ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

‘हाम्रो राम्रो कामको प्रचार हुन सकेको छैन’

९ पुष २०७८, शुक्रबार
९ पुष २०७८, शुक्रबार

२०५३ सालमा भैरहवामा स्वागत बुक एण्ड जनरल स्टोरको नामबाट पुस्तक व्यवसाय शुरु गरेका मनहरी बस्यालले करिब १० वर्षसम्म कपिलबस्तुको तौलिहवामा पुस्तक व्यवसाय सञ्चालन गरे । २०६५ सालदेखि भने उनी बुटवलमा पुस्तक तथा स्टेशनरी सञ्चालन गरिरहेका छन् । बस्याल कपिलबस्तु शाखाको सचिव हुँदै २ कार्यकाल केन्द्रीय सदस्य, पश्चिमाञ्चल उपाध्यक्ष, केन्द्रीय महासंघको सल्लाहकार, उपमहासचिव हुँदै पाँचौ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

करिब ६ महिनामा अध्यक्षको राजीनामापछि बस्याल साधारणसभाले अनुमोदन गर्ने गरी अहिले अध्यक्षको रुपमा काम गरिरहेका छन् । प्रस्तुत छ, महासंघले गरेका काम र महासंघको अधिवेशनको बिषयमा अध्यक्ष बस्यालसँग बुटवल टुडेले गरिएको कुराकानीको सम्पादित अंशः

पुस्तक व्यवसायी र महासंघलाई कसरी चिनाउनु हुन्छ ?
महासंघ व्यवसायीको हकहितका लागि भाइचारा सम्बन्ध कायम गर्ने पेशा शिक्षा, स्वास्थ्थ सहित सामाजिक सेवाभावसहित व्यवसाय गर्ने भनेर चिनाउन चाहन्छु । हामीले दैवी प्रकोपका बेलामा गर्ने विभिन्न सामाजिक कामले पनि हामीले सेवाभाव राखेका छौं भन्न मिल्छ । कोरोना माहामारीमा हामीले स्थानीय सरकारसँगको सहकार्यमा नगद सहयोग गरेका थियौं । त्यसैगरी बाढी पहिरोका बेलामा पनि सामाजिक हिसाबले दायित्व बोध गर्ने संस्थाका रुपमा हाम्रो संस्था रहेको छ । हामी पुस्तक व्यवसायीले पठन संस्कृतिलाई बिस्तार गर्दै व्यवसाय गरिरहेका छौं ।

पुस्तक व्यवसायमा पछिल्लो केही वर्ष यता स्वच्छ प्रतिस्प्रर्धा देखिएन भन्ने गुनासो छ नि ?
बास्तवमा त्यस्तो छैन । त्यो हामीले गर्ने कामले देखाउने हो । हामीले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन । पछिल्लो समयमा हामीले सबै व्यवसायलाई एक बनाउन धेरै काम गरेका छौं । जस्तो उदाहरणका लागि १५ वर्ष अघि पुस्तकको मूल्य क्याट लकमा हुने गर्दथियो । त्यसपछि पुस्तकको मूल्यमा कालो पोतेर बेच्ने प्रचलन थियो । त्यसको अन्त्य गर्दै हामीले अहिले सरकारले कक्षा १ देखि १२ सम्मका पुस्तकमा मूल्य तोकेको छ । त्यसैका आधारमा सबै व्यवसायीले बिक्री गरिरहेका छांै । त्यसका साथै ६ वर्ष यता पुस्तकको मूल्य बढेको छैन । त्यो पनि राम्रो पक्ष हो भन्ने लाग्छ ।

कहिँ कतै निजी विद्यालयहरुले तोकेको पुस्तक पसलबाट पुस्तक किन्न लगाउने समस्या छ । विद्यालयले नतिजा प्रकाशन गर्दाका दिन पुस्तकको सूची सार्वजनिक गर्दा सबै पुस्तक पसलले सबै पुस्तक उपलब्ध गराउन सक्दैनन् । यस्तो बेलामा अस्वस्थ जस्तो देखिए पनि त्यो वास्तविक अवस्था होईन भन्छु म ।

