ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सावधानी अपनाउँदै खुले स्कुल

२१ भाद्र २०७८, सोमबार
२१ भाद्र २०७८, सोमबार

वैकल्पिक विधिले बालबालिकालाई सिकाइसँग जोड्न नसकेपछि विद्यालयहरुले अभिभावकसँगको छलफलपछि पालोगरी स्कुल बोलाइरहेका छन् । कतिपय विद्यालयका शिक्षकहरु भने आफै बालबालिकाको टोल टोल र घरघरमा पुगी सिकाउने गरेका छन् ।

कोरोना महामारीका कारण पठनपाठन ठप्प भएका प्यूठानका अधिकांश विद्यालयहरुले सावधानी अपनाएर विद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सूचारु गरेका छन् । वैशाखदेखि लागु हुँदै आएको शैक्षिक शत्र यसवर्ष असारबाट शुरु गर्ने सरकारले निर्णय गरेको थियो । शैक्षिक शत्रको शुरुवाती दिनदेखि नै विद्यालय ठप्प थिए ।

जिल्लाका दुई स्थानीय तह प्यूठान नगरपालिका र मल्लरानी गाउँपालिका बाहेक सवै स्थानीय तहले भौतिक उपस्थितीमा पढाउन थालेको विद्यालयहरुले बताएका छन् । नौवहिनी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा भदौ सात गतेदेखि नियमित रुपमा पठनपाठन भइरहेको छ ।

विद्यार्थीहरुलाई जोर विजोर बारमा बोलाउने गरिएको ज्ञानज्योती माध्यमिक विद्यालय नौवहिनी गाउँपालिका २ लिघाका प्रधानाध्यापक श्यामबहादुर जिसीले जानकारी दिए । आइतवार, मंगलवार, विहिवार १, ३, ५, ७ र ९ कक्षाका विद्यार्थी र सोमवार, बुधवार, शुक्रवार २, ४, ६, ८ र १० कक्षाका विद्यार्थी विद्यालय आउने गरेको उनले सुनाए । ‘स्कुल खुलेदेखि विद्यार्थीहरु नियमित रुपमा आइरहेका छन्’,उनले भने,‘विद्यार्थीहरुमा कुनै समस्या छैन्, कोरोनाको पूर्ण सावधानी अपनाएका छौँ ।’ गाउँपालिकाले विद्यालयमा मास्क, सेनिटाइजर र साबुन दिएको उनले बताए ।

धेरै समयपछि विद्यालय खुल्दा विद्यार्थीहरु उत्साहित भएर पढ्न आइरहेको लिघाकै अन्धनासक माध्यमिक विद्यालयका प्रधानाध्यापक नेपालसिँह पुरीले अनुभव सुनाए । जोर, विजोरको बारेमा कक्षागत रुपमा जानकारी गराएपछि आफ्नो बारमा विद्यार्थीहरु आउने गरेको उनको भनाई छ । ‘सात गतेदेखि नियमित पठनपाठन भएको छ’, उनले भने, ‘शैक्षिक शत्रको दुई महिनापछि विद्यालय खोलेका हौँ, अनलाइन कक्षा संचालन गर्न हाम्रोजस्तो दुर्गम क्षेत्रमा नहुँदो रहेछ ।’ ५ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेको उनले बताए । शिक्षक विद्यार्थीका लागि मास्क, सेनिटाइजर, हातधुने साबुन सहित स्वास्थ्य सामग्री खरिद गर्नका लागि गाउँपालिकाले १ लाख ८ हजार रुपैयाँ बजेट दिएको पुरीले सुनाए ।

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्नका लागि प्रत्येक विद्यालयको खातातामा स्वास्थ्य सामग्री खरिदका लागि बजेट पठाइएको नौवहिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र बर्माले जानकारी दिए । विद्यालय नियमित खुले नखुलेको गाउँपालिकाले अनुगमन गरिरहेको समेत उनले सुनाए ।

पठनपाठनको वैकल्पिक विधि सफल नभएपछि विद्यालय सवै विद्यालयहरु सूचारु भएको झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिए । ‘विद्यालयलाई प्राथना नगर्न भनेका छौँ’,उनले भने,‘विद्यार्थीहरुबीच दुरी कायम सहित स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको छ ।’ कक्षा कोठामा ३० जना भन्दा बढी विद्यार्थी भएमा दुई समूहमा विभाजन गरेर पढाइरहेको उनले जानकारी गराए । गाउँपालिकामा ४६ सामुदायिक र ८ संस्थागत गरी ५४ वटा विद्यालयहरु रहेको भुसालले बताए ।

जिल्लाका मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिका बाहेक सवैले विद्यालय भौतिक उपस्थितीमा पठनपाठन थालेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पण्डितले जानकारी गराए । ‘विद्यालय खुलेपछि शिक्षक, विद्यार्थीमा कोरोना जोखिम बढेको लगाएतका समस्या, गुनासा आएका छैनन्’,उनले भने,‘विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पढाइरहेका छन् ।’ जिल्लाभर सामुदायिक ३ सय ९७ र संस्थागत ४६ गरी कुल ४ सय ४२ वटा विद्यालयहरु रहेको पण्डितले जानकारी गराए ।

विद्यालय सूचारु नगरेका मल्लरानी गाउँपालिकामा २२ र प्यूठान नगरपालिकामा ५२ वटा विद्यालयहरु रहेको उनको भनाई छ । पण्डितका अनुसार स्वर्गद्धारी नगरपालिकाले विद्यार्थीहरुको घरदैलोमा पुगेर पठनपाठन थालिरहेको छ । जिल्लामा सवैभन्दा पहिले भौतिक रुपमा नौवहिनी र झिमरुक गाउँपालिकाले पठनपाठन थालेका हुन् ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको स्वास्थ्य कार्यालय, प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठले जानकारी दिए । उनले आईतबारसम्म पिसिआर परिक्षणबाट ८ जना र एन्टिजिन परिक्षणबाट ६० जना गरि कुल ८६ जना संक्रिय संक्रमित रहेको बताए ।

३२ वटा मोवाइलबाट
पढाउँदै माण्डवी

माण्डवी गाउँपालिका–३ नयाँगाउँमा रहेको माण्डवी गाउँपालिकाले फरक शैलीबाट पठनपाठन थालेको छ । विद्यालयले विद्यार्थीहरुलाई मोवाइलमा फोन गरेर पढाउने गरेको हो । कोरोना जोखिमले विद्यार्थीहरुलाई भौतिक उपस्थिती गराउन सहज नदेखिएपछि फोनकलबाटै पढाई थालिएको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए । सवै विद्यार्थीहरुसँग इन्टरनेट चल्ने मोवाइको पहुँच नभएपछि साधारण मोवाइलबाट विद्यार्थीहरुलाई फोन गरेर पढाउने व्यवस्था मिलाइएको पौडेलले बताए ।

अनलाइन कक्षा भन्दा फोनकल धेरै प्रभावकारी देखिएको प्रधानाध्यापक पौडेलले जानकारी गराए । विद्यालयले दश समूहमा विद्यार्थीलाई विभाजन गरेर पढाउने गरेको छ । त्यसका लागि गाउँपालिकाले दिएको बजेटमा विद्यालयले ३२ वटा साधारण मोवाइल खरिद गरेको छ । उक्त विद्यालयमा शिक्षकले प्रयोग गर्ने एक मोवाइलमा एक पटकमा आधा दर्जन विद्यार्थी जोडिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?