ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

यस्तो छ बाँकेमा विपत पूर्वतयारी योजना, सेल्टर भवनदेखि आवास बिमा सम्म

बाँकेमा सबै प्रकारका विपदबाट यसवर्ष २५ हजार मानिस प्रभावित हुनसक्ने आँकलनसहित सबै पालिकाहरु पूर्व तयारी अवस्थामा रहेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । ‘बाँकेका सबै स्थानीय तहले विपत पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिसकेको अवस्था छ ।’ उनले भने –‘आपतकालीन कार्य सञ्चालन केन्द्र पनि ७ वटा पालिकाले स्थापना गरिसकेका छन्, जानकी गउँपालिकाले यसैवर्ष स्थापना गर्ने जानकारी आएको छ ।’
२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

नेपालगञ्ज, २५ भदौ ।

बिपतको हिसाबले बाँके जिल्ला पनि अत्यन्त जोखिम मानिन्छ । वर्सेनि राप्ती नदीको डुवान, हिउँदमा शितलहर र खडेरीमा बस्ती नै सखाप हुने गरी आगलागीको घटना दोहोरीरहन्छ । यस्ता घटनाबाट क्षति कम गर्नका लागि यहाँका सबै स्थानीय तहले विपत पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेर कार्यान्वयनको प्रयास गरिरहेका छन् । विगतमा जिल्लाकै योजना अनुसार काम गरेका स्थानीय तहले यस वर्ष आफैले योजना निर्माण गरेका हुन् ।

राप्ती नदीको बाढीबाट सबैभन्दा प्रभावित बाँकेको राप्ती सोनारी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि ९० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । एकजना नियमित कर्मचारीको ब्यवस्थासहित स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र २०७६ मै स्थापना गरेर सेवा दिँदै आएको छ । गाउँपालिकाको विश्लेषण अनुसार बाढीको प्रकोप तथा जोखिमयुक्त क्षेत्रका ६४ वटा बस्तीमा ३ हजार २७९ घरधुरी उच्च जोखिममा रहेको राप्ती सोनारी गाउँपालिका विपद ब्यवस्थापन समितिका फोकल पर्सन जीवन न्यौपानेले जानकारी दिए । बाढीको सबैभन्दा उच्च जोखिममा रहेका तीनठाउँमा दुई किलोमिटर सम्म सुन्न सकिने बाढी लक्षित साईरन जडान गरिएको छ । न्यौपानेका अनुसार राप्ती सोनारी २ को टीकलीपुरमा दुईवटा र वडा नम्बर ७ फत्तेपुर क्षेत्रमा एउटा गरी तीनवटा साईरन जडान गरिएको छ । फोकल पर्सन न्यौपानेले भने –‘राप्ती नदीमा पानीको सतह खतराको चिन्ह पार गर्ने बित्तिकै साईरन बजाएर नदी तटीय क्षेत्रका बासिन्दालाई सूचीत गर्दै आएका छौं, यसबाट मानवीय तथा धनजनको क्षति हुनबाट बचाउन सहयोग पुगेको छ ।’ यसका साथै राप्ती सोनारी १ कुसुमस्थित नदीको सतह मापन केन्द्रको जानकारीको आधारमा जनप्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकलाई एसएमएस पठाउने, नेपाली सेना तथा सशस्त्र प्रहरीको सहकार्यमा बाढीसँग सम्बन्धित उद्दार अभ्यास, जिल्ला समन्वय समितिको सहकार्यमा पूर्व सूचनामा आधारित पूर्व कार्य परियोजना तथा विभिन्न गैरसरकारी संस्थाहरुको सहकार्यमा विपद सम्बन्धी तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको फोकल पर्सन न्योपानेले बताए । तीनवटा रबर बोट सहित ४२ प्रकारका खोज तथा उद्दारमा प्रयोग हुने सामग्रीको ब्यवस्था तयारी अवस्थामा राखिएको न्योपानेले बताए । बाढी प्रभावितहरुका लागि गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा ७०० मानिस अट्न सक्ने सेल्टर भवनको ब्यवस्था रहेको छ ।

