© २०२३
मानवको बाँच्ने आधार नै प्रकृति हो । त्यसैले, प्रकृतिको बुद्धीमत्ता पूर्ण उपयोग गरेर जीवनयापन सहज बनाई वैभब देखाउन यहा“ नेचर वाक थालिएको छ । लुम्बिनी शान्ति, करुणा, मैंत्रीकालागि विश्व शान्तिको मुहानमा मात्र हैन् । यहा“का प्राकृतिक वैभब उस्तै मनमोहक छन् । यहा“का चरा, वन्यजन्तु, स्तनधारी, पुतली, हिमाल, हरियाली र सुन्दर उब्जाउ फा“ट उस्तै आल्हादित छन् । बुद्ध जन्मस्थल लुम्बिनीका प्राकृतिक मनमोहकता देखाउन फोटोग्राफीमा रुचि र लगन भएको युवाको समुह बनाई नेचर वाक थालिएको छ ।
सुरुमा उनीहरु फोटोग्राफी टुल्स र टेक्निककालागि नेचर फोटोग्राफी वर्कसप सहभागी भए । दुई दिन त्यहा“ उनीहरु प्रकृतिको मनमोहक तस्बिर खिच्न प्राविधिक ज्ञान दिईयो । समय, परिस्थिती, अवस्था र उनीहरुको लुकामारीलाई राम्रो तस्विरमा कसरी उतार्न ? सकिन्छ भनेर शिप र प्रशिक्षण प्रदान गरिएको थियो । एंगलिङ, विषयवस्तुको छनौट र फोटो प्रतिलिपि अधिकारबारे पनि ज्ञान दिईएको थियो । लुम्बिनी क्रेन फाउण्डेसनको सहयोग र गच्छामी मिडिया गु्रपको संयोजनमा आयोजित दुई दिने कार्यक्रममा ३० युवा सहभागी थिए । उनीहरुलाई फोटोको मेडा डाटा, आफुले खिचेको तस्विर कसरी सुरक्षित राख्ने, क्पाप्सन लेखन र फोटो पोष्ट प्रोडक्सनबारे ज्ञान दिईएको थियो ।
‘प्रकृतिले लगाएको गुण मान्छेले बिर्से,’ वकसर्पमा बोल्दै प्रशिक्षक तथा लुम्बिनी विकास कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ‘जुन विनाशको रूप लिई हामीलाई नै प्रत्युत्पादक बनेर बेलाबखत फर्केर दुःख दिईरहेको छ ।’ प्रकृतिले लुम्बिनी आसपास वरदान दिएकोछ । सुन्दर फा“ट, मनोरम हिमश्रृंखला र पहाड, परम्परागत कला संस्कृति, पहिरन र मधेशको लाईफ स्टाईल यहा“ अझै पनि जीवन्त देख्न पाईन्छ । यी सबै तथ्य उजागर गर्न वर्कशप प्रभावकारी हुन्छ उनले भने । फोटो खिच्न सिकेको शिपले लुम्बिनीमा पर्यापर्यटनको आकर्षण थप्छ उनले भने । प्रकृतिमा रमाउदै पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन सकिन्छ । यस्ले रोजगारी र आयआर्जनमा पनि सहयोग गर्छ ।
पर्यापर्यटनकालागि आकर्षण बढाउन नेचर वाक गु्रप बनाईएको छ । फोटो मार्फत गन्तब्य बनाउन ग्रुपले हरेक तिन÷तिन महिनामा छलफल गरिने बताएकोछ । खिचिएका तस्विरहरु समाजिक संजाल, अनलाईन र पत्रपत्रिका मार्फत बाहिर ल्याएर स्वदेशी विदेशी पर्यटकलाई भ्रमण गर्न उत्साहित बनाउ“न योजना बनाईएको फोटो पत्रकार बृजेश जयसवालले बताए । ‘लुम्बिनी शान्तिको मुहानमात्र रहेन्,’ उनले भने, ‘संरक्षित क्षेत्र बाहिर सबैभन्दा बढी चराका प्रजाति देख्न पाईने क्षेत्रका रुपमा समेत रहेको छ ।’ अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न नेचर वाक गु्रप प्रभावकारी बन्ने उनले बताए । यसलाई विस्तारै नवलपरासी र कपिलवस्तुमा समेत विस्तार गर्दै लग्ने उनले बताए ।
कार्यक्रममा फोटो खिच्न चाहिने आधारभूत ज्ञान र सामान्य संपादनबारे प्रशिक्षक चन्द्र पाठक र फोटो क्याप्सन लेखनबारे कान्तिपुर मिडिया ग्रुपका लुम्बिनी प्रदेश प्रमुख दीपेन्द्र बडुवालले ज्ञान दिएका थिए । लुम्बिनी मुलुकमा सबैभन्दा भ्रमण गरिने प्रमुख पर्यटकीय गन्तब्य हो । बुद्ध जन्मस्थल भएकाले यो बौद्ध धर्मसंस्कृतिको सानो संसार मात्र हैन् । पर्यापर्यटनको उत्कृष्ट स्थल हो । लुम्बिनीमा ४ सय २१ प्रजातिका चरा, १ सय ५ प्रजातिका पुतली र ६१ प्रजातिका भ्यागुता, गोही र सर्प पाईने चराविद् डा. हेमसागर बरालले बताए । ५८ प्रजातिका माछा र ४ हजार ५ बढी प्रजातिकामा किरा र फट्यांग्रा पाईन्छन् ।