Butwal Today

अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

चितवन ।

अण्डाको लागत मूल्य निरन्तर वृद्धि भएको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समिति गठन गरी गरेको अध्ययनअनुसार अघिल्लो मूल्यभन्दा लागत बढेको हो ।

लागत मूल्य अध्ययन समितिका सदस्य–सचिव तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्न आउने देखिएको छ । यसअघि अण्डाको लागत मूल्य १६ रुपैयाँ ५६ पैसा थियो । तीन वर्षअघि सरकारी तथा निजी क्षेत्रका भेटेरिनरी चिकित्सकहरूको संयोजनमा लागत मूल्य निर्धारण गरिएको थियो ।

डा. दाहालका अनुसार दस हजार लेयर्स कुखुरा पालेर अण्डा उत्पादन गर्ने आधारमा लागत मूल्य गणना गरिएको हो । अध्ययनअनुसार चल्ला खरिदका लागि प्रतिगोटा १५० रुपैयाँका दरले १५ लाख रुपैयाँ, तीन प्रकारका दाना, औषधि तथा भ्याक्सिन लगायतका मदहरूमा ३ करोड ४८ लाख ८८ हजार ८ सय रुपैयाँ खर्च हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?