ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

बाँकेमा कोरोना संक्रमितको संख्या ४८१ पुग्यो, हप्ता दिनमै नियन्त्रण बाहिर जाने डर

४ बैशाख २०७८, शनिबार
४ बैशाख २०७८, शनिबार

बाँके जिल्ला पुनः कोरोना संक्रमणको उच्च जोखिम क्षेत्र बन्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाभर सक्रिय संक्रमितको संख्या ४८१ पुगेको छ । कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ ।

कोरोना संक्रमणको संख्या बढेसँगै संक्रमितले भेरी अस्पतालका बेड पनि भरिन थालेका छन् । अस्पतालमा कोभिडका लक्षण भएका ९० जना बिरामी उपचाररत छन् ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा प्रकाश थापाले ९० जनामध्ये ७ जना भेन्टिेटरमा र ४० जना आइसियुमा उपचाररत भएको जानकारी दिए । १२ वर्ष, १५ र १६ वर्षका बालबालिकासमेत सक्रमित रहेको बताइएको छ ।

कुनै न कुनै हिसाबमा संक्रमण समुदायमा फैलिएको आंशका मेसु थापाले गर । ‘अघिल्लो वर्ष पनि यही समयमा बाँकेमा उच्च संक्रमण देखिएको थियो, उनले भने, ‘यसले समुदायमा संक्रमण फैलिएको देखिन्छ ।

आगामी एक सातामा संक्रमण नियन्त्रणमा नआउने हो भने बाँके जिल्लाभरका स्वास्थ्य संस्था कोरोना संक्रमितले भरिने र उपलब्ध स्रोत साधानले समेत नधान्ने बताइएको छ ।
संक्रमण नियन्त्रणका लागि आम नागरिकले स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र परीक्षणलाई तीव्र पारिनुपर्ने, सीमाबाट आउने नागरिकको उचित व्यवस्थापन र परीक्षण गरिनुपर्ने बताइएको छ।

शुक्रबारमात्र बाँकेका तीनवटा ल्यावमा २७१ जनाको पीसीआर परीक्षण गर्दा १९९ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ । बाँकेमा देखिएको यो अहिलेसम्मकै उच्च संक्रमण संख्या हो।बाँके परीक्षण गरिएको पिसिआर नमुनामध्ये ७० प्रतिशतसम्म पोजिटिव रेट देखिँदा संक्रमणको व्यवस्थापनलाई लिएर पनि प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?