© २०२३
नवलपुुर, ९ असार ।
लोक संंस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रुपमा मगर समुुदायको सबै भन्दा महत्वपूर्ण कौरा नाच बिस्तारै लोप हुन थालेपछि यसको जगेर्ना गर्न भन्दै अहिले मगर युुवाहरु सक्रिय भएका छन् ।
मगरहरु गाउँ बस्तीबाट बिस्थापित भै शहर पस्न थालेपछि मगर जातिको सबै भन्दा रमाईलो र महत्व झल्कने नाचका रुपमा लिईने कौरा नाच लोप हुन्छ कि भन्ने चिन्ताले युवाहरु संरक्षणमा जुटेका हुन् । कौरा नाचको संरक्षण र जगेर्ना गर्दै यो नाचप्रति आकर्षण बढाउन बिशेष गरी युुवाहरु लागि परेका छन् । नवलपरासी पूर्वको बुुलिङटार, बौदिकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिकमा मगर जातीको बाक्लो बस्ती रहेको छ । यो जिल्लामा बाहुन, क्षेत्री संँगसँंगै मगरको बाहुल्यता रहेको छ । यहाँको समाजमा कौरा, झाम्रे, मारुनी नाच मगरहरुको बिशेष नाचका रुपमा लिईने गरिन्छ । तर झाम्रे र मारुनी नाच भन्दा पनि कौरा नाच बढी प्रचलनमा आएकाले पनि मगर बस्तीमा यसको महत्व अलि बढी रहेको पाईन्छ ।
मगर जातीलाई चिनाउने र मगरको पहिचानको महतवपूर्ण अंग र परापूर्व कालदेखि प्रचलनमा आएको कौरा नाचको जगेर्ना आवश्यक रहेको बुलिङटार–४ का मेत्र बहादुुर घर्ती मगरले बताए ।
अहिले पहाडी क्षेत्रका विशेष गरी युुवाहरु कौरा नाचको संरक्षणका लागि जुुटेका मात्र छैनन्, गाउँ गाउँमा क्लब अनि समूह बनाएर यसको लागि कोष नै खडा गरेर हरेक गाउँ गाउँमा नाच गान गरेर यसको दिगो संरक्षणका लागि लागेको बुलिङ्टार गाउँपालिका मथारकी यमकला सारु मगर बताएकी छन् ।
मगर जातीको संस्कृती, भेषभुषा र परम्पराको जगेर्ना गर्दै समाजमा यसको महत्व झल्कने गरी अहिले लोप हुुन लागेको कौरा नाच, झाम्रे नाच र मारुनी नाचको सरंक्षणका लागि अघि बढेको मगर समुुदायका अगुुवा दुर्गा बहादुर राना मगरले बताए ।
लोप हुन लागेको कला र संस्कृतिको जगेर्ना गर्न र सरंक्षणका लागि सबैले चासो दिएर काम गर्ने हो भने नेपाली कला र संस्कृतिको विकास अझ बढ्न सक्ने नेपाल मगर संघ नवलपुरका जिल्ला अध्यक्ष ईन्द्र फाल मगरले बताए ।