ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

फ्रि भिषा फ्रि टिकट : आठ वर्षसम्म कागजमै

२३ असार २०८०, शनिबार
२३ असार २०८०, शनिबार

काठमाडौँ, २३ असार ।

मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलाग्दी शुल्क लिँदै आएका छन् ।

सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले खाडी र मलेसियामा जाने श्रमिकको हकमा निःशुल्क टिकट लागु गरेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार निःशुल्क भिसा र टिकट लागु भएपछि विभागबाट करिब ३२ लाखले श्रम स्विकृति लिएर बिदेसिएका छन् । जसमा ८५ देखि ९० प्रतिशत हिस्सा सरकारले निःशुल्क भिसा र टिकट लागु गरेका देशहरूले ओगटेका छन् ।

निःशुल्क भिसा र टिकटको नीति लागु भए पनि कार्यान्वयन नभएको स्वयम् म्यानपावर व्यवसायी पनि स्वीकार्छन् । नीति कार्यान्वयन गर्नुपर्ने निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारी पनि निःशुल्क भिसा र टिकट कार्यान्वयन हुन नसकेको विषयमा बेखबर छैन ।

वैदेशिक रोजगार व्यवसायीहरूले खाडी र मलेसिया जाने श्रमिकलाई १० हजार रुपियाँको रसिद थमाएर चार लाख रुपियाँसम्म असुल्दै आएका छन् । चार लाख रुपियाँसम्म बुझाएका श्रमिकसँग १० हजारको मात्रै रसिद हुने भएकाले विदेश जाने श्रमिक ठगीमा पर्दै आएका छन् । सरकार नीति लागु गरेरै मक्ख छ यथार्थ अवस्था सबैलाई अवगत नै छ तर व्यवहारमा भने अर्कै छ । निःशुल्क भिसा र टिकट लागुभएका देशका लागि वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि कार्यालय खर्चबापत प्रतिश्रमिक पठाएबापत न्यूनतम १० हजार रुपियाँ मात्रै लिन पाइने व्यवस्था छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले खाडी र मलेसिया पठाउनका लागि सरकारले तोकेको १० हजार शुल्क अव्यवहारिक भएकाले श्रमिक बढी मर्कामा परेको स्वीकार गरे । उनले भने, “खाडी र मलेसियामा जाने श्रमिकसँग हाल तोकेको शुल्कमा पुनरवलोकन गरी न्यूनतम श्रमिकको एक महिनाको पारिश्रमिक बराबर रकम लिने व्यवस्था गर्नुपर्छ । यसले श्रमिकलाई नै बढी लाभ हुन्छ ।” उनले गन्तव्य देशका रोजगारदातासँग किनेर ल्याएका मागलाई व्यवसायीहरूले १० हजार रुपियाँ मात्रै लिएर पठाउन नसकिने बताए ।

सरकारले उक्त नीतिमा पुनरवलोकन गरी श्रमिकको एक महिना बराबरको पारिश्रमिक दिने व्यवस्था गरिएमा यसको कडाइका साथ कार्यान्वयन गर्न व्यवसायीले सरकारलाई सहयोग गर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता सोम लुइटेलले भने श्रमिकको हितमा भएको नीतिमा पछाडि सर्न नहुने तर्क गरे । बरू श्रमिकलाई मर्का नपर्ने गरी निःशुल्क भिसा र टिकट कार्यान्वयनमा कसरी सहज गर्न सकिन्छ भन्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जिम्मेबार हुनुपर्ने आवश्यकता औँल्याए ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले निःशुल्क भिसा र टिकट कार्यान्वयनमा चुनौती भएको स्वीकार गरे । निःशुल्क भिसा र टिकटको नीतिले श्रमिक ठगिने क्रम नरोकिएकाले समाधान खोज्नुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको बताउँदै उनले भने, “रोजगारदाताबाट शून्य लागत भनेर आएकोमा १० हजार मात्रै लिन पाइने, नेपालका रोजगारदाता कम्पनीले गन्तव्य देशका रोजगारदातासँग किनेर ल्याएकोमा केही रकम तोक्ने कि भन्ने छ । यो छलफलकै चरणमा छ । टुङ्गो लागेको छैन ।” सहसचिव पोखरेलले निःशुल्क भिसा र टिकट भनेर आएका मागमा पनि व्यवसायीले श्रमिकसँग पैसा लिनेमा कारबाही गरिने बताए ।

वैदेशिक रोजगारको क्षेत्रका अनुसन्धानकर्ता रामेश्वर नेपालले निःशुल्क भिसा र टिकटको लाभ सरकार तथा श्रमिक दुवैले लिन नसकेको बताए । राज्यले दिने श्रम स्वीकृतिका आधारमा हेर्ने हो भने निःशुल्क भिसा र टिकटमै श्रमिक गइरहेको देखिन्छ तर वास्तवमा रोजगारीको खोजीमा बिदेसिएका श्रमिकले निःशुल्क भिसा र टिकटको फाइदा लिन नपाएको उनको भनाइ छ । श्रम मन्त्रालयले २१ असार २०७२ मा प्रमुख सात श्रम गन्तव्य मुलुकमा जाने नेपाली श्रमिकको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था गर्नुपर्ने नीति गरेको थियो तर त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले प्रभावकारी अनुगमन र नियमनको काम गरेन । यसले श्रमिक ठगिरहने अवस्था रहिरह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?