मेराे नाति भन्ने गर्थ्याे उ सेता मान्छे अाए
मैले उनिहरुतिर नजर घुमाउँदै भन्थे
अँ साँच्चै कति धेरै सेता मान्छेहरु हगि
कति हतारिदै यता उता दाैडिरहेका
चाराेे चुङ्न हतारिएका सेता बकुल्ला जस्तै
कहिले वल्लाे काेठा कहिले पल्लाे काेठा गरिरहेका
चहारी रहन्छन् हरक्षण वल्लाे पल्लाे काेठा
ती सेता मान्छेहरु
एेया अाथु गर्दै,रुदै कल्लाउँदै
अाएका हरेक मान्छेकाे
सहयाेगमा जुटीरहन्छन् हरबखत ।
हस्याङ् फस्याङ गर्दै
पुराउँछन् राेगकाे निदानगर्ने कक्षतिर
अनि राेगकाे जड पत्ता लगाई निकालेर फालिदिन्छन्
अनि पुराउँछन् काेठा काेठा बिस्तरा बिस्तरा
अनि खटिन्छन् रेखदेख र उपचारमा रात दिन
ती सेता मान्छेहरु
हाे ती सेता मान्छेहरु
तनमनले खटिरहन्छन् अरुकाे सेवामा
चाहे ती काेभिडले थला परेका हाेउन वा अन्य राेगले
उनिहरुकाे त्यहाँ कुनै स्वार्थ रहन्न
तिनकाे लवाई जस्तै मन पनि सेताेछ
निश्कपट र विनापूर्वागग्रह
अाफ्नाे र अर्काे नछुट्टाई
लागिरहन्छन् बचाउँने प्रयासमा हरसम्भव
त्यस्तै कसम खाएकाछन्
ती सेता मान्छेहरुले ।
हरेक दिन रात
विरामीसंग नजिकिएर
उनिहरुकाे समस्या बुझ्दै
उनले गर्नुपर्ने हरेक चेकजाँच र
अाैषधीकाे पर्चा हातमा दिंदै
सेवनकाे ताैरतरिका अवगत गराउँछन्
ती सेता मान्छेहरु।
चाहे ती सानाे उपचारले सन्चाेहुनेहुन्
वा ठूलै उपचार गर्नु पर्नेहुन्
वा चीरफार गर्नुपर्ने नै किन हाेउन
निश्कपट,अनि निस्वार्थ भावले
सेवा दिईरहन्छन् ती सेता मान्छेहरू ।
उपचारका बन्दाेबस्तीका सामानहरु
प्रशस्त जुटाईदिने दायित्वबाेध
देशकाे सरकारलाई हुनुपर्छ
सेता मान्छे त राेग अनुसार
सेवा पुराउँने पात्र मात्र हुन् ।
यदी सेता मान्छे नहुँदाहुन् त
कस्ले गर्थ्याे हाेला राेगीहरुकाे सेवा ?
मानिसलाई लाग्ने अनेकथरि राेगकाे उपचार
भित्री बाहिरी अंङ्गप्रत्यङ्गकाे राेग छुट्याई
विग्रेका अंङ्ग प्रत्यङ्गमा
छुरा कैची चलाई
राेग बाहिर फालेर काम गर्ने लायक
कसले बनाउँदाे हाे ?
सबै खाले चाहिने उपचार काे गर्दाे हाे ?
बिरामीका घाउ खटिरा दिशा,पिसाव,पीप
बिना वाकवाकी घीन कसले स्याहार्दाे हाे ?
तब पनि दाेष उनैलाई दिन्छन् मान्छे
किन कृतघ्न बन्छ मान्छे ?
ती पनि त मान्छे नै हुन् भगवान हाेईनन्
तिनकाे पनि मन हुन्छ
अाफ्नाे हातबाट कसैकाे अवसान नहाेस् भन्ने ठान्छ
म भन्छु सेता मान्छेहरु
जीवन हर्ने हुँदै हाेईनन्
जीवन दान दिने हुन् ।
पूर्वाग्रही वा स्वार्थी हाेईनन्
निस्वार्थ सेवा गर्ने हुन्
जीवनकाे कुनै ग्यारेन्टी त छैन
उपचारले भरथेग गर्ने मात्र हाे
भगवानै त हाेईनन् सेता मान्छे पनि
विरलै देखिने कमजाेरीका बाबजुदपनि
पीडा हर्ने सहयाेगी मात्र हुन् सेता मान्छेहरु
त्यसैले उनलाई गाली हाेईन ताली र सम्मान देउ
असहयाेग हाेईन सहयाेग गर
जन जनका सहयाेगी हुन्
ती सेता मान्छेहरु ।