ट्रेंडिंग:

>> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो

मिटरब्याजी नै प्रशासन धाउन थालेपछि पीडित सशंकित

२४ असार २०८०, आइतबार
२४ असार २०८०, आइतबार

दाङ, २४ असार ।

मिटर ब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्च स्तरीय आयोग गठन गर्यो । सोही आधारमा आयोगले मिटर ब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाईनबाट सिँधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने गरी व्यवस्था गरेपछि उजुरी दिए । तर, दिएको उजुरीको सुनुवाई नुहँदै मिटर ब्याजीहरुले उल्टै आफूहरु पनि अन्यायको परेको भन्दै प्रशासन धाउन थालेपछि मिटर पीडित संघर्ष समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

मिटर व्याज पीडितको समस्या समाधान गर्न छानबीन आयोगले काम गरिरहेको बेलामा दाङमा मिटर ब्याजीहरुले आयोगको मर्म र सिद्धान्त विपरित फेरि मिटरब्याज पीडितलाई धम्क्याउने, गालीगलौज गर्नेलगायत काम गर्न थालेको भन्दै मिटर ब्याज पीडित संघर्ष समितिले यस प्रकारका काम अबिलम्ब रोक्न भनेको छ ।

संघर्ष समितिकी केन्द्रीय सदस्य पार्वती भुसालले मिटर ब्याज पीडितलाई फेरि धम्क्याउने, डर देखाउने खेल शुरु भएको बताइन् । ‘प्रहरी लगाएर थुनाउँछौँ भन्ने कुरा पनि गर्ने गरेका छन्’ उनले भनिन् ‘यस प्रकारको गलत काम तत्काल रोक्न प्रहरी प्रशासनलगायत सरोकार सबैमा सहजीकरणका लागि अनुरोध छ । आज मिटर ब्याजीका कारण फेरि पीडित घर बाहिर निस्कन नसक्ने वातावरण बनेको छ ।’

आयोगले दिएको समय अनुसार जिल्लामा ३ सय ६१ वटा मिटरब्याज पीडितले अनलाइन उजुरी दिएका छन् । यसअघिको ७० वटा मुद्दा पनि जिल्ला प्रशासनमा बाँकी नै रहेको छ । यी सबै फाईलको अनुसन्धान र प्रकृया बाँकी रहेको बेलामा मिटरब्याजीले नियतवश फेरि दुख दिन थालेको भन्दै पीडितहरु झस्किएका छन् । हालको अवस्थामा उच्चस्तरीय छानबीन आयोगमा जिल्लाबाट समस्यासहितको निवेदन पुगेको बेलामा अब आयोगले सबै काम गर्ने हुँदा यसबीचमा कुनै पनि मिटरब्याजीले ऋणीलाई धम्क्याउने, तर्साउने काम गर्न नमिल्ने अवस्थामा पनि यस प्रकारको काम भईरहेकाले आफुहरु थप मारमा परेको बताइन् ।

उनले यसरी पीडितलाई तनाव दिने, धरपकड गर्नेलाई नियन्त्रणमा लिन माग पनि गरेकी छन् । ‘लिएको ऋणको ब्याजथ तिर्दा तिर्दा हैरान भईसक्यो, साँवा र ब्याज तिरेर सकिएको छैन । लाखौँ रकम मिटरब्याजीलाई बुझाउँदा बुझाउँदै जुनी जाने भयो, यही पीडामा हामी छौँ, यस्तो बेलामा फेरि तर्साएर के गर्न खोजेको हो ?’ उनले भनिन्, ‘कुनै कारणवश मिटर ब्याज पीडितलाई केही भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी अहिले टाउको उठाई रहेको मिटरब्याजीहरुले लिनुपर्छ । हामीलाई यतिबेला सुरक्षा चाहिएको छ ।’

जिल्ला प्रशासन कार्यालयमा पुगेर मिटरब्याजीहरुले विभिन्न खालका दवाव दिन सुरु गरेको बताईएको छ । आइतबार पनि जिल्लाका केही मिटरब्याजीहरु भेला भएर ऋणीहरुबाट साँवा ब्याज माग गर्दै निवेदन दिन गएको बुझिएको छ । यद्यपि, मिटरब्याजीहरुको निवेदन जिल्ला प्रशासनले लिन मानेको छैन । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आयोगले आफ्नो ढंगबाट काम गरिरहेको अवस्थामा अहिले आएर फेरि मिटरब्याजीहरु निवेदन लिएर आउनु उचित नभएकाले यसबारे केही हुँदैन भनेर उनीहरुलाई फर्काई दिएको बताए ।

अहिले सालतमामी चलिरहेकाले आयोगले दिएको जिम्मेवारी अनुसारको काम पनि केही दिनपछि थालनी हुने उनको भनाई छ । छिनुवा पास, दृष्टि बन्धक, खाली चेक, २०४६ सालको कारोबारको पनि जिल्लामा निवेदन परेको छ । निवेदन उपर छानबीन गर्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको संयोजकत्वमा सरकारी कर्मचारी, सरकारी वकिल कार्यालयको सहन्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालय र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयको सुब्बा रहने र चाप हेरेर एक अधिकृत थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

यता, मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएपछि पीडित फेरि आन्दोलित भएका छन् । अहिले देशभरका मिटरब्याज पीडित काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । जिल्लाबाट पनि सो आन्दोलनमा सहभागीता रहेको छ ।

यता, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले सानो रकम ब्याजमा लगाएर मिटर ब्याजका रुपमा कारोबार गरे छोटो समयमा मोटो रकम कुम्ल्याउने दाउमा ऋणीलाई डुबाउने खेल चलेपछि अहिले प्रहरीले यस प्रकारका घटनामा बढी संवेदनशील भएर काम गर्न थालेपछि मिटर ब्याजी केही हच्किएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?