ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

अक्षर चिनाउने लक्ष्यमा तीन तहकै सरकार फेल

२३ भाद्र २०७८, बुधबार
२३ भाद्र २०७८, बुधबार

संघ, प्रदेश र स्थानीय सरकारले शिक्षालाई प्राथमिकता नदिदा आफैले निर्धारण गरेको शैक्षिक लक्ष्य पूरा हुन सकिरहेको छैन् । नीति तथा कार्यक्रम पुस्तिका राम्रो देखाउन साक्षर नेपाल, साक्षर प्रदेश र साक्षर पालिका बनाउने शब्द लेख्न नछाडेका सरकारहरुले बजेट पुस्तिकामा भने कार्यक्रम उल्लेख गर्न नै भुल्ने गरेका छन् ।

जनतालाई अक्षर चिनाउने काममा तीन तहकै सरकार फेल भएका छन् । प्रदेश सरकार र स्थानीय सरकार स्थापना भएपछि साक्षर नेपाल अभियानले सार्थकता लिने अपेक्षा गरिएको थियो । २०७२ सालभित्र साक्षर नेपाल बनाउने लक्ष्य पूरा गर्न नेपाल सरकारले २०६५ सालदेखि साक्षर नेपाल अभियान शुरु गरेको भएपनि सफल हुन सकेको थिएन ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा एकबर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य राखेको थियो । तर आर्थिक बर्ष २०७७/७८ को अन्त्यसम्ममा पनि यसले मूर्त रुप लिन सकेको छैन् । आर्थिक बर्ष २०७४÷७५ का मा बाँके र कपिलवस्तु जिल्ला साक्षर बनाउन एक जिल्लालाई ५ लाखका दरले १० लाख बिनियोजन गरेको भएपनि त्यसपछिको बजेट कार्यक्रममा भने प्रदेश सरकारले बजेट छुट्याउने गरेको छैन् । तर नीति तथा कार्यक्रममा भने साक्षर प्रदेश घोषणा गर्ने बाक्य लेख्न छाडेको छैन् ।

लुम्बिनी प्रदेशमा एक उपमहानगरपालिका, ३ नगरपालिका र ६ पालिकाले साक्षरताको सूचक पूरा गर्न सकेका छ्रैनन् । सूचक पूरा गर्न नसक्ने स्थानीय तहमा कपिलबस्तुमा ६ र बाँकेका ४ स्थानीय तह छन् । ति स्थानीय तहमा अहिले पनि अक्षर चिन्न र पढ्न सक्ने जनता ९५ प्रतिशत कम छ । संविधानमै आधारभूत तह निःशुल्क र अनिवार्य भनिएपनि संघ, प्रदेश र स्थानीय तहले जनतालाई अक्षर चिनाउन समेत सकेका छैनन् ।

संघीयताको कार्यान्वयनपछि बाँकेका चार र कपिलवस्तुको दुई स्थानीय तहले मात्रै साक्षर पालिका घोषणा गरेका छन् । त्यसरी साक्षर घोषणा गर्नेमा बाँकेको कोहलपुर नगरपालिका, जानकी गाउँपालिका खजुरा गाउँपालिका र राप्ती सोनारी गाउँपलिका साथै कपिलवस्तुको शिवराज नगरपालिका र सुद्धोधन गाउँपालिका छन् ।

बाँकेमा ८ वटा स्थानीय तह मध्ये अझै पनि ४ वटा तहले घोषणा गर्न सकेका छैनन् भने कपिलवस्तुमा १० वटा तह मध्ये ६ वटा तहले घोषणा गर्न बाँकी छ । कपिलवस्तु र बाँके गरी साक्षर घोषणा हुन बाँकी १० स्थानीय तह छन् । कपिलवस्तुको बुद्धभूमि र वाणगंगा नगरपालिका राज्यको पुनःसंरचना हुनु अघि नै त्यहाँ गाभिएका गाविसहरु घोषणा भएको हुदा साक्षर तहको गणनामा परेको छ । बाँकेमा साक्षर घोषणा हुन नसकेका स्थानीय तहरुमा नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ र डुडुवा गाउँपालिका छन् । ति गाउँपालिकाहरुले निरक्षरको तथ्यांक, कर्मचारी र बजेट तथा कार्यक्रमको अभाव झेलिरहका छन् ।

