© २०२३
बुटवल, १९ असार । तीन दलका शीर्ष नेताहरु संघीय संसद अन्तर्गतका संसदीय समितिको सभापति चयन गर्न सहमत भएका छन् । तीन दलका शीर्ष नेताहरू र सभामुख देवराज घिमिरेबीच आज भएको वैठकमा संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको हो ।
तीन दलका शीर्ष नेताहरूसँग छलफलपछि सभामुख घिमिरेले सभापति चयन गर्दा सकेसम्म समझदारी गर्ने र नभए निर्वाचनबाट गर्ने बताए।
उनले अब अविलम्ब टुङ्ग्याइहाल्नुपर्छ भन्ने विषयमा शीर्ष तहमा सहमति भएको जिकिर गरे।