ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

दुई बर्षदेखि घर घरमा नगरप्रमुख

११ फाल्गुन २०७८, बुधबार
११ फाल्गुन २०७८, बुधबार

तानसेन नगरपालिका १३ बौघागुम्भाका चेतबहादुर थापा उमेरले ६५ वर्षका भए । तीन सन्तानका बाबु थापा पुर्व भारतिय सेना हुन । अहिले उनले सामान्य खेती किसानी गरिरहेका छन् । बृद्ध आमा र श्रीमती सहित बसिररहेका थापाका छोरा छोरी भने आर्थिक जोहका लागि घर बाहिर छन् ।

सोमबार नगरप्रमुख आफ्नो घरमा आएर कुराकानी गर्दा थापालाई निकै खुशी लाग्यो । आफ्नो नगरप्रमुख यसरी घरमा आएका ेपहिलो पटक हो । यसरी घरमै आएर आफ्नो समस्या बुझ्दा बताउन सहज भएको थापाले बताए । प्रमुख हाम्रो घरमा आउनु भयो, यहाँ मैले मेरा मनमा लागेका कुरा भन्ने मौका पाए, उनले भने । यो कुरा मैले कहि भन्नै ठाउँ नै पाएको थिईन । ठुला भेलाहरुमा हामीलाई भन्न नि गाह्रो हुन्छ, कसरी बोल्ने भन्ने हुन्छ, उहाँ घरमै आएपछि सबै समस्या बताउन सजिलो भयो । मैले त उनलाई विकास निर्माणसँगै यहाँको कृषि व्यवसायलाई पनि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । यसो गर्न सकियो भने हाम्रा सन्तानलाई अर्काको देशमा पसिना बगाउन नपर्ला कि भनेर सुझाव दिएको हुँ थापाले अगाडी भने ।

थापा मात्र होईन यसरी घर घरैमै नगर प्रमुख पुगेर समस्या बुभ्दै हिड्दा तानसेन नगरबासीमा नै खुशी हुने गरेका छन् । आफ्ना गाउँका समस्या भेटेरै, दोहोरो कुराकानी गरेर बताउँन पाउँदा आफुहरुलाई सहज भएको स्थानीयको भनाई छ ।

तानसेन नगरपालिकामा नगर प्रमुख अशोक शाहीले दुई वर्षदेखि यसरी नियमित रुपमा गाँउ गाँउ पुग्ने गरेका छन् । गाँउका समस्या समाधान गर्न सहज होस् भन्ने उद्देश्य राखेर आफु गाँउ टोल पुग्न थालेको नगरप्रमुख शाहीले बताए । उनी भन्छन्, मेरो नगरमा यसरी जानु ठुलो कुरा नदेखिए पनि यसले गाउँघरको सानातिना समस्या समाधान गर्न र विकास समृद्धिमा ठुलो सहयोग पुग्छ भन्ने मलाई लाग्छ । मेरो गाँउ टोल हो, यहाँका समस्याहरुलाई बुझन जानु मेरो कर्तव्य हो मैले जति नजिकबाट देख्छु त्यति नै काम गर्न सहज वातावरण हुन्छ । अरुले भनेको कुरा भन्दा पनि धेरै आफुले अवलोकन गर्दा फाइदा पुग्छ जस्तो लागेर जाने गरेको छु । त्यसमा पनि अहिले त जसले बोलाउनु हुन्छ म त्यहि पुग्ने कोशिसमा छु ।

म जाँदा आफ्ना नगरवासीले खुशी व्यतm गर्नु भएको छ । आफुले भन्न चाहेर पनि भन्न नसकेका कुराहरुलाई म सँग आफनै घरमा ढुक्कले भन्नु भएको छ, मैले त्यसलाई ग्रहण गरेको छु । यसरी जनताको घर दैलोमा पुग्दा मलाई योजना बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ भन्ने विश्वास छ । स्थानियहरुले पनि म यसरी गाँउ टोलमा पुग्दा भनेका समस्याहरु योजनामा परुन भन्ने खालले सुझाव दिनु भएको छ । यसका साथै अर्को कुरा हामीले विकास समृद्धिका कुरा गरिरहदा वास्तवमा अवस्था के छ त भन्ने लागेर यो कार्यक्रम शुरु गरेको हो । यसबाट नगरपालिकालाई धेरै सुझावहरु प्राप्त भएका छन् । ति सुझावहरुलाई योजनामा पार्दे आगामी दिनहरुमा कार्यान्वयन गर्ने हाम्रो प्रमुख लक्ष्य छ । त्यसै अनुसार कामहरु पनि भईहेको छ, प्रमुख शाहीले बताए ।

उनी भन्छन्, हामी यसरी घर घरै आफना जनतासँग हिड्न लागेको दुई वर्ष भयो । यति बेला सम्म केहि भएन अहिले आएर कतिले चुनावको प्रचार गर्न हिड्यो भन्ने खालका आरोप पनि लागेको छ । म जनप्रति भएकै नाताले आफना नगरबासीसँग उनीहरुको घरमा जान नहुने भन्नै छैन भन्ने लाग्छ । जसले जे भने पनि म यो भेटघाटबाट नगरलाई सबल बनाउने धेरै पक्षहरु भ्ोटाउने आशमा छु । त्यस कारण पनि यो कार्यक्रम निरन्तर चल्यो र चलिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?