© 2026
बुटवल ।
बुटवल- ११ देवी नगर स्थित तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञ मूर्ति पाण्डेले सहभागितामा यस प्रतियोगिता मार्फत जिल्लाभरका सामुदायिक एवं संस्थागत विद्यालयबिच सुमधुर सम्बन्ध स्थापना गर्ने र सङ्गीतलाई मनोरञ्जनको विषय मात्र नबनाएर यसलाई प्रतिष्ठाको विषय बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले गायन तारा प्रतियोगितालाई मिलन ताराका रूपमा अर्थ्याउँदै सांस्कृतिक कार्यक्रम सञ्चालनमा यस विद्यालय अग्रस्थानमा रहेको र शिक्षासँगै संस्कार र सीप पनि सिकाइरहेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अभिभावकसँग रुपन्देहीका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा तिनाउ स्कुलले अगाडि सारेका कार्यक्रमहरू सराहनीय भएको र शिक्षाको क्षेत्रमा विद्यालयले उच्च योगदान दिएको बताए ।
उक्त प्रतियोगिताको कार्यक्रममा प्याब्सन केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र राना, प्याब्सन बुटवल नगर अध्यक्ष मित्रहरी आचार्य, हिसान रुपन्देहीका निवर्तमान अध्यक्ष दिनेश भुसाल, नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कालिका मानव ज्ञान माविका सहायक प्रधानाध्यापक लोकराज घिमिरे, बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञावाली,समता अनलाइनका सम्पादक सन्त कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य सोमबहादुर मल्ल, पुरुषोत्तम ज्ञवाली लगायतका महत्त्वपूर्ण व्यक्तित्वहरूको सहभागितामा सम्पन्न कार्यक्रमको स्वागत गर्दै विद्यालयकी प्राचार्य सीता पाण्डेले उक्त कार्यक्रममा पाल्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
गायन तारा प्रतियोगिताको उपाधि न्यू होराइजन उच्च माविका साकार शाहीले प्राप्त गरे भने द्वितीय अक्सफोर्ड उच्च माविका शिक्षण न्यौपाने, तृतीय शैनिक आवासीय महाविद्यालयका रिवास सारू र सान्त्वना बुटवल एक्स आर्मीकी हिमा थापा भएको जानकारी निर्णायक मण्डलका बसन्त श्रेष्ठ, किशोर बिक र नवीन रत्न शाक्यज्यूहरूले बताए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद रु १० हजार, द्वितीयलाई रु ७००० र तृतीयलाई रु ५००० र सान्त्वनालाई रु ३००० ट्रपी र प्रमाणपत्र सभाध्यक्ष यज्ञ मूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्यप्रसाद पाण्डे, संयोजक नारायण पोख्रेल, अभिभावक सङ्घ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले वितरण गरेका थिए ।
एसइई इन्चार्ज अग्निधर पोखरेलको सञ्चालनमा रहेको कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रदर्शन गरेका थिए भने कार्यक्रमको समापन विद्यालयका सहप्राचार्य सूर्यप्रसाद पाण्डेले गरे ।