© २०२३
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भबति हुन २० देखि ३० बर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा बिबाह गर्न महिला र पुरुष दुबै कम्तिमा २० बर्ष पुरा भएको हुनुपर्दछ’ महिलाको लागि २० देखि ३५ बर्ष र पुरुषको लागि २० देखि ४०/४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० बर्ष पछाडि र ३० बर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ ।
बिबाह गर्ने उपयुक्त उमेर कति हो ?
सामान्य भाषामा भन्नुपर्दा २० बर्ष पारी अनि बिहेबारी भन्ने भनाई स्वास्थ्यको नाराकै रुपमा चलेको पाईन्छ । बिभिन्न तथ्याङ्क हरुको आधारमा भन्नुपर्दा १९५० देखी १९६० मा २३ बर्षका पुरुष र २० बर्षका महिला १९६० देखि २००३ मा २७ बर्षका पुरुष र २५ बर्षका महिला अनि हालको तथ्याङ्कको आधारमा २५ बर्षका महिला र २६ बर्षका पुरुष हरुको उपयुक्त उमेर भन्ने भेटिएका छन् । भने कानुनी रुपमा पनि बिबाह गर्ने उपयुक्त उमेर महिला र पुरुष दुबै २० बर्ष उमेर पूर्णरुपमा पुरा भएको हुनु पर्दछ ।
२० बर्ष उमेर पुरा भैसकेपछि मात्र बिबाह गर्दा के फाईदा हुन्छ ?
१) महिला तथा पुरुष दुबैमा शारिरिक परिपक्कता आउँछ ।
२) प्रजनन अंगहरुको पुर्णरुपमा बिकसित भैसकेको हुन्छ ।
३) परिवारको योजना बनाउन सक्ने क्षमताको बिकास भैसकेको हुन्छ ।
४) महिला तथा पुरुष दूबै आफूमा आत्मनिर्भर भैसकेका हुन्छन ।
५) पूर्णरुपमा स्वस्थ र तन्दुरुस्त बच्चा जन्मिन्छ ।
६) शारीरिक, मानसिक, सामाजिक पारिबारिक तथा संम्बेगात्मक रुपमा परिपक्क भैसकेको हुनाले अन्य खालका नकारात्मक समस्या हरुमा झेलिनु पर्दैन ।
पहिलो बच्चा कहिले जन्माउने ?
‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भबति हुन २० देखि ३० बर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रुपमा बिबाह गर्न महिला र पुरुष दुबै कम्तिमा २० बर्ष पुरा भएको हुनुपर्दछ’ महिलाको लागि २० देखि ३५ बर्ष र पुरुषको लागि २० देखि ४०÷४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० बर्ष पछाडी र ३० बर्ष अगाडी पहिलो बच्चा जन्माउनु महिलाको लागी बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ ।
दुबै दम्पतिले आफ्नो जिबनको उपयुक्त समय छानी आफ्नो पढाई,काम कार्य जागिर ब्यापार आदी दिनचर्याका कार्यलाई मध्यनजर गरेर बच्चा कहिले जन्माउने, कति जन्माउने, कहाँ जन्माउने, कसरि जन्माउने र जन्मान्तर कति राख्ने भन्ने बारेमा योजनाबद्वतरिकाले बच्चा जन्माउने योजना बनाउन सकिन्छ । योजना बनाउन जरुरी छ । किनकि कुनै पनि काम पुर्ब योजना बिना गर्दा कार्य सफलता गराउन अनेक समस्या आईपर्ने र योजनाबद्व तरिकाले गरिएका कार्यहरु सजिलै सफलताका साथ सम्पन्न हुनेहुँदा योजना बनाउनु जरुरी छ ।
२० बर्ष उमेर पुरा नभैकन पहिलो गर्भधारण कस्तो असर पर्छ ?
२० बर्ष उमेर पुरा नभैकन पहिलो गर्भधारण गर्दा आमामा निम्न जटिलता हुनसक्दछन ।
क) शारीरिक जटिलता ः
धेरै टाउको दुख्नु, अत्यन्तै पेट दुख्नु, हिँडडुल गर्न अत्यन्तै असजिलो हुनु, हातखुट्टा अररो भै काम्ने वा मुर्छापर्नु निकै कडारुपले तल्लो पेट दुख्नु । पाठेघर रप्चर हुनु,बच्चा जन्माउँदा योनिद्वार च्यातिनु आदी ।
ख) मानसिक जटिलता ःडर लाग्नु , चिन्ता लिईरहनु, एकोहोरो हुनु, जस्ता दिर्घकालिन असरहरु देखिन सक्दछन ।
बच्चामा हुने जटिलता ः
क) गर्भाबस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्दछ ।
ख) अपाङ्गता हरुमा डाउनसिन्ड्रोम, पैतला अथवा हात बाँङ्गीनु ।
ग) बहिरोपन, मोतिबिन्दु,ओठ काटिएको, मुटु सम्बन्धी समस्या आदी देखिन्छन ।
घ) पाठेघर सानो भएको आमाहरुको कारणले बच्चाको बृद्विबिकास पुर्ण रुपमा हुन सक्दैन ।
पारिबारिक ब्यबस्थापनको दृष्टिकोणले कस्तो असर पुग्छ ?
१) शारीरिक समस्या ः आमालाई दिर्घकालिन रुपमा स्वास्थ्य समस्या देखिदा उपचार गर्दा लगातार शरिर कमजोर हुने जस्ता समस्या ।
२) आर्थिक समस्या ः लगातारको उपचारमा पैसा खर्च हुने । आर्थिक पाटोमा कमजोर बनिने ।
३) मानसिक समस्या ः सधै चिन्तित, डर त्रास भैरहने, पारिबारिक जटिलता समेत आउने ।
४) पारिबारिक योजना अनुसार कार्य गर्न नसकिने ।
५. पारिबारिक झन्झट, चिन्ता, तनाब अनि बैमनास्यता समेत उत्पन्न हुन सक्दछ ।
२० बर्ष पछि गर्दा हुने पारिबारिक फाईदा के के हुन्छन ?
बिहेबारि र बच्चा २० बर्ष पछि गर्दा निम्नानुसारका पारिबारिक फाईदा हुन सक्दछन ।
१) निरोगी परिबार २) सुखि परिबार ३) खुसी परिबार ४) आर्थिक रुपमा सम्बृद्वि ५) शिक्षा दिक्षा र चेतना बृद्वि गर्न सजिलो ६) योजनाबद्व कार्यले गर्दा पारिबारिक झैझगडा बैमनस्यता आदिबाट टाढा रहन सकिने । ७) आमा बच्चा र परिवारलाई नै शारीरिक,मानसिक, सामाजिक, पारिवारिक र संबेगात्मक रुपमै सफलता हासिल हुने । (लेखकः स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)