ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक

६ आश्विन २०८१, आइतबार
६ आश्विन २०८१, आइतबार

बुटवल, ६ असोज ।

रोटरी क्लव अफ बुटवल चौतारीले पाल्पाको नुवाकोटगढीमा क्लवको २२० औं नियमित बैठक सम्पन्न गरेको छ । क्लवको वर्ष २०२४–२५ को ११ औं बैठक बुटवलबाट केवलकारमार्फत नुवाकोटगढी पुगेर सम्पन्न गरिएको हो ।

ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नुवाकोटगढीमा क्लवको बैठक आयोजना गरिएको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।

एक अर्व रुपियाँ लगानीमा बनाइएको केवल कार केही दिनअघि मात्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको थियो । यसको औपचारिक उदघाटन भने अझै गरिएको छैन । स्थानीय उद्योगी व्यवसायीको लगानीमा निर्माण गरिएको केवलकारको व्यावसायिक यात्रामा साथ दिन र पर्यटकीय क्षेत्रको उजागर गर्नका लागि क्लवले नुवाकोटमा बैठक आयोजना गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

रोटरी क्लव अफ बुटवल चौतारीलाई सिद्धार्थ केवलकारले निःशुल्क रुपमा नुवाकोट लैजाने प्रवन्ध गरेको थियो । पाल्पाको तिनाउँ गाउँपालिकामा पर्ने नुवाकोट गढीमा भएको बैठकमा करिव ५० जना रोटरीयन सहभागी थिए ।

बैठकमा सहभागी भएका सिद्धार्थ केवलकार प्रालिका सञ्चालक केयरसिंह खड्काले नुवाकोट धार्मिक स्थल र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।

बालरोग विशेषज्ञ डा. सुन्दर न्यौपानेले रोटरी क्लव अफ बुटवल चौतारी जस्ता सामाजिक संस्थाले यस्ता ठाउँमा बैठक आयोजना गर्दा यसको प्रचारप्रसारमा समेत योगदान पुग्ने बताए । पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले हालै मात्र सञ्चालनमा आएको सिद्धार्थ केवलकारले रोटरी जस्ता संस्थालाई साथमा लिएर अगाडि बढ्न सके सफलता प्राप्त गर्न सक्ने बताए । बैठकमा रोटरी क्लव अफ बुटवल चौतारीका एडमिन चेअर कृष्ण पाण्डे मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको उपसभापतिमा तथा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी जिल्ला सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष माधव नेपालले केबलकारको बटम–स्टेसन रहेको पारि बुटवलको देउराली डाँडामा पार्क निर्माणका लागि विभिन्न संरचना बनिरहेका र केही समयमा टप स्टेशनमा समेत संरचना बन्ने जानकारी दिंदै रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई नुवाकोटमा ल्याएर केवलकारको प्रचारप्रसार र यहाँको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेलेको बताए ।

क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले आगामी दिनहरुमा पनि नुवाकोटमा यस्ता कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?