ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाली कसरी लेख्ने ?

१३ कार्तिक २०७७, बिहीबार
१३ कार्तिक २०७७, बिहीबार

नेपाली हाम्रो भाषा हो।

नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा।

आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु जरूरी छ।

प्रश्न उठ्छ, नेपाली कसरी लेख्नेरु जवाफ सजिलो छ– जसरी बोलिन्छ, त्यसरी। हामी भन्छौं– म पुस्तक पढ्छु। भाइ खेल्न नपाएर ठुस्केको छ। आफू पास भएको सुनेर बहिनी खुशीले नाची। यसैगरी लेख्ने। शब्दको क्रम नबिगार्ने। सबैले बुझ्ने, प्रचलित, सजिला शब्द प्रयोग गर्ने। एउटा वाक्यमा एउटा कुरा मात्र भन्ने। धेरै कुरा जोडेर वाक्य लामो नपार्ने। आफूलाई लागेको कुरा साथीलाई भनिरहेको छु भन्ठानेर लेख्ने। यसो गर्दा लेख्न सजिलो हुन्छ। लेखाइ सरल र स्वाभाविक हुन्छ। यसरी लेखेको धेरैले बुझ्छन्। त्यसले धेरैको मन छुन्छ। अनि के चाहियो ?

कुनै पनि भाषा लेख्ता वा बोल्दा मूलतः दुई कुरामा ध्यान दिनुपर्छ– शब्द र वाक्य। हरेक शब्दको निश्चित अर्थ हुन्छ। त्यसैले आफूले प्रयोग गर्न लागेको शब्दको अर्थ के हो भन्नेबारे सबैभन्दा पहिले आफैं स्पष्ट हुनुपर्छ। अर्थ नै राम्ररी नबुझी शब्द प्रयोग गर्न हुँदैन। त्यसो गरियो भने कुरो बिग्रन्छ। शब्दको अर्थ थाहा छैन भने शब्दकोश हेर्ने गर्नुपर्छ। शब्दको प्रयोगमा प्रायः कस्ता खालका असावधानी र गल्ती हुन्छन् अनि तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे ‘शब्द’ खण्डमा बताइएको छ।

शब्दहरू मिलेर वाक्यको निर्माण हुन्छ। शब्दको अर्थ अवश्य हुन्छ तर वाक्यको अंग नबनेसम्म त्यो सक्रिय हुँदैन। ‘चरो’ मात्रैको पनि अर्थ छ, परन्तु त्यो निष्क्रिय छ। वाक्यमा उनिएपछि मात्र त्यसले भूमिका पाउँछ र सक्रिय हुन्छ। त्यो उड्न सक्छ, बस्न सक्छ, खस्न सक्छ, देखिन सक्छ, चिर्बिराउन सक्छ, आउन वा जान सक्छ, राम्रो वा नराम्रो हुन सक्छ, भेटिन सक्छ, हराउन सक्छ, मर्न वा मारिन सक्छ। शब्दलाई सामान्यतः नाम, सर्वनाम, विशेषण, अव्यय र क्रियाका रूपमा वर्गीकरण गर्ने गरिएको छ। विभक्ति आदिले तिनीहरूबीच सम्बन्ध कायम गर्छन्। क्रियाले वाक्यको मियोका रूपमा काम गर्छस त्यसलाई केन्द्र बनाएर शब्दहरूले आआफ्नो भूमिका सम्हाल्छन्। भावना, कल्पना, विचार, विश्लेषण, सूचना– सबैको अभिव्यक्ति वाक्यबाटै हुन्छ। वाक्यमा प्रायः के–कस्ता कमजोरी हुन्छन् र तिनलाई कसरी सुधार्ने भन्नेबारे ‘वाक्य’ खण्डमा स्पष्ट पारिएको छ। यसै मेसोमा अनुच्छेदबारे पनि चर्चा गरिएको छ।

