© २०२३
रुपन्देहीको सियारी गाउँपालिकामा अवस्थित पब्लिक माविका विद्यार्थीहरुको बृहत भेला आयोजना गरी पूर्व विद्यार्थी समाज स्थापनाको तयारी गरिएको छ । पूर्व विद्यार्थी भेला आयोजक समितिको तर्फबाट विज्ञप्ती जारी गरी उक्त जानकारी गराइएको हो ।
आयोजकका अनुसार २०२२ सालदेखि अध्ययन गरी बाहिरिएका विद्यार्थीलाई समेटेर पूर्व विद्यार्थी समाज स्थापना गर्न लागिएको हो । त्यसका लागि पौष १० गते शनिवार प्रथम भेलामा उपस्थितिको लागि पूर्व विद्यार्थीहरुले आमन्त्रण गरेका छन् ।
विद्यालयवाट अध्ययन गरी स्वदेश तथा विदेशमा छरिएर विभिन्न पेशा व्यवसायमा सम्लग्न रही संगालेका ज्ञान सीप अनुभव र सामथ्र्यलाई विद्यालयको उन्नतीको मूल प्रवाहमा समाहित गर्ने प्रयत्न स्वरुप पूर्व भेला आयोजना गरिएको आयोजक समितिका सचिव इन्द्रप्रसाद तिवारीले बताए ।
उनका अनुसार पूर्व विद्यार्थीहरुको स्थायी संगठन निर्माण गरी आपसी भेटघाट मेलमिलाप र भाइचाराको भावना विकास गर्ने आफूले अध्ययन गरेको विद्यालयमा उचित वातावरण सिर्जना गरी आफूसंग भएको वौद्धिक ज्ञान, सीप, क्षमता र सामथ्र्यलाई विद्यालयमा उपयोग गर्ने अवसरका लागि पब्लिक मा.वि. पूर्व विद्यार्थी सामाज स्थापना गर्न लागिएको हो ।
विद्यार्थीहरुको आफ्नो श्रोतवाट बस खरिद अभियान सफल भई बस हस्तान्तरण समेत भइसकेको छ ।
प्रथम भेला आयोजनाका लागि विधान मस्यौदा, आर्थिक व्यवस्थापन, घोषणापत्र, मस्यौदा स्वयम्सेवक परिचालन सरसफाई साँस्कृतिक उपसमिति क्रियाशील रहेका छन् ।
१५ सदस्यीय मुल आयोजक समिति ८ वटा उपसमिति बनाई तयारी अगाडी बढाएको आयोजकले जनाएका छन् ।
भेलाले विधान पारित गर्न दता समिति गठन गर्ने र घोषणा पत्र पारित गर्ने छ ।
उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि पूर्व एवम् वर्तमान् विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवि सामाजसेवी, दाजुभाइ दिदी बहिनीहरुलाई उपस्थित हुन र कार्यक्रमलाई सफल बनाउन अपिल गर्दछौं पूर्व विद्यार्थी भेला आयोजक समितिका संयोजक कुलबहादुर आचार्य, उपसंयोजक विष्णुप्रसाद खरेल र सचिव इन्द्र प्रसाद तिवारीद्धारा जारी प्रेस विज्ञातीमा भनिएको छ ।