ट्रेंडिंग:

>> कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने >> आज क्रिसमस डे, देशैभर सार्वजनिक बिदा >> ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने >> रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न >> प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि सहमत नभएपछि आफ्नै पार्टी हाँक्ने तयारीमा बालेन >> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै

विषादीका कारण जलचर प्राणी नष्ट

विषादीको प्रयोगका कारण जिव र किट नाश हुन्छ । तर यसले वातावरणीय क्षेत्रमा कस्तो असर गर्दछ भन्ने विषयमा प्रयोगकर्ताले ख्यालै राख्दैनन् । जिल्ला भित्रको तथ्थांक अनुसार यस्ता प्रकृतिको विषादी दुई सय लिटर भन्दा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।
३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

पाल्पा, ३ साउन ।

कुनै समय माडी फाँटको धान खेतमा हुर्किएको स्थानीय जातको भोटी माछाले सबैको मन लोभ्याउने गथ्र्यो । दुई दशक अगाडि सम्म फाँटका खेतमा रोपाईको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सख्या ठुलो थियो । आजभोलि त्यही खेतमा माछाको वंश नै समाप्त भएपछि माछा मारेर गर्ज टार्नेहरुका लागि त्यस्ता पुराना दिनहरु सपना जस्तै लाग्ने गरेको छ ।

असार लाग्नासाथ फाँटमा धान रोपाई हुन्थ्यो”– असारदेखि कात्तिक सम्म खेतमा मारेका माछालाई आगोको रापमा सुकाएर वर्षमा १० हजार रुपैयाँ सम्म आम्दानी गरेका कसेनीका जित बहादुर घर्ती भन्छन् –“माछाको आम्दानीले चामल किन्ने हो, दशै तिहारको लागि मासुको खर्च राम्रोसँग चल्थ्यो ) । समयको विकासको गतिसंगै खेतमा माछाका प्रजाति नै नष्ट भए । यो सबै आधुनिक बिकासका कारणले हरायो ।”

माछा खेतबाट मात्र हराएको होइन । माडी फाँटको बीच भाग भएर तिनाउ नदीमा मिसिने धेरै खोलाहरुमा भोटी, सिद्रा, फकेटा, बाम, सेगी जस्ता दर्जनौ प्रजातिका माछा भेटिन्थ्यो । तर आजभोलि माछाको वंश नै समाप्त भयो । माछाको पहिलो मुख्य श्रोत भनेको खोला हो । त्यही खोलामा करेन्ट लगाउने, जथाभावी रुपमा किटनाशक विषादीको अन्धाधुन्ध प्रयोग गरेका कारण माछासंगै गंगटा समेत समाप्त भएको स्थानीय हरिबहादुर कुमाल बताउँछन् ।

खोलामा जथाभावी विषादीका कारण जलचर प्राणी नै समाप्त भयो । खोलामा विषादीका कारण माछा समाप्त भएपछि खेतमा कसरी हुन्छ ? यस्ता कृयाकलापमा टाढा टाढाबाट आएका व्यक्तिहरु संलग्न हुन्थे । स्थानीयहरुले खबरदारी गरेपछि बाहिरबाट आएर विषादीको प्रयोग गर्नेहरुको संख्या कम हँुदै गएको स्थानीय शिव प्रसाद श्रेष्ठ बताउँछन् । खेतमा माछा हराउनुको मुख्य कारण गंगटा, झार नियन्त्रणका लागि विषादीको प्रयोग बढेसँगै जलचर प्राणी नष्ट भयो । खेतमा धानको वोट कलिलो अवस्थामै गंगटाले काटिदियो भनेरै रोपाईमै विषादीको प्रयोग बढेकाले यस्तो समस्या आएको कृषिविद राजेन्द्र कोइराला बताउँछन् । “पछिल्लो समयमा किसानले जैविक वानस्पतिक विषादीको तुलनामा किटनाशक जिव नाशक विषादीको प्रयोग बढी नै गर्दा जलचर प्राणी नष्ट भएको हो”–उनले भने ।

