ट्रेंडिंग:

>> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते >> महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम >> नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा >> अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए >> भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो >> सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >> नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य >> आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो >> बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान >> लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग >> नेपालमा भारतीय लगानीको विस्तारको लागि परराष्ट्रमन्त्री आरजु राणाको अनुरोध

लुम्बिनीमा विद्युतीय बस गुडाउन परीक्षण

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

लुम्बिनी , ५ पुस।

लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस बिहीबारदेखि सञ्चालन शुरु गरेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएका मध्ये २ वटा बसको परीक्षणका लागि सञ्चालन शुरु गरिएको हो ।
एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन ।
दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले विहिबारदेखि परीक्षण स्वरूप बसमा दानपेटिका राखेर सञ्चालन शुरु गरेको हो ।
रूपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद सिके गुप्ता, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्यतुीय बसको शुभारम्भ गरेका हुन् । बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिनसक्नेछन् । सांसद घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरूलाई लुम्बिनीमा ल्याउदा त्यसले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अहिले परीक्षण स्वरूप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताए । उपाध्यक्ष डा. लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरूले पटक पटक पहल गर्दा पनि नभएको बताउँदै अहिले संघीय मन्त्री, मुख्यमन्त्री र सांसदहरूले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिनेगरी दानपेटिकाको विधि मार्फत सञ्चालन थालिएको बताए । उनले कानुनी अडचनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानआर्कषण गराए । यस्तै पूर्वमन्त्री एव्म लुम्बिनी क्षेत्रका प्रदेश सांसद सिके गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शूभकामना दिए । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले बसको सुरक्षाका लागि आवश्यक प्रवन्ध गर्ने बताए । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रूपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दीगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।यस्तै कार्यक्रममा सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश (सिपि) श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बोल्दै पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुने बताए ।

यसो त विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्व ३ सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो । सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरेपनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईले बताए । परीक्षण सञ्चालनमा सांसद घिमिरे सहित कोषका पदाधिकारी, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी, पर्यटन व्यवसायीले दानपेटिकामा पैसा जम्मा गरेर लुम्बिनी परिक्रमा गरेका थिए ।यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निशुल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निशुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका थिए । एसियाली विकास बैंकको अनुुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान र चार्जिंग स्टेशनसोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि झन्डै २८ करोड लागत लागेको थियो ।
बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दीगो रूपमा सञ्चालन हुने बताए । उनले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटिले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?