Butwal Today

६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २६  मंसिर । 

दैनिक युवाहरूमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटेलमा लगानी थप्दै सुविधा सम्पन्न सेवातर्फ अघि बढेका छन् ।

तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया–१ मा युवा बुद्धिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा शुभारम्भ गरेका हुन । करिब ६० लाख लगानीमा नयाँ व्यवस्थापनसहित भोजनालय सञ्चालनमा आएको हो ।

एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष माधव खनालले उद्घाटन गर्दै धेरै व्यवसाय धराशायी भइरहेको बेला युवा दम्पतीबाट पर्यटन क्षेत्रमा लगानी गरेर अवसर सृजना गरेको बताए ।

कार्यक्रममा सल्लाहकार माधव प्रसाद नेपालले रेष्टुरेन्ट खोल्ने मात्र नभई उद्यमीहरू यसको अर्थमा पनि स्पष्ट हुनुपर्ने बताए । सेवा व्यवसायमा पर्ने राम्रो खाना र नास्ता स्वादिलो बनाएर खुवाउने पेसालाई एकरूपता ल्याउन जरुरी रहेको उनले बताए । आतिथ्य बुझाउने पेसा भएको हुँदा पनि गुणस्तर बढाउने गरि सेवा दिन आग्रह गरे ।  विगत लामोसमयदेखी होटल पेसामै रहेका भट्टराई दम्पतीले लगानी थप गरि सुविधा सम्पन्न सञ्चालनमा ल्याएका हुन । भोजनालयमा हास र बोकाको विशेष परिकार पाइन्छ ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, सचिव तुल्सिराम पराजुलीले मौलिक खानाको परिकार पस्कन सुझाव दिए । तिलोत्तमा नगरपालिका र ओमसतियाको सिमामा पर्ने सिक्सलेन सडकमा खोलिएको भोजनालयमा पाँच वटा क्याबिनसहितको रुफ टप रेष्टुरेन्ट समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?