ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

स्कुलमा न पढ्ने थलो छ, न खेल्ने मैदान

६ आश्विन २०७८, बुधबार
६ आश्विन २०७८, बुधबार

जिर्ण कोठा ।

१५ वर्षदेखिका पुराना संरचना छन् ।

कच्ची संरचना भएकाले धेरैजसो भत्किएर जान थाले ।

२०७२ सालको भूकम्पले झनै चर्कायो । विद्यार्थीलाई बस्नै त्रास हुन थाल्यो ।

२०३९ सालमा स्थापना भएको झिमरुक गाउँपालिका ५ मा अवस्थित नेरा आधारभूत विद्यालयले भवन र फिल्ड अभाव भोग्न थालेका वर्षौ भइसक्यो ।

प्राङगण अभावमा विगत दुई वर्षदेखि विद्यालयले विद्यार्थीलाई प्राथना गराउँदैन् । विद्यार्थीहरुलाई शारीरिक कसरत, खेलकुद सहित विभिन्न सिकाई अभ्यास गराउन समस्या परेको प्रधानाध्यापक घन प्रसाद श्रेष्ठले गुनासो गरे । कक्षा ८ सम्म संचालन भइरहेको उक्त विद्यालयमा हाल २ सय ६८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये छात्रा एक सय ३३ र छात्र एक सय ३५ छन् ।

‘विद्यार्थी अनुपातमा कम्तीमा १२ वटा कोठा आवश्यक पर्छ’,प्रधानाध्यापक श्रेष्ठले भने ‘गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी ६ कोठे भवन बनाउन बजेट दिएको छ । तीन कोठे भवन पुरा हुन थाल्यो, बाँकी तला थप्ने तयारीमा छौँ । अझै ६ कोठा अपुग हुन्छन् ।’ ८ वटा कक्षाकोठा सहित बालविकास, कार्यालय, पुस्तकालय र विज्ञान प्रयोगशाला गरी १२ वटा कोठा आवश्यक भएको उनले जानकारी गराए । निर्माणधिन ६ कोठा पुरा भएपछि केही सहजता भएपनि त्यसले समाधान अझै नहुने श्रेष्ठको भनाई छ । ‘विद्यार्थीलाई प्राथना नगराएको दुई वर्ष भयो’,श्रेष्ठ भन्छन्,‘घण्टी बजाएपछि विद्यार्थीहरु सिँधै कक्षाकोठामा जान्छन् ।’

प्रस्तावित माध्यमिक विद्यालयको रुपमा समेत स्तरोन्नती गर्ने योजना भएपनि भौतिक संरचना अभावले समस्या हुने देखिएको उनको गुनासो छ । विद्यार्थीहरु धेरै टाढाबाट पढ्न आउने गर्छन् । ओखरकोटको सिंगो गाउँ सहित बाँदीखोला, हरिय, टापु, खोरपानी, रातामाटा, जावुने र नेपानेका बालवालिकाहरु यहाँ पढ्न आउने गर्छन् । कक्षा ९ देखिको माथिल्लो कक्षा पढ्नका लागि गाउँका बालवालिकाहरु मच्छि स्थित बालशिक्षा मावी र बाँदीकोटको बलभद्र मावीमा जाने गरेको प्रधानाध्यापक श्रेष्ठले बताए । ‘कक्षा १० सम्मको शिक्षा गाउँमै दिनपाए हुन्थ्यो भन्ने लागेको छ’,श्रेष्ठ भन्छन्,‘तर, हाम्रो सपना पुरा हुन भौतिक संरचना बाधक बने ।’

स्थानीय तह स्थापनापछि झिमरुक गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेर ६ कोठे भवन निर्माणको चरणमा रहेको उनको भनाई छ । उक्त बजेटबाट निर्माण भएका कक्षाकोठाले हाल संचालनमा रहेको कक्षा ८ सम्मको पढाई समेत सहज रुपमा संचालन हुन सक्दैन् । थप बजेट विनियोजन गरिदिन् उनले प्रदेस र संघीय सरकारसँग आग्रह गरे । हालको संरचना बाहेक चार कोठे भवन निर्माण गर्ने बजेट भएमा कक्षा ८ सम्मको पढाई सहज हुने उनको भनाई छ । अभिभावकहरुसँगको भेला विद्यालय नजिकै रहेको खुल्ला चौरमा हुने गरेको उनले सुनाए ।

बाल्यकालदेखि आफूले पढेको विद्यालयको भौतिक संरचना जिर्ण भएको देख्दा दुःख लागेको पूर्व विद्यार्थी हाल बुटवल निवासी प्रदिप जिसीले सुनाए । ‘जहाँबाट मैले अक्षर चिने’,उनले विगत सम्झँदै भने, ‘घर पुग्दा विद्यालयको अवस्था यस्तो देख्दा जिर्ण देख्दा शिक्षाप्रति राज्यको लगानी कहाँ भइरहेको छ भन्ने प्रश्न उब्जियो ।’ उनले मुलुक हाक्ने योग्न जनशक्ति उत्पादन गर्ने शुरुवाती थलोको रुपमा रहेका विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सवैले चासो राखिदिन आग्रह समेत गरे ।
भवन र फिल्ड निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष दल बहादुर जिसीले जानकारी दिए । चालु आर्थिक वर्षमै भवन निर्माणका लागि बजेट पर्ने आवश्वासन प्रदेस सरकारबाट पाइएको समेत उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission