ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

सशक्तको मेरुदण्ड सबल एग्रो

वि.सं. २०६४ सालमा स्थापना समयमा २५ जना सदस्य र १२ हजार ५ सय रुपैयाँबाट शुरु भएको सहकारी अहिले १ हजार ३८ शेयर सदस्य र २२ करोड रुपैयाँ पुँजी पुगेको छ ।
१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

बुटवल, १८ असोज ।

सहकारीका सात जना शेयर सदस्यहरुले योजना बनाए । कृषि फार्म चलाउनेबारे छलफल गरे । सहकारीमा योजना पेश गरेर युवा स्वरोजगार ऋणबाट प्रति सदस्य १ लाख रुपैयाँका दरले ७ लाख रुपैयाँबाट शुरु गरे सबल नेपाल एग्रो प्रालि । बुटवलको नयाँगाउँमा लिजमा लिएको जग्गामा पूर्वाधार सहित संचालन भयो । च्याउ उत्पादन किसान र उपभोक्तालाई जोड्ने गरी यो संस्था अघि बढ्यो ।

बजारको माग अनुसारकै योजना बन्दा आफुहरु सफल भएको सबल नेपाल एग्रो प्रालि नयाँगाउँका कृष्णराज पोखरेलले बताए । च्याउ, च्याउको स्पान र कृषि उपजको प्रशोधित उत्पादनहरु मसरुम सुप, अचार, अर्गानिक उत्पादन गर्दै आएको उनले बताए । शेयर सदस्य हुँदै युवा स्वरोजगारको ७ जना सदस्य भएर ७ लाख क्रृण लिएर सबल एग्रो शुरु भएको र हाल उत्पादन नेपालभरि जाने गरेको उनले बताए ।

अहिले १७ जना सदस्यहरु मिलेर संस्था अघि बढाएका छन् । हाल डेढ करोड रुपैयाँ लगानी पुगेको उनले बताए । २०७६÷२०७७ को प्रदेश सरकारको कृषि प्रशोधन उद्योग अनुदान २५ लाख रुपैयाँ सहयोग प्राप्त भएपछि उर्जा थपियो । प्रशोधनका लागि आवश्यक ड्रायर, प्याकेजिङ, अटो क्लाप, फ्राई मेशिनहरुसमेत थपे । एग्रोका उपाध्यक्ष तथा लुम्बिनी च्याउ भण्डार, मणिग्राममा संचालक समेत रहेका रिशव पोखरेलले आफुहरु किसानलाई बीउ उपलब्ध गराउने र किसानबाट उत्पादन भएका च्याउ बजारसम्म तयारी रुपमा लग्न सफल भएको बताए । बर्सेनि संस्थाबाट १ लाख किलो बीउ प्रदेशका विभिन्न जिल्लाका किसानसम्म दिने गर्छ । किसानबाट उत्पादन भएका ८०÷९० टन च्याउ वर्षेनी संकलन भएर प्रशोधन गरी बजारमा जान्छ ।

सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीको अन्तर्राष्ट्रिय सात सिद्धान्तको मर्म अनुसार सफलता हासिल गरेको बताए । साना ब्यवसाय एवं अन्य बचतकर्ताहरुको बिचमा स्वावलम्बन, पारस्परिक सहयोग ब्यवसाय अभिवृद्धिका लागि बचत परिचालन गरी निजहरुको वित्तीय आवश्यकता पूरा गर्ने प्रमुख उद्देश्य अनुसार लागेको उनले बताए ।

