ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

सिद्धार्थनगरको प्रशासनिक भवनमा बुद्ध कला भरिने

२८ मंसिर २०७८, मंगलवार
२८ मंसिर २०७८, मंगलवार

लुम्बिनीको प्रबेशद्धार बुद्धको नगरि सिद्धार्थ नगरपालिकाले प्रशासनिक भवन बुद्धकै झझल्को दिने खालको बनाउने भएको छ । सिद्धार्थनगरमा रहेका सम्पूर्ण घरमा बुद्ध रङ प्रयोग गरि नयाँ कार्य सुरुवात गरेको सिद्धार्थनगरले आफ्नो प्रशासनिक भवन समेत बुद्धको झल्को दिने खालको बनाउन शिलान्यास गरेको छ ।

नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य २०८० साल असोज १७ गते सम्पन्न हुने गरि शिलान्यास गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा निर्माण हुने भवनको नगरप्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले बनाउन लागेको पर्यटकीय गेटको महत्व विस्तारै बुझिने बताए । अधिकारीले एक महिनाभित्र पर्यटकीय गेटको उद्घाटन गरिने जानकारी दिए । पर्यटकीय गेटलाई प्रवेशद्वारको रुपमा नबुझिदिन आग्रह गर्दै अधिकारीले ‘नगरपालिका धेरै व्यवस्थित हुँदै गएको बताए । पालिकालाई व्यवस्थित गर्दै जानु छ, सक्ने काम गरेका छौं, ’अधिकारीले भने । प्रत्येक व्यक्तिले नगरपालिकाको विकास मेरो पनि दायित्व हो भनेर बुझ्दै अगाडी बढ्नुपर्छ ।

स्काई/रामसागर जे.भी. अनामनगर, काठमाडौंले निर्माण कार्यको ठेक्का पाएको उक्त भवनको १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैयाँमा सम्झौता भएको छ । भवन निर्माण कार्यको सम्झौता २०७८ असार २४ गते भएको र भवनको जग्गाको क्षेत्रफल २७२२ वर्ग किलोमिटर रहेको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले बताए । वरिष्ठ इञ्जिनियर अर्यालले भवनको भुईतलामा नक्शा शाखा, जिन्सी, सार्वजनिक शौचालय, दर्ता चलानी, प्रतिक्षालय, नगर प्रहरी, सवारी चालकको लागि कोठा, स्टोर (नक्साको लागि), पहिलो तल्लामा प्रशासन शाखा, लेखा, योजना, शौचालय, पशु शाखा, पुस्तकालय, कृषि, महिला तथा बालबालिका, इलेक्ट्रिकल रुम (प्रत्येक तलामा), दोस्रो तलामा प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख, उपप्रमुख कोठा, शिक्षा, स्वास्थ्य, कानून, न्यायीक समिति रहने जानकारी दिए । तेस्रो तलामा खुला टेरेस, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, ३ सय जना अट्ने हल, सर्भिस रुम, स्टोर रहनेछ । भवनमा बेसमेन्टदेखि छानासम्म ८ जना अट्ने दुईवटा लिफ्ट समेत रहनेछ । नगरपालिकाका अनुसार भवन बुद्धको झल्को दिने खालको निर्माण हुने इन्जीनियर जिवन अर्यालको भनाई थियो ।

नगर उपप्रमुख उमा काफ्लले पाँच वर्षे कार्यकालको अन्तिम चरणमा पुगेको बताइन् । उनले भएका÷देखिएका कमीकमजोरीलाई औल्याएर खबरदारी गर्न आवश्यक रहेको बताइन् ।
रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले पूर्वाधार व्यवस्थापन हुन नसके सोचेअनुरुप सेवा प्रवाह गर्न नसकिने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट समन्यवकारी सहयोग हुने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विकास भनेको बाटाघाटा बन्नु मात्र नभएको बताए । उनले नगरपालिकाले जे पायो त्यही काम गर्न नपाउने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले गत स्थानीय तहको निर्वाचनमा एमालेले सिद्धार्थनगर नगरपालिकामा दुईतिहाई बहुमतका साथ जितेको बताए । ‘एमालेबाहेक कसैले विकास निर्माणका कार्य गर्नेवाला छैन थापाले भने, वर्तमान सरकारसंग सत्ता टिकाउनेबाहेक केही स्पष्ट नीति नै छैन ।

उद्योग व्यापार संगठन, रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मीले नगरको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भएका कार्यहरुको लागि प्रचारप्रसार आवश्यक रहेको बताए । नेपाली कांग्रेस सिद्धार्थनगरका सचिव हरिमाया गुरुङले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताइन् । उनले जनप्रतिनिधिको कार्यकाल सकिन लागेको बताइन् ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका उपाध्यक्ष ध्रुव लामगादेले भवन तोकिएको समयामा सम्पन्न हुन आषा व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका अध्यक्ष राम बहादुर बस्नेतले नगरपालिकाले गरेका कामहरुको प्रचारप्रसार गर्नुपर्ने बताए । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले सबै ठाउँमा विकास सम्मानजनक हुनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगरका अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठले प्रशासनिक भवन निर्माण अत्यन्तै महत्वपूर्ण कार्य भएको बताए ।

बुद्धको झल्को दिने खालको नयाँ प्रशासनिक भवनको उदघाटनले सिद्धार्थनगरका जनतामा उत्साह छाएको नगरवासीहरु बताउँछन् । प्रशासनिक भवन शिलान्यास गरेको नगरपालिकाको डण्डा खोलामा प्रबेश गेट निर्माणाधिन अवस्थामा छ भने नगरपालिकाले सिद्धार्थ राजमार्गमा बुद्धका मूर्ति राखिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?