बोलेको शब्द सुनिन्छ भने लेखेको शब्द देखिन्छ, र पढिन्छ। लेखिने शब्दको निश्चित ढाँचा हुन्छ जसलाई हिज्जे भन्छन्। त्यस ढाँचाले शब्दको दृश्य रूप र व्यक्तित्व प्रकट गर्छ। हिज्जे बिग्रियो भने शब्दको व्यक्तित्व बिग्रन्छ र त्यो विरूप हुन्छ। त्यसको अर्थ, आशय र प्रभाव फरक पर्छ। श–स, इकार–उकार र अन्य हिज्जे फरक पर्दा कसरी अनर्थ हुन्छ भन्नेबारे शुरूमै ‘हिज्जे’ खण्डमा ध्यानाकर्षण गरिएको छ। विभिन्न कारणवश नेपाली हिज्जेको भद्रगोल बढ्दै गएकाले सही हिज्जे के हो भन्नेबारे अलमल नपरोस् भनेर हिज्जे सम्बन्धी सरल नियम पनि दिइएको छ। साथै, पुस्तकको अन्त्यमा, प्रायः गलत हिज्जे लेखिने २७ सय शब्द र तिनको शुद्ध रूपको सूची समावेश गरिएको छ। त्यहींनिर छुट्टै ‘शब्दानुशासन’ खण्ड छ, जसले नेपाली व्याकरणका आधारभूत कुराहरू सरल एवं संक्षिप्त रूपमा जान्न वा आफ्नै पूर्वज्ञानको स्मरण किंवा सिंहावलोकन गर्न जिज्ञासुहरूलाई सघाउनेछ।

हामीले प्रयोग गर्ने शब्द शुद्ध त हुनैपर्छ, वाक्यमा त्यसको अर्थ र आशय ठीकसँग खुलेको पनि हुनुपर्छ। सँगसँगै लेखाइमा नेपालीपन, नेपाली पारा समेत झल्किनुपर्छ। हिजोआज हाम्रो भाषामा कृत्रिमता थपिंदै गएको छ जसले यसलाई बोधो, भद्दा र बिरानो बनाउँदै लगेको छ। ‘मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन नगरौं’ मा सबै शब्द नेपालीकै छन्, वाक्य र व्याकरण पनि मिलेकै छ तर यसमा नेपाली पारा छैन। त्यसैले यो बोधो, भद्दा र निष्प्राण छ। दिमागमा ठोकिन्छ तर मनसम्म पुग्दैनस पराईले पराईलाई भनेजस्तो लाग्छ। यसको सट्टा ‘जाँडरक्सी खाएर गाडी नहाँक्नोस्’ भन्ने हो भने त्यो तिक्खर, झरिलो र जीवन्त हुन्छ अनि सहजै मनसम्म पुग्छ। आफन्तले भनेजस्तो लाग्छ। किन भने यसमा नेपालीपन खुलेको छ, नेपाली पारा झल्केको छ। हाम्रा वाक्य सरल, सहज र नेपाली पाराका हुन थालेपछि मात्र स्वादिला हुन्छन्स नेपाली मनमा बस्न र नेपाली जिब्रामा झुण्डिन थाल्छन्। त्यसवेला हाम्रो भाषाको रौनक नै अर्को हुनेछ। ‘शैली’ खण्डका साथै विभिन्न उपशीर्षकमा यसबारे ध्यानाकर्षण गरिएको छ।

भाषा भनेपछि व्याकरणका सूत्र र नियम सिकाउने चलन छ, हामीकहाँ। यसमा त्यसो गरिएको छैन। न पारिभाषिक शब्दहरूले तर्साइएको छ, न त कर्ता एकवचन हुँदा क्रिया पनि एकवचन हुन्छ जस्ता पाठहरू नै पढाइएको छ। यो पुस्तक त्यो बोझ र त्यो टाउको दुखाइबाट मुक्त छ। यसमा त हामीले पढ्ने–लेख्ने गरेको नेपाली कस्तो छ र त्यसलाई कसरी राम्रो, मीठो, छरितो, तेजिलो बनाउन सकिन्छ भन्ने कुरा उदाहरण मार्फत देखाइएको छ, सम्झाइएको छ। सामान्यतः ख्याल नगरिने तर ख्याल गरेपछि देख्न र देखेपछि निराकरण गर्न सकिने कमजोरीहरूबारे छलफल गरिएको छ। यो आफूले आफैंलाई हेर्न, आफ्ना गुणदोष थाहा पाउन र आफ्नो लेखाइ आफैं सुधार्न सघाउने पुस्तक हो। भाषाप्रति संवेदनशीलता जगाउनु र बाटो देखाउनु यसको अभीष्ट हो। भाषाको बाटोमा तपाईं आफैं हिंड्नुपर्छ। पुस्तकले यस यात्रालाई रमाइलो, रोमाञ्चक र आनन्ददायी बनाउन सघाउनेछ।शरदच्चन्द्र वस्तीको नेपाली कसरी लेख्ने पुस्तकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?