© 2026
काठमान्डौ, २६ मंसिर ।
अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका ३१ वर्षीय अभिषेक तिमल्सिना बलात्कार प्रकरणमा दोषी ठहर भएका छन् । अस्ट्रेलियाली सञ्चारमाध्यम एबीसी न्यूजका अनुसार क्यानबेरास्थित एसीटी सुप्रिम कोर्टले उनलाई दुई वर्ष जेल सजाय सुनाएको छ । तिमल्सिनाको नेपालको स्थायी ठेगाना भने सार्वजनिक गरिएको छैन ।
अदालतले तिमल्सिनालाई बलात्कारका दुई अभियोग तथा सहमतिबिनाका चार अश्लील क्रियाकलापमा संलग्न रहेको ठहर गरेको हो । उनले आफूले काम गर्ने आर्ट पसलमा आएकी ग्राहक युवतीलाई बलात्कार गरेको अभियोग छ । सामान किन्न आएकी ती युवतीलाई उनले बलात्कार गरेको ठहर अदालतले गरेको हो ।
अस्ट्रेलियाको कानुन अनुसार १२ महिनाभन्दा बढी कैद सजाय हुँदा दोषीलाई निर्वासनको जोखिममा पर्ने छन् ।