Butwal Today

नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । मन्त्री नियुक्त भएका चार जनामा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?