सशक्तको १५ औ वार्षिक साधारण सभा

सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको दिगोपनाः स्वनियम र सुशासन नारासहित स्थापना भएको सहकारीको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण नेपालले उद्घाटन गर्दै सहकारी धेरै राजनीतिक परिवर्तन फेरिदै वर्तमान अवस्थामा आएको भन्दै उनले संख्यात्मक रुपमा धेरै भएपनि गुणात्मक सहकारी कम रहेको बताए । कार्य क्षेत्र बढाएर गैर शेयर सदस्यबाट बचत उठाउने र ऋण लगानीका कामहरु गर्दा डुब्ने अवस्था आएको घटनाहरु बढेको उनले बताए । केही सहकारीबाट भएका आर्थिक हिनामिनाका कारण अहिले समग्र सहकारी समस्या भोगिरहेको उनले दुखेसो गरे । शेयर सदस्य नगराई बचत संकलन गर्ने र सहकारी सिद्धान्त बिपरित लाग्दा अहिलेको जटिल समस्या आएको उनले बताए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष भिमलाल ज्ञवालीले हाटबजार क्षेत्रमा ब्यवसाय गर्ने ब्यवसायीहरुको ससाना बचतलाई एकीकृत गरी ब्यवसाय प्रवद्र्घनमा नमुना काम गर्दै आएको बताए । स्थापना समयमा २५ जना सदस्य र १२ हजार ५ सय रुपैयाँबाट शुरु भएको सहकारी अहिले १ हजार ३८ शेयर सदस्य र २ करोड पँुजी पुगेको उनले बताए । हाटबजारमा दैनिक ब्यवसाय गर्दै आएका करिब ९० प्रतिशत शेयर सदस्यहरु लाभ लिन सफल भएको उनले बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीको प्रगति विवरण पेश गर्दै सहकारीको अन्तर्राष्ट्रिय सात सिद्धान्तको मर्म अनुसार सफलता हासिल गरेको बताए । साना ब्यवसाय एवं अन्य बचतकर्ताहरुको बिचमा स्वालम्बन, पारस्परिक सहयोग ब्यवसाय अभिवृद्धिका लागि बचत परिचालन गरी निजहरुको वित्तीय आवश्यकता पूरा गर्ने प्रमुख उद्देश्य अनुसार लागेको उनले बताए । शेयर सदस्यबिच आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलाप प्रवद्र्धन गर्ने तथा स्थानीय सीप र उत्पादनको अधिकतम प्रयोग गरि शेयर सदस्यको ब्यवसायिक क्षमता अभिवृद्धि गर्ने समेत लक्ष्यमा निरन्तर काम गर्दै आएको उनले बताए । सहकारीले पेन्सन बचत, ऐच्छिक बचत, युवा स्वरोजगार बचत, विशेष बचत, दैनिक बचत जस्ता बचतका कार्यक्रम चलाएको उनले बताए । समग्रमा सहकारीको बचत १२.६६ प्रतिशतले बचत वृद्धि भएको उनले बताए । यसैगरी ब्यावसायिक ऋण, प्रोत्साहन ऋण, हायर पर्चेज, घरजग्गा धितो र ब्यक्तिगत ऋण दिदै आएकोमा पछिल्लोसमय ब्यवसाय प्रवद्र्घनलाई प्राथमिकता दिएको उनले बताए ।

आर्थिक पारदर्शिताको लागि जोड दिएर अनलाईन सेवा अगाडि बढाएको उनले बताए । बाह्य क्षेत्रबाट आएका संस्थाहरुको कारण अन्य सहकारीमा नकारात्मक प्रभाव परेको भन्दै उनले यसको चपेटामा सशक्त अछुतो नरहेको भन्दै सहकारीमा ४१ जना नयाँ सदस्य थपिनुका साथै ७३ जनाले संस्थाबाट बिदा भएको उनले बताए । यसैगरी दैनिक बचतकर्ताको संख्यामा समेत कमी आएको उनले बताए । यसैगरी महिला शेयर सदस्य लक्षित कार्यक्रम अन्तर्गत सिलाईकटाई, ब्युटिपार्लर, लगायतका सिपमूलक तालिम चलाउँदै आएको उनले बताए ।

रुपन्देही बचत तथा ऋण सहकारी संघका रामप्रसाद पौडेलले संचालक समिति र शेयर सदस्यहरुबिच सहकारीको अवस्थाबारे बुझ्ने, आर्थिक अवस्थाबारे ज्ञान लिने, योजना बनाउने गरी साधारणसभाको मर्म अनुसार अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश खनालले साधारण सभा शेयर सदस्यहरुबिच चाडका रुपमा रहेको भन्दै संस्थाको कामलाई मनन गर्ने, प्रगति विवरण सुन्ने र सल्लाह सुझाव सहित अगाडि बढाउन मद्दत गर्ने समय भएको बताए । सहकारीको ३ वर्षे रणनीतिक योजना बनाउँदा संचालक समितिबाट सल्लाह सुझाव ग्रहण गरे÷नगरेको समेत मूल्यांकन गर्ने समय भएको उनले बताए ।

कार्यक्रममा सल्लाहकार टिकाराम पौडेल, चुन्नप्रसाद पौडेल, दामोदर पाण्डे, शोभा पोखरेल, लेखा सुपरिवेक्षण समिति संयोजक बाबुराम पोखरेल, सचिव ईश्वरी प्रसाद पोखरेलले सहकारीको वृत्ति विकासमा एकजुट भएर लाग्न सुझाव दिए ।

यसैबिच सहकारीका जेष्ठ शेयर सदस्य कल्पना भण्डारीलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । यसैगरी कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीहरु मध्येबाट एक जना सामुदायिक विद्यालयबाट विमल पन्थी र संस्थागत विद्यालयबाट अनिल पौडेललाई नगद, शैक्षिक सामग्रीसहित सम्मान गरिएको छ । यसैगरी सहकारीका असल बचतकर्ता शारदा घिमिरे र असल ऋणी शारदा कार्कीलाई सम्मान गरिएको कोषाध्यक्ष महेश प्रसाद पोखरेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?