ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

ऐन नआउँदा वन व्यवस्थापनमा समस्या : सांसद अधिकारी

१७ मंसिर २०८०, आईतवार
१७ मंसिर २०८०, आईतवार

कपिलवस्तु, १७ मंसिर । नेपालमा बिगतमा ऐनको अभावले वन व्यवस्थापन कार्य समस्यामा परेको प्रतिनिधीसभाका सांसद बलराम अधिकारीले बताएका छन् । संबिधान जारी भएपछि पनि ऐन अभावले वनलाई संघिय सरकार मातहतमा राखिएको भए पनि अहिले प्रदेशतहमा अधिकार आएको र स्थानिय तहले समेत वनमा अधिकार खोज्न थालेको उनको भनाई थियो । सवै तहलाई अधिकार सम्पन्न बनाएर संघीयतालाई मजबुत बनाउनु पर्ने अधिकारीको सुझाव थियो ।

तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको १२ औं साधारणसभामा बोल्दै अधिकारील आम उपभोक्तालाई वन व्यवस्थापन भएको अनुभूति गराउन सम्ने गरि आगामी योजना बनाउन उनले समुहलाई सुझाव दिए । वन व्यवस्थापन ऐनहरू निर्माण र कार्यान्वयनमा साँसदहरूले कुरा उठाउन नसकेको बिषयमा बोल्दै प्रदेशसभा सदस्य मधुशुदनशरण चौधरीले देश संघिय व्यवस्थामा गए पनि आफुहरू अधिकारबिहिन रहेको गुनासो गरे । प्रदेशिक संरचनामा आफुहरूले अधिकारबिहिनताको महसुस गर्दै आएको उनले अनुभव सुनाए ।

कार्यक्रममा समुहका अध्यक्ष जय प्रकाश पाण्डेयले समूहको गत आर्थिक बर्षको प्रगती बारे जानकारी दिएका थिए । कार्यक्रममा समुहको अघिल्लो आवमा ३ करोड ६० लाख ७० हजार ३ सय ७२ आम्दानी र ५ करोड ६५ लाख ७० हजार ५ सय ६४ रूपैयाँ खर्च भएको बिवरण पेश गरिएको थियो । त्यसै गरि चालु आर्थिक बर्षका लागि प्रस्तावित १७ करोड ३३ लाख ५३ हजार ६ सय ४२ रूपैयाँ आम्दानी र १६ करोड २० लाख ७८ हजारको खर्च बिवरण प्रस्तुत गरिएको थियो । ६ हजार ५ सय ७४ हेक्टर वन क्षेत्र सँग करिब ३० हजार घरधुरीका उपभोक्ता जोडिएकोले सो आवश्यकता परिपुर्ति गर्न वैज्ञानिक बिधिबाट वनको सदुपयोग र संरक्षण गरिँदै आएको समूहका अध्यक्ष पाण्डेयले बताए । वन बिज्ञानको आधारमा नेपालमै वैज्ञानिक वन व्यवस्थापन शूरु भएको तिलौराकोट साझेदारी वन भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले जानकारी दिए ।

सरकारको नीति अनुसार वन सम्बद्र्धन प्रणालीमा आधारित वैज्ञानिक वन व्यस्थापन अगाडि बढेको उनले जनाए । नेपालमा बिगतमा संरक्षणमुखी भएकाले वनको लाभ लिन नसकिएको र अहिले सरकारले व्यवस्थापनमुखी अवधारणा अघि बढाएको बताए । नेपालको वनलाई वन सम्बद्र्धन प्रणालीमा आधारित वैज्ञानिक वन व्यस्थापन गर्दा बार्षिक १५ करोड क्युफिट काठ उत्पादनको क्षमता भए पनि अहिले बार्षिक २० लाख क्युफिट काठ मात्रै उत्पादन हुन सकेको उनले जानकारी दिए । “एकातिर हामीले बिदेशबाट ठूलो मात्रामा काठ आयात गर्दै आएका छौ । अर्का तर्फ व्यवस्थापनको कार्य प्रभावित हुदाँ देशभरबाट बार्षिक १४ करोड ८० लाख क्युफिट काठ खेर गै राखेको छ ।” सुवेदीले भने ।

वन व्यवस्थापनको कार्य देख्दा सहज भए पनी कार्य सम्पादन साहै्र कठिन रहेको मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले बताए । उनले वनमा अतिक्रमण, चोरी र डढेलो मुख्य समस्या देखिएको स्पष्ट पार्दै सकुम्बासी समस्या चाँडै समाधान गरेर वन संरक्षणलाई समयोग पुर्याउन माग गरे । समूहले समयमै साधारणसभा गरेर आफ्नो समूहगत पारदर्शितालाई प्रस्तुत गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । साधारणसभामा समूहको गत आवको बजेट र चालु आवको प्रस्तावित बजेट सगै सः मिल सञ्चालन सम्बन्धि कार्यबिधि पारित गरिएको थियो । कार्यक्रममा प्रस्तावित बजेट, कार्यबिधी र आगामी योजना प्रस्तुतीकरणमा उपाध्यक्ष तारावती चौधरी, सदस्यहरू बलराम तिवारी, जुबेर अहमद खाँले सहयोग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?