© २०२३
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख र उप—प्रमुखले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन ।
संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र पर्याप्त नभएपछि ति गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याएका हुन ।
तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
नगर प्रमुखले प्रयोग गर्ने लु १ झ ३६० र उप—प्रमुखले प्रयोग गर्ने लु १ झ ३२६ नंबरको स्कारपियो बिहीबारदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् ।
नगर प्रमुख र उप—प्रमुखले चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारीसाधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् । आज नगर प्रमुख र उप—प्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन ।
कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले बताएका छन ।