ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

नेतृत्व हाँक्दै महिला जनप्रतिनिधि

१४ कार्तिक २०७७, शुक्रबार
१४ कार्तिक २०७७, शुक्रबार

कुमारी बराल गौतम रुकुम पुर्र्वी जिल्लाको सिस्ने गाउँपालिकाकी अध्यक्ष हुन् । पूर्वी रुकुममा स्थानीय तहको निर्वाचनमा पुरुष प्रतिस्पर्धीलाई हराउँदै अध्यक्षमा महिला निर्वाचित भएको यो पहिलो पटक हो । लुम्बिनी प्रदेशका १०९ वटा पालिकाका उनी एक्ली महिला हुन । बाँकी १०८ वटा पालिकाको नेतृत्व पुरुषले गरेका छन ।

आप्mनो गाउँपालिकाले प्रदेशमा सबै भन्दा पहिले कानुन निर्माणदेखि विकास निर्माणका लागि गुुरु योजना बनाएर काम गरेको गौतमले बताइन । उनले भनिन ‘पुरुष भन्दा हामी कम छैनौ भनेर हामीले अझ नयाँ काम गरेर देखाएका छौ ।’

गौतमका अनुसार सो गाउँपालिकाले कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम, छोरी विमा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वाथ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा, युद्ध संग्राहलय, शहिद स्मारक पार्क, हिंसा पीडित महिलाहरुका लागि अल्पकालिन आवास गृह, कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सञ्जाल, दृष्टिबिहीन र सुस्त मस्तिष्क भएकाहरुका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत उत्पादन, गाउँपालिकाको समग्र विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गरेको छ ।

कार्यकारी अधिकार महिलालाई दिन राजनीतिक दलहरु हिच्किएका बेलामा गौतमको नेतृत्व गर्व गर्न लायक रहेको स्थानीय सुदन शर्मा बताउँछन ।

लुम्बिनी प्रदेशका कपिलबस्तुमा तीन जना र बर्दियामा तीन जना महिला वडाअध्यक्ष छन् । उनीहरुमध्ये तत्कालीन माओवादी केन्द्रका एकजना, नेपाली काँग्रेसका तीनजना, सजपाका एकजना र राप्रपाका एकजना छन् ।

महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टचार र अनियमितता हुँदैन भन्ने कुरालाई आफुले प्रमाणित गरेको बर्दियाको गुलरिया नगरपालिकाका वडा नम्बर ७ की अध्यक्ष गिता बस्नेतले बताईन् । पुरुषसंगको प्रतिष्पर्धामा उत्रिएर आफु अध्यक्ष भएसंगै वडाको समग्र विकासका लागि ईमानपुर्वक काम गर्दै आएको उनले बताइन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ की वडा अध्यक्ष राधा चौधरीले वडाअध्यक्ष भएर काम गर्नपाउँदा आफुलाई गर्व लागेको बताइन । महिलाहरुलाई प्रमुख भएर काम गर्ने अवसर दिने हो भने पुरुषको नेतृत्वको तुलनामा महिलाको नेतृत्व सफल र उदाहरणीय बन्छ, उनले भनिन् । आप्mनो िवडामा जिल्लामै पहिलो पटक कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी लागु गरेको उनले बताइन् ।

स्थानीय स्तरमै सेनेटरी प्याडको उत्पादन, पाठेघरको निःशुल्क स्वास्थ्य उपचार, महिला उद्यमशिलता र शसक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको, धर्म संस्कृतिको संरक्षण, योजना र समग्र वडाको विकासका लागि २० वर्षे गुरुयोजना बनाएको उनले बताइन् ।

कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० को उपनिर्वाचनमा सजपाकी मन्जु मिश्र वडा अध्यक्ष निर्वाचित भइन् । अध्यक्ष भएपछि महिलाहरुले केही गर्न सक्दैनन भन्ने धारणा बदल्न आपूm सफल भएको उनले बताइन् । महिलाहरु खुलेर हिँड्न सक्ने अवस्था थिएन, अहिले सहजरुपमा प्रस्तुत भएर अधिकार माग्नेसम्म भएका छन्’ उनले भनिन्–‘वडामा महिलाको नेतृत्व आएपछि समुदायमा हुने अन्य गतिविधिहरुमा पनि महिलाहरुलाई अग्रसर गराउन लागिएको छ ।’

स्थानीय सरकारमा काम गर्न पाउँदा आफुलाई खुशी लागेको उनले बताइन् ।सडक, सिचाई र खानेपानी जस्ता वडाका समस्या समाधान गर्दै आफुलाई सफल र सक्षम महिला नेतृको रुपमा स्थापित गर्ने चाहना अनुसार काम गरेको उनले बताइन् । उनका अनुसार, उनको वडामा पिछडिएका तथा गरिब समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिएको छ ।