पुस्तक व्यवसायीलाई मर्यादित गराउन महासंघले के गरिरहेको छ ?
हामीले स्थानीय तहलाई पुस्तकको सुची एक महिना अगाडि नै दिन आग्रह गरेका छौं । त्यस्तो अवस्थामा सबै पुस्तक व्यवसायीले सबै सेट पुस्तक अभिभावकलाई दिन सक्ने अवस्था हुन्छ । सरकारले तोकेको भन्दा बढी मूल्य लिएको भेटेको अवस्थामा सचेत गराएका छौं । व्यवसायीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठीको आयोजना गर्ने गरिएको छ । ‘गुणस्तरिय उत्पादन मर्यादित व्यापार नीति निर्माणमा पहुँच सांगठनिक आधार’ भन्ने नारालाई आत्मसाथ गरेर काम गरिरहेका छौं ।

महासंघमा तपाईको अहिलेको कार्यकाल अन्तिम अवस्थामा आईपुगेको छ, तपाईको कार्यकालमा भएका उल्लेखनीय काम के के हुन् ?
व्यवसायीलाई सुरक्षित राख्न बीमा योजनाको काम सम्पन्न भएको छ । रुपन्देही जिल्लामा ई–लाइब्रेरी सञ्चालनका लागि भवन निर्माण कार्य भइरहेको छ । हामीले कोरोना महामारीमा सबै प्रदेश र जिल्ला शाखाले आर्थिक सहयोगलाई प्राथमिकतामा राखेर सरकारलाई सहयोग ग¥यांै । सामूहिक रुपमा सहकारी मार्फत व्यवसाय सञ्चालनको अभ्याससहित काम शुरु गरेका छांै ।

सबै जिल्ला प्रदेशको अधिवेशन सम्पन्न गर्दै महाधिवेशनको तयारीमा हामीहरु लागि रहेका छौं । यसपालिको अधिवेशन चितवनमा गर्ने निणर्यसँगै चितवन शाखाले जिम्मेवारी लिएको छ । त्यसका साथै १३ वटा समितिले अधिवेशनका लागि काम गरिरहेको छ । यो कार्यकाल कोरोना महामारीका कारणले हामीले काठमाडौमा गर्ने भनेको शैक्षिक महोत्सव भने गर्न सकेनौं ।

महासंघको अबको नेतृत्वमा तपाई दोहोरिने भन्ने सुनिन्छ नि, के हो ?
यो विषयमा केहि निर्णय भईसकेको छैन । सल्लाहकार, अरु साथीहरुको चाहना अनुसार मात्रै यो बिषय खुल्छ । त्यसका बारेमा अहिले नै केहि भन्न सक्ने अवस्था छैन ।

महासंघको अबको एजेण्डा के हुन्छ वा हुनु पर्छ भन्ने लाग्छ ?
महासंघले अब सबै व्यवसायी समेटेर उनीहरुका समस्यालाई पहिचान गर्ने । समस्या समाधानका लागि योजना बनाएर काम गर्ने । पुस्तक नीति तथा मस्यौदा बनिसकेको छ, त्यसलाई पास गर्न माग गर्ने । व्यवसायीलाई व्यवसाय गर्न हौसला प्रदान गर्ने काम पनि सँगसँगै हुनुपर्छ भन्ने लाग्छ ।

यसैगरी सचिवालय व्यवस्थापन गर्दे ई–लाईवेरी सहित आफ्नै भवनमा व्यवस्थापन गर्ने । पेशालाई मर्यादित र व्यवसायी बनाउन पहल गर्नुका साथै सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान सहितको पुस्तक प्रदर्शनी गर्ने योजनामा हामी रहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?