ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

लालपुर्जाको आशामा बित्यो तीन दशक

आधुनिक प्रविधि र उपकरणको प्रयोगको दाबी गरे पनि भूमि आयोगको काम सुस्त
२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

बुटवल, २० असार ।

फुलबारी टोलका ध्रुवराज खनालले जग्गा नापजाँचका लागि अमिन टोली आउने भन्ने थाहा पाएपछि लगातार एक हप्तासम्म घरबाट कतै बाहिर गएनन् । आफ्नो जग्गाको प्लट चाँडो नापेर हातमा लालपुर्जा पाउने उनमा छटपटी थियो । एउटा बासको सानो टुक्रो रहेको उनको प्लट नाप्न ३ दिन लागेको उनको दुःखेसो छ । ‘बल्ल बल्ल जग्गा नाप्ने काम सकियो’—उनले भने । राजनीतिक परिवर्तनसंगै स्थानीय सरकार बदल्ने र पटकपटक नापजाँच गर्न आउने भएपनि लालपुर्जा भने हात नलागेको उनी बताउँछन् । ‘२०५१ साल यता ३ पटक नापजाँच भैसकेको छ’— उनले भने । खनालले सुकुम्बासी वा अब्यवस्थित बसोबासीलाई लालपुर्जा दिने नाममा हैरानी ब्यहोर्नुपरेको बताए ।

वि.सं. २०५१ सालदेखि बुटवल–२ पाखापानी मनकामना मन्दिर छेउँमा जग्गा किनेर बसोबास गर्दै आएका देवी जोशीको परिवारले लालपुर्जा पाउने आशामा बर्षौं बिताए । अब्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्बासीको नाममा धेरै राजनीति भएको उनी बताउँछन् । जग्गा नापजाँच गर्ने तर हातमा लालपुर्जा नपाउने गरेको उनको दुःखेसो छ । ‘धेरै ढिलाई भैरहेको छ’— उनले भने । यसले स्थानीयमा लालपुर्जा पाउने आशाभन्दा निराशा बढेको छ । लगनगाँठो कसेसंगै बुटवल बसाई सरेका जोशीका ३ जना सन्तान त्यहीं जन्मे, हुर्के । दुई जना युरोप र अमेरिका पुगिसके । प्रत्येक पटक चुनावअघि नेताहरुले लालपुर्जाको आश्वासन बाँड्ने गरेपनि ३ दशकसम्म कुनै प्रगति नभएको गुनासो गरे । स्थानीय निकाय र विभिन्न आयोगले पटक पटक लगत संकलन, टोकन वितरण र नापजाँच भन्दा काम अघि नबढेको उनी बताउँछन् ।

गत महिना जेठ २९ गतेबाट बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा जग्गा नापजाँच शुरु भएको हो । जनशक्ति अभावका कारण एउटै वडामा जग्गा नापजाँच गर्न मात्रै झण्डै १ महिना लाग्ने देखियो । यसले स्थानीयहरुमा निराशा उत्पन्न भएको गुनासो र चिन्ता ब्यक्त गर्न थालेका छन् ।
सुकुम्बासी तथा अब्यवस्थित बसोबास क्षेत्रमा नापजाँच गरी राष्ट्रिय भूमि आयोगले लालपुर्जा ( जग्गाधनी प्रमाणपत्र) दिने ब्यवस्था भए बमोजिम काम अघि बढाइएको भएपनि आयोग काम फत्ते गर्न सकेको छैन ।

बुटवल उपमहानगर वडा नम्बर २ का अध्यक्ष सुनिल शाक्यले नापजाँच हुनु सकारात्मक भएपनि काममा ढिलाईको कारण समस्या भएको बताउँछन् । आधुनिक प्रविधि र उपकरणको प्रयोगबाट नापजाँचको प्रक्रियालाई तीब्रता दिनुपर्ने उनको सुझाव छ । फेरि पनि सरकार तलमाथि भएर आयोग विघटन भै काम ठप्प हुने होकी भन्ने आशंका रहेको अध्यक्ष शाक्य बताउँछन् । वडा तहबाट समन्वय, सहकार्य र सहयोग प्रयाप्त भैरहेको उनको दावी छ ।

जिल्लाका करिब १ लाख कित्ता भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबास क्षेत्रमा रहेका जग्गाको नापजाँच भैरहेको राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बताए । शुरुमा नापजाँच गर्ने सामग्री, उपकरण र दक्ष जनशक्तिको अभावमा ढिलाई भएको स्वीकार्दै स्थानीय तहको समन्वय र सहयोगमा उपकरण र जनशक्ति ब्यवस्थापन गरिएको बताए । हालसम्म ५ हजार कित्ताको नापजाँच सकिएको र लालपुर्जाको प्रकृयामा गैसकेको उनले दाबी गरे । ‘आगामी ३ महिनाभित्र आवश्यक सबै प्रकृया पुरा गरी जिल्लाका १५ हजार जनालाई लालपुर्जा वितरण गरी जग्गाधनी बनाउँछौ’— उनले भने ।

बुटवलको वडा नम्वर २, ७, १२, १३, १७, १८, १९ मा रहेका सुकुम्बासी, दलित तथा अब्यवस्थित जग्गामा बसोवास गर्ने मानिसहरुको लगत संकलन गर्ने कार्य यसअघि नै सम्पन्न भैसकेको छ । लगत संकलनमा देखिएको जग्गाको प्रकृतिअनुसार उपमहानगरमा भूमिहीन दलित ८ सय ३०, भूमिहीन सुकुम्बासी ३ सय २० र अव्यवस्थित बसोबासीहरुको संख्या १५ हजार ५ सय ७३ रहेको भूमि आयोग, बुटवल उप–महानगरपालिका सेवा केन्द्र प्रमुख विजयदेव भूर्तेलले जानकारी दिए । भुर्तेलका अनुसार रुपन्देहीको बुटवल उपनगरपालिका भित्र १६ हजार ७ सय २३ जनाले फारम भरेका थिए ।

पहिले नै नापी भैसकेका विभिन्न वडाका ३० घरधुरीले भने लालपुर्जा प्राप्त गरिसकेको केन्द्र प्रमुख भुर्तेलले बताए । जग्गाको नापजाँच गर्नका लागि डिजिपिएस मेसिनबाट टोटल स्टेशन (फिल्ड नाप्ने) काम तीव्र रुपमा अघि बढेको बुटवल उपमहानगरपालिकाका सर्वेक्षक त्रिदेव बुढाथोकी बताउँछन् । यसअघि डिजिपिएस मेसिनबाट कन्ट्रोल प्वाइन्ट बनाएको र त्यसैलाई आधार बनाएर जग्गाको नापजाँच गरेको सर्वेक्षक बुढाथोकी बताउँछन् । अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक प्रविधि र उपकरणको प्रयोगले जग्गा नापजाँच भैरहेको उल्लेख गर्दै सर्वेक्षक बुढाथोकीले यो नापीबाट जग्गाको यथार्थ विवरण उपलब्ध गराउने दाबी समेत गरे ।

रुपन्देहीमा करिब १ लाखको हाराहारीमा यसप्रकारका घरजग्गा रहेको र जग्गा नापजाँच कार्यलाई तीव्र पार्न रुपन्देहीमा ५ सयवटा जग्गाको विशेष ब्लक बनाई समूहगत रुपमा नापजाँच गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?