग गरेर गर्न सकिने कुरा सृजना अर्यालले बताईन । लोकल कच्चा पदार्थलाई कम लगानी, सहज पहँुच, बजारीकरण गर्नेबारे जानकारी गराइएको उनले बताए ।

क्याम्पसका प्राचार्य घनश्याम पाठक अबको युगा प्रविधिको भएको बताए । प्रविधिबाट समस्याको ब्यवस्थापन गर्ने गरि प्रोजेक्टहरू बिद्यार्थीहरूले बनाएको उनले बताए । नया नया कन्सेप्टहरू जसबाट उनिहरूले पढाईसंगै आम्दानी गर्न सक्नेगरि विकास गरेको उनको दाबी छ । बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवस २०८० को अवसरमा क्याम्पसमा आयोजना गरिएको टेक्नो म्यानेजमेन्ट जेस्ट २०८० मा विद्यार्थीहरूले एक दर्जन बढी प्रोजेक्ट बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?