© 2026
काठमान्डौ, २३ मंसिर ।
१९ वर्षमुनिको एसीसी एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरू हुँदैछ । उद्घाटनको दिन भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाबीच खेल हुने तालिका छ ।
प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ । नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलङ्काविरुद्ध खेलेपछि मङ्सिर २९ गते बङ्गलादेश र पुस २ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका सबै खेल सेभेन्स रङ्गशालामा हुनेछन् ।
आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।
प्रतियोगिताका लागि घोषणा गरिएको नेपाली टोलीमा कप्तान अशोक धामी, नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आशिष लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री समावेश छन् ।