राप्ती सोनारी जस्तै कोहलपुर नगरपालिकाले पनि विपद जोखिम न्युनीकरणका लागि आफ्नै विपद प्रतिकार्य योजना निर्माण गरेको छ । विपदपीडित नागरिकलाई राहत तथा पुनस्र्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले नगर प्रहरीलाई जिम्मा दिएको छ । विपद तथा वातावरणतर्फ आर्थिक बर्ष २०८०÷०८१ का लागि करिव एक करोड बराबर बजेट छुट्याईएको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले जानकारी दिईन् । नगरपालिकाले बाढी, डुवान, शितलहर तथा आगलागीको घटनालाई मध्यनजर गरेर विपद प्रतिकार्य कार्य योजना निर्माण गरेर कार्यान्वयन गरिरहेको उपप्रमुख सुवेदीको भनाई छ । विपदतर्फ ३७ लाख ५० हजार र वातावरणतर्फ ४७ लाख बजेट विनियोजन गरिएको उपप्रमुख सुबेदीले बताईन् ।

विपदबाट प्रभावितको उद्दार तथा राहतमा खटिएका कोहलपुर नगर प्रहरी प्रमुख, प्रहरी निरीक्षक विरबहादुर थापाले यस वर्षको बाढी, डुवानबाट हालसम्म कोहलपुर क्षेत्रमा १२ वटा घर क्षति भएको र क्षति भएका घरधुरीलाई १० देखि १२ हजारका दरले राहत वितरण गरेको बताए । विपत प्रतिकार्य योजना अन्तर्गत विपदको सूचना संकलनका लागि नगर प्रहरीको हटलाईनमा सम्पर्क गर्न सकिने ब्यवस्था हुनुका साथै आगलागी नियन्त्रणका लागि दमकल, एम्बुलेन्स, ट्रयाक्टर सहित १० जना अग्नीनियन्त्रक टोली सँधै तयारी अवस्थामा रहने गरेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिए । उनले भने –‘अगलागी नियन्त्रणलाई थप छिटो छरितो र ब्यवस्थित बनाउनका लागि केहीदिन पहिले मात्र २२ जना नगर प्रहरी तथा कर्मचारी र ३ जना चालकलाई एक चरणको तालिम दिइसकेका छौं, अग्नी नियन्त्रणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’

बाँकेको सबैभन्दा बढी आगलागीको घटना हुने नरैनापुर गाउँपालिकाले पनि दमकलको ब्यवस्था सहित विपत पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरेर कार्यान्यनको प्रयास थालेको छ । गाउँपालिकामा आफ्नै दमकल भएपछि समयमै आगलागी नियन्त्रण गर्न सहज भएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए । उनले भने –‘ यसअघि खरको छाना भएका घरहरु धेरै थिए, आगलागी भएपछि नेपालगञ्जबाट दमकल आउँदा सम्म पूरै बस्ती नै सखाप हुन्थ्यो, अहिले त्यास्तो घटना भईहाले तुरुन्त नियन्त्रण गर्न सकिन्छ ।’ खरको छाना विस्थापित गरेर जनता आवास कार्यक्रम मार्फत जस्तापाताको छाना भएका घरहरु धेरै भईसकेकाले पछिल्लो समय आगलागीको घटनामा कमी आएको अध्यक्ष शाहको भनाई छ ।

अन्तर पालिका तथा अन्तरदेशीय रुपमा दमकल सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाले यसवर्ष आवास बीमा कार्यक्रम अगाडि सारेर काम गरिरहेको छ । उपमहानगरपालिकाले विपद जोखिम सम्बन्धी कार्यविधि २०८० बनाएर आवास बीमा कार्यक्रम अघि सारेको हो । उपमहानगरपालिकाले नगरका घरलाई दुई तरिकाले बीमा गर्ने जनाएको छ । विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा । विपद दुर्घटना बीमामा नगरभित्रका सबै घरहरूको बीमा गरिने छ भने जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको बीमा गर्नेछ ।

