© २०२३
नेपालगञ्ज उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरक्षेत्रभित्र होम आइसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने कोभिड व्यवस्थापन अनूगमन समितिको बैठकले निर्णय गरेको नगर प्रमुख डा.धवलशम्शेर राणाले जानकारी दिए ।
स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उपप्रमुख उमा थापा मगरले बताइन् ।
पिसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगञ्जमा हाल दुई हजार ४ सय जना होम आईसोलेसनमा बसेका छन् ।
बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो ।
स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दका अनुसार बैठकले स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।