Butwal Today

एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भोलिबाट हुने महाधिवेशनको तयारीमा नेता र कार्यकर्ताको बाक्लो उपस्थिति छ । देशभरबाट आएका प्रतिनिधि तथा अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका छन् ।

अध्यक्ष पदका दावेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै रहेका छन् । नयाँ नेतृत्वको लागि दुवैबीच प्रतिस्पर्धा तय भए पनि सहमति हुने वा नहुनेबारे अहिलेसम्म यकिन छैन ।

यसैबीच पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ, जहाँ कार्यकर्ताहरूले मतदान प्रक्रिया कसरी सञ्चालन गर्ने भन्ने बुझ्न थालेका छन् । यद्यपि निर्वाचन कार्यक्रमका अन्य विवरणहरू भने अझै तय भइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?