Butwal Today

च्यासलमा एमाले सचिवालय बैठक जारी

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिलाइपछि सुरु भएको हो ।

बैठकमा महाधिवेशनका लागि प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनका मोडालिटीबारे विस्तृत छलफल हुने तयारी छ ।

स्रोतका अनुसार केन्द्रीय समिति, स्थायी समिति र पदाधिकारीको संख्या बढाउने उद्देश्यले विधान संशोधन प्रस्ताव अघि सारिँदैछ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर नेतृत्वले महाधिवेशनको निर्णय विपरीत हुने कुनै पनि संशोधन स्वीकार्य नहुने अडान बनाउँदै आएको छ ।

यसले सचिवालय बैठकलाई थप पेचिलो बनाउने संकेत देखिएको छ । पोखरेलले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि छलफल नगर्ने संस्थापन पक्षको तयारीले पनि बैठकमा नेता–कार्यकर्ताको चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?