© २०२३
रुपन्देहीको सियारी गाउँपालिकामा रहेको सिद्धार्थ माविमा पाँच लाख रकमको अक्षय कोष स्थापना गरिएको छ । सियारीको लक्ष्मणगञ्जमा रहेको दुर्गा शैक्षिक गृहले अक्षय कोषको स्थापना गरेको हो ।
दुर्गा शैक्षिक गृहका सूत्रधार तुल्सी ज्ञवाली, संस्थापक अध्यक्ष भरत नेपाल, संस्थापक एवं विद्यालय निर्देशक राजन ज्ञवाली, संस्थापक सदस्य ज्योत्स्ना ज्ञवाली र हाल अध्यक्ष सुजाता ज्ञवाली समेतको पारिवारिक तथा विद्यालय सदस्यहरूले सदस्यहरूमध्ये स्व. दु्रपती घिमीरे जेष्ठ सदस्य हुन् । उनको यहि फागुन ३ गते ९४ वर्षको उमेरमा देहवसान भएको थियो ।
स्व. द्रुपती घिमिरेको तेह्रौँ दिनको पुण्य तिथिको पावन अवसरमा आफ्नै वडास्थित सिद्धार्थ माध्यमिक विद्यालय, सियारी–६ मा अक्षयकोष स्थापना गरिएको हो । गृहका संस्थापकमध्ये एक जेष्ठ सदस्यको मृत्यु भएको तहौं दिनको पुष्य तिथीमा अक्षय कोषको स्थापना गरिएको र त्यसको ब्याजबाट असहाय, शारीरिक अपाङ्गता, सीमान्तकृत, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिइने बताइएको छ । त्यसैगरी शिक्षा पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई समेत पुरस्कृत गरिने अक्षयकोष दाता दुर्गा शैक्षिक गृृहका संस्थापक एवं निर्देशक राजन ज्ञवाली दिए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्ण नेपाल र विद्यालयका संयोजकको हातमा शिवलाल ज्ञवालीकाबाट पाँच लाख रुपियाँ रकम अक्षयकोष स्थापनार्थ हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।
उक्त अक्षय कोषबाट विभिन्न विधासहित शिक्षा पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान दिने एकजना पत्रकारलाई समेत पुरस्कृत गर्ने कार्यविधि बनाउने जानकारी दुर्गा शैक्षिक गृृहका संस्थापक एवं निर्देशक राजन ज्ञवाली दिए ।