रोपाई गरेको केही दिनपछि गंगटाले हैरानी गथ्र्यो । गंगटा नियन्त्रणका लागि खेतको गरा गरामा खिर्रोको पात राख्ने चलन थियो । “यसले पनि नियन्त्रणका लागि सघाउ पुग्थ्यो । खेतमा गंगटा छोपेर सकिंदैन थियो, तर नियन्त्रण हुन्थ्यो । रोपाई सकेको दुई चार दिनमा चिउरीको खली प्रयोग गर्दा राम्रो संग नियन्त्रण हुन्थ्यो । पुराना प्रविधि र उपायको विकल्प खोज्दा आज जलचर प्राणी नष्ट हुने अवस्थामा आएको छ”–पुराना किसान डिल बहादुर राना भन्छन् ।

विषादीको प्रयोगका कारण जिव र किट नाश हुन्छ । तर यसले वातावरणीय क्षेत्रमा कस्तो असर गर्दछ भन्ने विषयमा प्रयोगकर्ताले ख्यालै राख्दैनन् । जिल्ला भित्रको तथ्थांक अनुसार यस्ता प्रकृतिको विषादी दुई सय लिटर भन्दा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।

सूर्य, न्युरल, प्रिती जस्ता झार गंगटा नियन्त्रणका लागि खपत हुने गर्दछ । ५ रोपनी क्षेत्रफलमा १ सय एमएल प्रयोग गर्ने हो । यस्ता विषादी खेतको आली किनारामा राख्न्ो गरिन्छ । विषादीको प्रयोग बढ्दो अवस्थामा रहेको बिक्रेताहरुको भनाई छ ।

खेतमा रोपाई गर्दा पहिले हल गोरुको प्रयोग हुन्थ्यो तर आजभोलि गोरुपालन नै छैन । गोरुको विकल्पमा रोटा भेटरको प्रयोग बढ्यो रोटा भेटरले च्याप्ने गर्दा पनि यस्ता समस्या उत्पन्न भएको हो ।

हरायो तालिम

मुलुक संघीय संरचनामा प्रवेश भएसंगै जिल्ला कृषि विकास कार्यलयद्वारा संचालित एकीकृत शत्रु जीव व्यवस्थापन तालिम – (किसान पाठशाला) हराउन पुग्यो । वालीमा रोग तथा किरा लागेको समयमा विषादीको प्रयोग विना नियन्त्रण गर्न सकिने तालिम हराएसंगै विषादीको प्रयोग बढेको हो ।

तालिममा रोग तथा किराको पहिचान गर्ने, विषादीको प्रयोगबिना नियन्त्रण गर्ने प्रविधि थियो । पछिल्लो समयमा कृषिलाई स्थानीय निकाय मातहतमा राखिएपछि कृषिका पुराना र दक्ष प्राविधिकहरु स्थानीय तहमा नहुनु, स्थानीय सरकारले कृषिको महत्व बुझ्न नसक्दा किसान पाठशाला हराउन पुगेको पुराना कृषि प्राविधिक सुर्य गौतम बताउँछन् । तालिम त पहिले हरेक कृषि सेवा केन्द्र मार्फत हुन्थ्यो । तालिम लिएका किसानहरुले विषादीको प्रयोग गर्दैनन् । किसान पाठशाला किराले किरा नियन्त्रण गर्ने प्रविधि थियो । किरा भन्नासाथ सबै नोक्सान गर्ने खालका हँुदैनन् । नोक्सान नगर्ने किरालाई मित्रु जीव भनिन्थ्यो । तर आजभोलि त्यस्ता तालिम लिएका किसानहरु कमै छन् । जसले गर्दा विषादीको प्रयोग बढ्दै गएको तालिमका प्रशिक्षक तथा मदन पोखराका पुराना किसान इन्द्र पौडेल बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?