Butwal Today

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ मनोनित

२३ माघ २०८१, बुधबार
अ+
अ-

काठमाडौं – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई मनोनयन गरेको छ। नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बुधबार प्रदेश सांसद श्रेष्ठलाई सचेतक मनोनयन गरेको हो।

लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई सचेतकमा मनोनयन गरिएको जनाएका छन्।