© २०२३
बुटवल, २ साउन ।
आज मुक्ति दिवस, जमिनदारको घरमा कमैया बस्ने कमैयाहरु मुक्त घोषणा भएको दिन । विक्रम संवत २०५७ साल साउन २ मा नेपाल सरकारले कमैयाको नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णतः गैरकानुनी घोषित गरी कमैया मुक्तिको उदघोष गरेको थियो । त्यही दिनलाई मुक्तिको दिनको रुपमा मनाउँदै आइएको छ ।
दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए । सरकारको बिभिन्न प्रयास भएपनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौ जनाको व्यवस्थापन र पुुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा आफू संवेदनशील भएको मुख्यमन्त्रीले बताएका छन् । तसर्थ उनीहरुको पुनस्र्थापना र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागि पर्ने अवस्था आएको उनले बताएका छन् ।
कमैया आन्दोलनको प्रभावले तत्कालीन अबस्थामा सहयोग गर्ने पूर्व प्रधानमन्त्रीहरु, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरु, आन्दोलन सफल बनाउन अग्रणी भूमिका खेल्ले आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालीन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ सस्थाहरु प्रतिको सहयोग स्मरण गर्दै मुख्यमन्त्री चौधरीले सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
यो अवसरमा कमैया आन्दोलनका अगुवा पहिलो विद्रोही नेता राजदेव चौधरीलाई स्मरण गर्दै मुख्यमन्त्रीले समन्ययकर्ता दमननाथ ढुङगाना र पद्मरत्न तुलाधरको योगदानलाई पनि सम्झेका छन् । आज २३ वर्षपछि कति मुक्त कमैयाको पुनस्र्थापना भयो ? कतिको पुनस्र्थापना हुन बाँकी छ ? बाँकीको पुनस्र्थापनाका लागि के हुँदैछ ? यी प्रश्नहरु जगजायर रहेको भन्दै मुख्यमन्त्रीले ती समस्या समाधानका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनु पर्ने उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश सरकार यसमा पुर्णरुपमा गम्भीर रहेको भन्दै मुख्यमन्त्रीले आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशिलता बढाउन थप प्रेरणा प्रदान गरोस भनी शुभेच्छ सहित मुक्त कमैयाहरुलाई स्वरोजगार बनाउने, उनीहरुको उत्पादन र सिपलाई बजारसम्म पु¥याउने अभियानमा कमैया आन्दोलनको अभियान्ताको हैसियतले संगै रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।