ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

विवाहको रकम विद्यालयलाई सहयोग

१९ फाल्गुन २०७८, बिहीबार
१९ फाल्गुन २०७८, बिहीबार

विद्यालयमा स्थापना गरिदिएको अक्षय कोषले खरेल जस्ता धेरै युवाहरुलाई विवाह र भोज भतेरका नाममा फजुल खर्च गरेर आडम्बरी देखाउन हैन समाजका लािग उपयोगी काममा खर्चिनुपर्छ भन्ने गतिलो पाठ पनि सिकाएको छ ।

000

‘म गाउँको एउटा सामान्य परिवारको व्यक्ति हुँ, म आर्थिक हिसाबमा त्यत्ति बलिायो पनि छैन । तर पनि सामाजिक कामको एउटा अभियानमा जोडिएका कारण केही नयाँ कामको शुरुवाद मबाट किन नगर्ने भनेर विवाह खर्च कटौटी गरेर विद्यालयलाई सहयोग गरेको हुँ,’ भर्खर मात्र वैवाहिक जीवनमा वाँधिएका नबवधु नवराजले यसरी सुनाए ।

गुल्मीको चन्द्रकोट गाउँपालिका १ दिब्रुङ निवासी नवराज खरेल एक साताअघि विवाह बन्धनमा बाँधिएका हुन् । विवाह बन्धनमा बाँधिदै गर्दा खरेल दम्पतिले विवाहमा हुने अनावश्यक खर्चलाई कटाएर त्यो रकमलाई स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गर्ने निधो गरे । उनको त्यही निर्णय अनुसार खरेलले दिब्रुङकै शारदा माध्यमिक विद्यालयमा रु ५० हजार एक सय एक रुपैंयाको अक्षय कोषको स्थापना गरिदिए ।

सामान्य हिसाबले हेर्दा उनले गरेको त्यो सहयोग कसैका लागि ठूलो राशीे नहुन पनि सक्ला तर कुरा रकम भन्दा पनि सामाजिक क्षेत्रमा एक युवाको सोँचमा आएको परिवर्तन थप महत्वपूर्ण विषय बनेको छ । उनले उक्त विद्यालयमा स्थापना गरिदिएको अक्षय कोषले खरेल जस्ता धेरै युवाहरुलाई विवाह र भोज भतेरका नाममा फजुल खर्च गरेर आडम्बरी देखाउन हैन समाजका लािग केही उपयोगी हुने रचनात्मक र सिर्जजात्मक काममा खर्चिनुपर्छ भन्ने गतिलो पाठ पनि सिकाएको छ ।
खरेल गत साता गुल्मीकै रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार निवासी विद्या खड्कासँग बैबाहिक जीवनमा बाँधिएका हुन । आफ्नो सात वर्षदेखिको प्रेमलाई उनले विवाहमा परिणत गरेको भोलीपल्ट नब दम्पतीले शारदा माध्यमिक विद्यालयमा स्थापना गरेको अक्षय कोषले त्यस विद्यालयमा नविन कार्यको शुरुवात भएको छ । हाल तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्दै आएका खरेल शारदा माध्यमिक विद्यालयका पुर्व विद्यार्थी पनि हुन ।

युवाहरुलाई सरकारले शिक्षा, स्वास्थ्य, कृषि लगायत धेरै क्षेत्रमा ठूलो रकम लगानी गरेपनि खेल क्षेत्रमा भनै त्यत्ति ध्यान नपुराएको गुनासो गर्छन नवराज । गत तीन वर्ष अघि दक्षिण पुर्वी युरोपको बुल्गेरीयामा आइटिएफ टेकाण्डोको विश्व प्रतियोगितामा उनी पनि सहभागि बनि सकेका छन् । ८५ भन्दा बढी देश र सयौं खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा उनी पनि एउटा खेलाडीको रुपमा जाँदा आफ्नै व्यक्तिगत लगानीमा जानु परेको उनीसँग तीतो यथार्थता छ ।
खेल क्षेत्रमा युवाहरुको धेरै रुची भएपनि आर्थिक अभावका कारण धेरै युवाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्न नसकेको तितो अनुभव खरलेले सुनाए । ‘म पनि एउटा खेलाडी र खेल शिक्षक पनि भएको र श्रीमती पनि स्काउट मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको कारण हामी दुबैले सल्लाह गरेर विद्यालयमा खेल क्षेत्रमा योगदान गर्ने विद्यार्थीहरुका लागि अक्षय कोष स्थापना गर्ने निर्णयमा पुगेका हाँै,’ उनले भने –भोज भतेर गर्यो भने एकै दिनमा खाएर सकिन्छ, सामाजिक क्षेत्रमा गरेको सहयोग जुनीजुनी रहिरहन्छ ।‘

उनले विद्यालयका लागि एक हजार पाँच सय सर्जिकल माक्स पनि उपलब्ध गराएका छन् । आइटिएफ तेक्वान्दोका शिक्षक एवम् डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका खरेल हाल नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा खेलकुद तथा स्काउट प्रशिक्षकको रुपमा कार्यरत छन् । उनकी श्रीमती खड्का पनि स्काउट विपद व्यवस्थापनकी आकस्मिक उद्धारकर्ता हुन्् ।

नवराज दम्पतिले विद्यालयमा अक्षय कोष स्थापना गरेपछि विद्यालय परिवारमा समेत थप उत्साह थपिएको छ । एउटा अशल विद्यार्थीले विद्यालय प्रति देखाएको सहयोग र सद्भावले आगामी दिनमा अन्य विद्यार्थी र शुभचिन्तकहरुमा पनि थप प्रेरणा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक राम प्रसाद अर्यालले बताए । ‘एउटा पुर्व विद्यार्थीले यसरी विद्यालयमा अक्षय कोष स्थापना गरेको पहिलो पटक हो । पजुल खर्च कटाएर जुन सहयोग प्राप्त भएको छ त्यो अत्यन्तै उत्कृष्ट र रचनात्मक काम हो, यसले अरुलाई पनि प्रेरणा दिएको छ, हामी विद्यालय परिवार र स्थानीयहरु निकै खुसि छौं’, प्रधानाध्यापक अर्यालले भने ।

खरेलले गरेको सहयोगको प्रेरणावाट प्रभावित बन्दै सोही विद्यालयकी पुर्व विद्यार्थी अञ्जु पुनले पनि आफ्नो जन्मदिनको अवशरमा विद्यालयको बार्षिकोत्सवको अवशरमा उत्कृष्ट जेहेन्दार विद्यार्थीका लागि ५ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यपक अर्यालले बताए ।

हाम्रो समाजमा विवाह, जन्मोत्सब र भोजभतेरका नाममा दिनहुँ लाखौं रुपैंया खर्च हुने गर्दछ । सामाजिक क्षेत्रमा सहयोग गर्नेहरु अत्यन्तै थोरै र सिमीत छन् । त्यसैले यस्ता अनुत्पादक र अनावश्यक खर्च कटौटी गरेर अब हामीले पनि खरेल दम्पतिले जस्तै सामाजिक क्षेत्रमा सहयोग गर्ने की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission