© २०२३
भुतmानी लिएर पनि बेलामा ठेकेदारले काम नगरिदिदा पाल्हीनन्दन गाउपालिका ६ सनईका बासिन्दा मर्कामा परेका छन् । असार मसान्त भित्र काम सम्पन्न गर्ने गरि गाँउको विचमै पुल निर्माण गर्न सम्झौता गरेको भए पनि अहिलेसम्म पुलको काम सम्पन्न नहुदा खोला थनिएर गाँउमा पानी पस्ने खत्तरा बढेको गुनासो स्थानियबासीले गरेका हुन् ।
गाँउ भएर बगेको रामखण्डा खोलाको पुलका लागि गाउपालिकाले २५ लाखको लागतमा पुल बनाउने सम्झौता स्थानिय ठेकेदार अखिलेस यादवसंग गरेको थियो । तर ठेकेदारले काममा ढिलाई गरेका कारण अहिले गाँउलेको आवगमनमा समस्या भएको स्थानिय संजय भरले बताए । अहिलेसम्म काम सकि सकिनु पर्ने हो,उनले भने, तर काम सम्पन्न गरेको छैन् । गाँउपालिका प्रमुख र इन्जिनियरलाई मिलाएर भुतmानी लिई सके पनि काम नगरेको आरोप स्थानियबासीको रहेको छ । यता पुल निर्माणमा ढिलाई भएको स्वीकार गर्दै भुतmानीबारे आफुलाई थाहा नभएको वार्ड नम्बर ६ वार्ड अध्यक्ष किसान यादवले बताए । आफुलाई थाहा भएसम्म ठेकेदारको भुतmानी भएको छैन्, उनले भने, त्यसबारे गाउपालिकालाई मात्रै थाहा हुनु पर्ने हो ।
गाउपालिकाको अनुगमन समितिका संयोजक समेत रहेकी उपाध्यक्ष पावित्रि कोहाँरले पुल मात्रै होईन,गाउपालिकाद्धारा धेरै योजनाको बारेमा आफुलाई जानकारी नभएको बताईन् । अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले आफुलाई बाईपास गरि योजनाको अनुगमन आफै गर्ने र भुतmानी गराउने गरेको हुदा आफुले अधिकाँस योजनाको अनुगमन नै नगरेको बताएकी थिईन् । आफुले अनुगमन प्रतिवेदन समेत दिएको छैन्,उनले भनिन, कुनै पनि योजनाको काम आफुले नहेरी प्रतिवेदनमा सही नगर्ने जनाए पनि अध्यक्ष आफैले प्रतिवेदन पेश गराए होलान,त्यसको जिम्मेवारी पनि उनले नै लिईनु पर्ने उनको भनाई थियो । यता योजनाको भुतmानी रनिगँ बिलको आधारमा मात्र दिदै आएको हुदा काम भएको आधारमा मात्र भुतmानी भएको हुनु पर्ने सम्भाब्यता लेखापाल दिलिप यादवले ब्यतm गरे ।
बाकी भुतmानी यदि गाउपालिकाको योजना शाखाले म्याद थप गरि भुतmानीका लागि सिफारिस गरेमा मात्र उपलब्ध गराउन सक्ने उनको भनाई थियो । रकम फ्रिज भए पछि भुतmानी कहाँ र कसरी गर्छन् ? भनि गाउपालिकाकै कर्मचारीले गोप्य रुपमा योजान सम्पन्न नभए पनि प्रतिवेदन तयार गरि चेक काटेर राखिएको हुनु पर्ने आशंका ब्यतm गरेका छन् । सो योजनाबारे गाउपालिका अध्यक्ष गुप्ताले कुनै अनियमितता नभएको दाबी गर्दै केही ब्यतिm आफ्नो पछाडी परेको सफाई पेश गरे । आफुलाई काम गर्न नदिइने नियतले विपक्षीहरु र विकास विरोधी ब्यतिmहरुले ठाँउ ठाँउमा मुद्दा हाल्दै अवरोध गर्दै आएको सुनाए । एक बर्षको अवधीमा अख्तियार दुरुपयोग अनुसंधान आयोग र उच्च अदालतमा परेको २७ वटा झेल्दै काम गर्न परेको बताए । गाउपालिका अध्यक्ष गुप्ता अराजक शैलीमा नीति नियम र कानुन मिचेर काम गर्न अगाडी बढ्दा यतिको मुद्दा परेको स्थानियबासीको भनाई रहेको छ । आफ्नै उपाध्यक्ष जो न्यायिक समितिका संयोजक र अनुगमन समितिका संयोजक हुन उनलाई नै बाईपास गरि काम गर्न अगाडी सर्छन् भने स्थानियबासीलाई के टेर्छन ? एक स्थानियबासीले भने ।