जोखिम क्षेत्रको पहिचान नेपालगञ्ज उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिले गर्ने र बीमा गर्ने व्यक्ति र भवनको संख्या उपमहानगरपालिकाले बीमा कम्पनीलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । उनले भने –‘१५ लाखसम्मको बीमा उपमहानगरपालिकाले गरिदिने तयारी गरेको छ, १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने र १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंमले प्रिमियम तिर्नुपर्नेछ ।’ १५ लाखको बीमा गर्दा ५ सय ८४ रुपैयाँ प्रिमियम पर्दछ । प्रमुख प्रशासकीय अधिकृत रिजालले उपमहानगरपालिकाले अघि सारेको निर्जीवन बीमा कार्यक्रम नेपालमै पहिलो भएको बताए । यो बीमाका लागि कार्यविधिसँगै बजेट व्यवस्थापन गरिएको उनले बताए । आवास बीमाका लागि उपमहानगरपालिकाले यो वर्ष दशलाख रुपैयाँ छुट्याएको र विपद कोषमा एक करोड ३८ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकामा ३२ हजार घरधुरी रहेको र वडा नम्बर ३ र ७ मा शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) एक वर्षदेखि सञ्चालनमा रहेको बताईएको छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । परीक्षणका लागि दुईवटा वडामा सुरु गरिएको र त्यसबाट राम्रो परिणाम आएमा विस्तारै अन्य वडामा पनि घर विमाको कार्यक्रम लागू गरिने नेपालगञ्ज उपमहानगरपालिका विपद ब्यवस्थापन समितिका फोकल पर्सन प्रकाश डिसीले बताए ।

यसबाहेक नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका ८ वटै पालिकामा ठूलो आगलागीको घटनामा दमकल सेवा दिँदै आएको छ । विपद ब्यवस्थापन समितिका फोकल पर्सन डिसीले भने, ‘हाल बाँकेका तीनवटा पालिकामा मात्र दमकल छ, अन्तरपालिकामा मात्र नभएर नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा छिमेकी देश भारतको सिमावर्ती गाउँमा समेत दमकल सेवा दिने गरेका छौं ।’ ३ वटा दमकल यसअघि नै चालु अवस्थामा रहे पनि दमकल छिर्न नमिल्ने साँघुरा गल्लीमा आगलागी भएमा दमकल मोटरसाईकल सेवापनि सुरु गरिएको उनले बताए ।

बाँकेमा सबै प्रकारका विपदबाट यसवर्ष २५ हजार मानिस प्रभावित हुनसक्ने आँकलनसहित सबै पालिकाहरु पूर्व तयारी अवस्थामा रहेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । ‘बाँकेका सबै स्थानीय तहले विपत पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिसकेको अवस्था छ ।’ उनले भने –‘आपतकालीन कार्य सञ्चालन केन्द्र पनि ७ वटा पालिकाले स्थापना गरिसकेका छन्, जानकी गउँपालिकाले यसैवर्ष स्थापना गर्ने जानकारी आएको छ ।’ सबै पालिकाको विपद ब्यवस्थापन समितिले सक्रियतापूर्वक काम गरिरहेको ज्ञवालीले बताए । स्थानीय तहहरुले विपद ब्यवस्थापनमा धेरै गर्नुभएको छ, उनले भने ‘विपद पूर्व तयारीका लागि गर्नुपर्ने लगानी, क्षमता अभिवृद्धि र स्रोत साधन ब्यवस्थापनका कुराहरुमा अलिकती बढी लगानी गर्नुपर्ने अवश्यकता महसुस गरेको छु ।’ विपद कोषमा प्रयाप्त मात्रामा रकम जम्मा गरेपनि विपद पूर्व तयारीका हिसाबले अझ थप सक्रियता देखाउनुपर्ने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?