यसोधरा गाउँपालिका वडा नम्बर ३ की वडा अध्यक्ष सरिता त्रिपाठीले लक्षित वर्गलाई मध्यनजर गरेर आफुले कार्यक्रम सञ्चालन गर्दै आएको बताइन । ‘म र मेरो’ भन्दा माथि उठेर महिला जनप्रतिनिधिले काम गर्नुपर्छ’ उनले भनिन् ।

‘सबै मतदाताहरुलाई एकै ठाउँ राखेर सेवा प्रदान गर्दै आएका छौँ, उनले भनिन् ।

महिलाहरुमा आफुले जिम्मा लिएको काम असल तरिकाले काम गर्नुपर्ने धारण हुने र थोरै स्रोत भएपनि महिलाले अनुशासित भएर काम गर्ने भएकाले असल शासन कायम हुने उनको तर्क छ ।

स्थानीय तहमा महिलाको नेतृत्व भएकाले समाजका हरेक गतिविधि पारर्दशी बन्दै गएको कपिलबस्तु जिल्ला वाणगंगा गाउँपालिका वडा नम्बर १ की वडा अध्यक्ष बालकुमारी पन्तले बताइन् । आफुले गरेका कामहरु कसरी भइरहेको छ र के कस्ता सुधार गर्नुपर्छ भनेर जानकारी लिनका लागि सुझाव पेटिका राखिएको, सम्पन्न भएका कामका बारेमा प्रतिकृया संकलन गरिएको, सार्वजनिक सुनुवाई गरिएको पनि पन्त बताउँछिन्। महिला जनप्रतिनिधि भएका पालिका तथा वडाहरुमा महिलाले प्रशस्त अवसर पाउने र उनीहरुका समस्या सहजरुपमा बाहिर आउने उनले बताईन् । महिलाहरुलाई स्वरोजगार बनाउन दुई बर्षदेखि निरन्तर क्षमता विकास गराइराखेको उनले बताइन । त्यसैगरेर नीति निर्माण तथा योजना तर्जुमा, उद्यमशिलताका लागि शहकारी भवन निर्माण, गरिब तथा दलित बस्तीहरुका लागि भवन निर्माण, थारु समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि विशेष योजना, युवाहरुका लागि खेलकुद, महिला तथा बालवालिकाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् ।

महिलाका चुनौती

स्थानीय तहमा प्रमुखको भुमिकामा रहेर काम गर्दै आएका महिला जनप्रतिनिधिहरुका सामू थुप्रै चुनौती छन् । कुनै पनि क्षेत्रको नेतृत्व महिलाले गर्न सक्छन् भन्ने बोध भएपनि पारिवारीक,सामाजिक र आर्थिक कारणले बेला बेला चुनौति सामना गर्नु परिरहेको अनुभव उनीहरुले गरेका छन् । पूरुषहरुको विचमा रहेर नीति निर्माण, योजना तर्जुमा लगायतका काम गर्नुपर्दा आफु असुरक्षित छु कि ? भन्ने ंशंका लाग्ने गरेको महिला जनप्रतिनिधि बताउँछन् ।

सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमका अनुसार नीति निर्माण, योजना तर्जुमा लगायतका सबै काममा महिला पूरुषभन्दा कम छैनन् तर अबेरसम्म बसेर काम गर्नुपर्दा असजिलो हुन्छ । सबै कुरामा समानता भएपनि महिलासंग रहेर काम गर्नु र पूरुषसंग रहेर काम गर्नुमा फरक पर्छ । भावनात्मक रुपमा महिलासंग काम गर्न सहज हुने उनको भनाई छ । उनले झण्डै अढाई वर्ष प्रमुख प्रशासकीय अधिकृत संग काम गरिन ।

गुलरिया नगरपालिका वडा नम्बर ५ की वडा अध्यक्ष गिता बस्नेतका विचारमा देशको विकासमा महिलाको भुमिको के ? उनीहरुको आवश्यकता किन ? भन्ने बुझाउन नसक्नु अहिलेको मुख्य समस्या हो ।
पराजित भएका व्यक्ति तथा दलबाट पटक–पटक विरोधका आवाज उठ्ने, महिला भएकै कारण कार्यसम्पादनमा सहजै विश्वास नगर्ने, पार्टिको निर्णय अनुसार काम गर्नुपर्छ भन्ने दबाव आउने लगायतका चुनौती झेल्नुपरेको उनले बताइन ।

अपेक्षा

महिला नेतृत्वलाई सफल बनाउन राज्यले सहयोग र आत्मसम्मान प्रदान गर्नुपर्ने उनीहरुको भनाई छ । आफुहरुले सम्पन्न गरेका योजना तथा गतिविधिहरुको कार्यमुल्याङकन, सल्लाह सुझाव प्रदान गर्नुका साथै यातायातका साधनको व्यवस्था गर्नु, योजना अनुसारका बजेट दिनु र क्षमता विकासका लागि तालिम तथा प्रशिक्षण दिनु आवश्यक रहेको उनीहरुको विचार छ । (उमा भण्डारी, दाङ- नीति पात्रो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?