ट्रेंडिंग:

>> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै

बजेट अभावका कारण बधशाला निर्माणको काम ठप्प

६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

दाङ, ६ असोज ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने भनेर अघि बढाईएको घोराहीको बधशाला निर्माणको काम अहिले आएर ठप्प भएको छ । खानयोग्य पशुचौपाया अर्थात, खसी, भेँडा, राँगाको व्यवस्थित बध गरी एकीकृत रुपमा बिक्री गर्न सकियोस् भन्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अहिले अलपत्र परेको छ । बजारमा छरिएर रहेका मासु पसलहरुलाई व्यवस्थित गर्ने र उपभोक्तालाई स्वच्छ र सफा मासुको व्यवस्था गर्ने उद्देश्य अनुसार प्रदेश सरकारले घोराही उपमहानगर पालिकासँगको सहकार्यमा बधशाला निर्माणको काम अघि बढेको थियो ।

लुम्बिनी प्रदेश सरकारले जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत काम अघि बढाउनका लागि पहिलो वर्ष प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गर्यो । क्रमागत रुपमा काम गर्ने गरी परेको बजेटको ठेक्का टेण्डर गरेर कामको थालनी भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा गुरुयोजना बनेर अर्थिक बर्ष २०७७/०७८ बाट निर्माण सुरु भएको बधशाला त्यसपछिका वर्षमा बजेट बिनियोजन नहुँदा बजेट अभावका कारण निर्माणको काम ठप्प छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ कपासीमा करिव पौने ३ बिघा जग्गामा चार वर्षअघि बधशाला बनाउन डिपिआर बनाउने काम भयो । डिपिआर अनुसार व्यवस्थित बधशाला बनाउन १० करोड ७१ लाख लाग्ने अनुमान गरियो । सो रकमले एक वटा प्रशासनिक भवन, तीनवटा अलग अलग ब्लकको घर बनेका छन् तर ती घर अहिले प्रयोगमा छैनन् ।

कपासी टोल विकास संस्थाका सचिव चन्द्र केसीले बधशाला बनाउने गरी टोल विकास संस्थाका लागि कार्यालय, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण गरिदिने सहमति भएपनि अहिले बधशाला निर्माणको काम नै अलपत्र परेपछि टोलबासी अन्यायमा परेको बताए । भौगोलिक रुपमा बधशाला स्थल उपयुक्त रहेको छ । वातावरणीय रुपमा पनि स्थल उपयुक्त भएकाले यसको पूर्णताका लागि पालिकाले सम्बिन्धत निकायमा चाँडो भन्दा चाँडो पहल गरेर काम अघि बढाउन टोलका सचिव केसीको आग्रह छ ।

बधशालाका लागि प्रशासनिक भवन, पशु जाँच कक्ष र मासु बिक्रीका लागि १० वटा सटरहरु निर्माण गरिए पनि बाँकी संरचनाहरु निर्माण हुन नसक्दा अलपत्र परेको छ । बधशाला निर्माण रोल्पा निर्माण सेवा र लक्ष्मीपूजा कन्स्ट्रक्सनले गर्दै आएका छन् । सेवार खोलाको छेउँमा बनाइएका केही संरचना बाढीले बगाई दिएको छ । खोलाको छेउँमा बनाएको शौचालय बाढीले बगाई दियो । ढुंगे बगर रहेको उक्त ठाउँलाई जोगाउन भन्दै घोराही उपमहानगरपालिकाले ६० लाख बजेट व्यवस्थापन गरेर ग्याभिन तारजाली लगाउने काम गर्यो । अहिले जमीन कटान रोकिएको छ ।

कपासी टोल निवासी गणेश वलीले टोल बासीसँग सल्लाह गरेर बधशाला बनाउने काम थालनी गरिएको भएपनि कामले पूर्णता नपाउँदा अलपत्र परेको बताए । बनेका केही संरचना पनि संरक्षण गर्न चुनौती भईरहेको उनको भनाई छ । पूर्वतर्फको भागमा तारजाली लगाएर घेरा हाल्ने काम भएको छ । गेट बनाउन राखिएको फलामको संरचना अलपत्र परेको छ ।

गुरुयोजना अनुसार बधशाला निर्माणका लागि अहिलेसम्म करिव तीन करोड रुपैयाँ बराबरको मात्रै काम भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त रकम प्रशासनिक भवन, पशुजाँच कक्ष, मासु विक्री कक्षसँगै डिपिआर बनाउन खर्च भएको छ । अझै करिव ८ करोड बढीको लागतमा संरचना निर्माणका काम बाँकी रहेको महाशाखा प्रमुख इन्जिनियर पौडेलले बताए । उनले टोलबासी र आन्तरिक प्रयोजनका लागि ओभरहेड टंकी, प्रयोगशाला, सुरक्षा निकाय कक्ष, बिक्री केन्द्रलगायत थुप्रै संरचना बनाउन बाँकी रहेको बताए । पहिलो वर्ष बजेट विनियोजन गरेपछि कामको थालनी भएपनि त्यसयताका वर्षहरुमा प्रदेश सरकारले बजेट विनियोजन नगर्दा काम नै अलपत्र अवस्थामा पुगेको उनको भनाई छ । “प्रदेश सरकारले बधशालाका लागि पैसा पठाउन छाड्यो, बनेका संरचना पनि अहिले कसरी जोगाउने भन्ने अवस्था आएको छ । टोलबासीलाई रेखदेख गर्न भनेका छौँ, लगानी अझै गर्नुपर्ने अवस्था छ, पालिकको आन्तरिक बजेटले यति ठूलो योजना भ्याउन सक्ने अवस्था थिएन । प्रदेशले बनाउन लगाएर अहिले पैसा नपठाएर अलपत्र पारेको छ”–महाशाखा प्रमुख इन्जिनियर पौडेलले भने ।

बधशालाका लागि बजेट विनियोजन भई समयमै काम सम्पन्न भएको भए अहिले सो क्षेत्र चलायमान भई सक्थ्यो । तर, खोलाको किनारमा अहिले बनेका केही संरचना यत्तिकै उभिएका छन् । करोडौको लगानी प्रयोग विहीनको अवस्थामा छ । बधशाला निर्माणका लागि बजेट अभाव हुँदा दुई वर्षदेखि निर्माणको काम अघि बढ्न नसकेको महाशाखा प्रमुख पौडेले बताए ।

प्रदेश सरकारबाट पहिलो वर्ष बजेट विनियोजन भएपनि गतवर्ष र यो वर्ष बजेट नै विनियोजन हुन सकेको छैन । यद्यपि, घोराही उपमहानगरपालिकाले बधशाला निर्माणका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटले बनेका संरचनाको संरक्षणमै खर्च हुने देखिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले स्वामित्व लिएको उपमहानगरले बजेट व्यवस्थापन गरेर भएपनि बधशाला निर्माणको कामलाई पूर्णता दिनुपर्ने बताउँछन् । उपमहानगरपालिकाको राम्रोका लागि निर्माण हुने कामलाई ढिलासुस्ती गर्दा करोडौँको संरचना प्रयोगमा नआई अलपत्र परेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?