कपिलवस्तुको १० वटा स्थानिय तहमध्ये तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका गरी ६ पालिकाले अहिलेसम्म साक्षर पालिका बनाउन सकेका छैनन् । त्यसरी साक्षर घोषणा हुन नसकेका पालिकाहरुमा कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा, मायादेवी र विजयनगर गाउँपालिका रहेका छन् ।

लुम्बिनी प्रदेशको कपिलवस्तु र बाँके जिल्ला बाहेकका १० जिल्ला साविकको अनौपचारिक शिक्षा केन्द्र, सानोठिमीको पहल र साविकको जिल्ला शिक्षा कार्यालयको अगुवाइमा साक्षर जिल्ला घोषणा भइसकेका छन् । यस प्रदेशमा पुरुषको तुलनामा महिलाको साक्षरता प्रतिशत १७ प्रतिशतले कम छ ।

प्रदेश सरकारले साक्षरता कार्यक्रमको सहजीकरण गरेपनि आर्थिक बर्ष २०७५/०७६ मा चार पालिका मात्रै साक्षर बनेपनि जिल्ला घोषणा भने हुन सकेको छैन् । घोषणा भएका १० जिल्ला प्रदेश सरकार स्थापना हुनु अघि नै साक्षर जिल्ला भनि घोषणा भइसकेका जिल्ला हुन ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालय, लुम्बिनीका निर्देशक टिकाराम अर्यालले प्रदेशलाई साक्षर प्रदेशको रुपमा घोषणा गर्ने गरी काम अगाडी बढाएको भएपनि लक्ष्य पूरा गर्न नसकिएको बताए । निर्देशनालयले स्थानीय तहले गरेको साक्षरता सम्बन्धी क्रियाकलापको रिपोर्टको अध्ययन गरिरहेको उनले बताए ।

स्थानीय तहले शिक्षालाई प्राथमिकता नदिदा ति पालिकाहरुले साक्षर स्थानीय तह बनाउन नसकेका हुन । अनौपचारिक शिक्षाको कार्यक्रम संचालन र अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण गरिएका शिक्षा सम्बन्धी अधिकारमा पर्दछ । संघीय र प्रदेश सरकार पनि अक्षर चिनाउने जिम्मा स्थानीय सरकारको हो भन्दै स्थानीय सरकारलाई सहयोग गर्नबाट भागिरहेका छन् ।

बुटवलमा साक्षर बढी
बाँकेको नरैनापुरमा निरक्षर
२०६८ को जनगणना अनुसार पालिका तहमा साक्षरता दरलाई हेर्दा सबैभन्दा बढी साक्षरता दर बुटवल उपमहानगरपालिकाको ८७.४ प्रतिशत छ । जसमा पुरुष ९२.५ र महिला ८२.५ प्रतिशत छ ।
सबैभन्दा कम साक्षरता दर भएको पालिकामा बाँकेको नरैनापुर छ जहाँको साक्षरता दर ३०.६ हो । जहाँ पुरुष ३८.५ र महिला २२.१ प्रतिशत छ ।

बुटवल उपमहानगरपालिकाले वि.स. २०७२।०३।२८ गतेका दिन साक्षर नेपाल अभियान अन्तर्गत पूर्ण साक्षर उपमहानगर घोषणा गरिसकेको छ । उपमहानगरमा साक्षर गराउनुपर्ने जनसंख्या १२८७३० रहेकोमा साक्षर भएका जनसंख्या १२८२३८ उल्लेख गरिएको छ । यसरी साक्षर हुदा नगरको साक्षरता प्रतिशत ९९.६१८ प्रतिशत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?